Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

नेपाल पत्रकार महासंघ गोरखाको अबको नेता को ?

जिल्लामा नेपाल पत्रकार महासंघ गोरखाको नयाँ नेतृत्व को होला भनि सरोकारवाला निकायहरु बीच दैनिक चियागफ बाक्लै हुन थालेको छ । दुई जना पत्रकार जम्मा भएपछि यिनीहरु के भन्छन भनि चासो गरिन्छ । सभापति भन्ने वित्तिकै हुरुक्कै हुनेहरुको जमात पनि सानो छैन । म सभापति बन्न पाए यस्तो उस्तो गर्थें भनेर अहिले चियागफमा भन्नेहरुको लर्को पनि लामै छ । [caption id=\"attachment_116124\" align=\"alignleft\" width=\"477\"] राजेन्द्र न्यौपाने[/caption] जिल्लामा महाविपत्ती आइपर्दा साहसका साथ काम गर्ने पत्रकारहरुको उपस्थिति न्युन भएपनि अधिवेशनको सरगर्मी चलिरहँदा यहाँ पत्रकारहरुको खडेरी छैन । भूगोलको हिसावले ठूलो र कामकाजी रुपमा विकट भौगोलिक बनावट रहेको गोरखा जिल्लामा सुरुको उमेर देखि नै पत्रकारिता पेशा मात्रै गरेर उमेर ६० कटाउने उम्मेदवार पाउन पनि कठिन छ । म सिनियर हुँ, म भूपू हुँ भन्नेहरुको मनन योग्य लेख र उनीहरुको असल कृतिको अध्ययन गर्न पनि यस समूहले पाएको छैन । आदरणीय अग्रजहरुको लेखाकृति अध्ययन गर्ने र आफ्नो क्षमतामा विकास गर्न पाउने अवसर छिट्टै आओस भन्ने पत्रकारहरुको समूह कम्ती छैन । कथा कतिपय सत्य हुन्छन् त कतिपय काल्पनिक हुन्छन् । यथार्थ कुरा पत्याउन हम्मे पर्दछ । कठिन भूगोलका वीच आशालाग्दो भविष्य बोकेको जिल्ला हो गोरखा । यहाँका एक दुई वटा कार्यालयका प्रमुखहरु गोरखाको विकास विरोधी भए, केहीले राम्रा काम गर्न जानेनन् भनेर सबै सम्भावनालाई नकार्न सकिँदैन् । गोरखामा बसेर पत्रकारिता गर्दैगर्दा आम गोरखाबासीलाई सँधै कर्मप्रति विश्वास र भविष्य प्रति आशावादी बनाई राख्न सकिन्छ । कर्ममा विश्वास गर्ने, समाचार लेखेर दुईओठ जोड्ने पत्रकारले के जानेको छ, भन्नेहरुको जमात पनि कम्ता सानो नहुन सक्छ । यद्यपी सम्भावना र चुनौतीसँग खेल्न र जित्न पत्रकारहरु कति माहिर हुन्छन् भन्ने कुरा सम्पादन पछिका समाचारले बताउँदै आएका छन् । विहान स्थानीय पत्रिका हातमा परेन, कुनै स्थानीय एफएम, रेडियोले समाचार भनेनन् भने हैन आज कहाँ के भयो भन्ने आवाज सुनिन्छ । यसबाट प्रष्ट हुन्छ कि समाचार नबज्दा त एउटा प्रभाव पर्छ, समाचार बजेपछि त्यसका सकरात्मक पक्षहरु हुने नै भए । साच्चै गोरखामा अव पत्रकारको नेतृत्व को होला ? राजेन्द्र न्यौपाने १ कैलाशबाबु श्रेष्ठ ! किशोरजंग थापा ! वा अन्य कोही । गोरखाका नागरिकहरु बीच आम चासोका विषय बनेका छन् । यहाँ पात्र कुन आउँछ भन्ने कुराले गोरखाली पत्रकार माझ कुनै अर्थ राख्दैन् । स्थापना कालदेखि गोरखाको पत्रकारितालाई यहाँसम्म ल्याउन शुक्रराज पन्त, रामशरण आचार्य, किशोरजंग थापा, भीमलाल श्रेष्ठ, कैलाशबाबु श्रेष्ठ लगायत धेरै अग्रज साथीहरुले महत्वपूर्ण भूमिकामा रहेर आफूले सकेको काम गर्नुभयो । उहाँहरुले यहाँसम्म ल्याईदिनुभएकोमा यहाँका पत्रकार साथीहरुले सगर्वका साथ धन्यवाद तथा सम्मान प्रदान गरेका छन् । हिजोका दिनमा कान्तिपुरमा समाचार लेख्न, द्वन्द्वका समयमा अन्नपूर्ण एफएममा समाचार सम्प्रेषण गर्न प्रविधिले साथ नदिँदा त्यति सहज पक्कै पनि भएन होला । आज प्रविधिले साथ दिएको छ र सबै पत्रकारहरुलाई काम गर्न र ठूला सपना देख्न सजिलो भएको छ । अन्य जिल्लाको तुलनामा संख्यामा हामी थोरै जना पत्रकारहरु भएपनि गोरखा जिल्लालाई अगाडि बढाउन हरतरहले लागि परेकै छौं । अन्य संघ संस्थाका तुलनामा एकताबद्ध र कर्मप्रति प्रतिबद्ध भएकै छौं । यसबाट पत्रकारहरुको ऐक्यबद्धता र एकतालाई मन नपराउनेहरुलाई गतिलो जवाफ समेत भएको छ । पत्रकारहरुले आफ्ना नेतृत्व कहिल्यै चुनाव गरेर छानेका पनि छैनन् । हामीहरु सँधै मिलेर एक अर्कालाई सहयोग गरेर अघि बढेका छौं । यस वीचमा पत्रकारहरुलाई उक्साउन खोज्ने राजनैतिक पार्टी, अघि बढ्न नसकेका तिनका केही नेताहरुको अहंकारी भूमिकामा पत्रकारहरु भर परेका पनि छैनौं । पत्रकारको नेतृत्व पत्रकार आफैले छान्दै आएका छौं । सांगठनिक अवस्थामा यतिबेला सबै पत्रकारहरु बलिया छन् । क्षमतावान छन् । काम गर्न सक्ने खबी भएका छन् । यो हामी पत्रकारहरुका लागि घमण्ड गर्न लायक विषय छ । यही वीचबाट हामीहरुले हाम्रो सर्वमान्य नेतृत्व छनौट गर्नुछ । साथीहरु सबैले अवसर पाउनुपर्दछ यो पटक तपाईंले नेतृत्व गर्नुस भन्नुहुन्छ र मिलाई हाल्नुहुन्छ । दिनभरीका समाचारलाई पत्रिकामा मिलाएर राखेझैं आफ्नो संगठन मिलाउन पत्रकारहरु निक्कै सिपालु भैसकेका छौं । हामीलाई यो स्थान सम्म ल्याइपुर्याउन सहयोग गर्नुहुने हाम्रा पाठक, शुभचिन्तक सबैलाई धन्यवाद प्रदान गर्दछौं । भावना र विचारमा हामी जति एकताबद्ध र बलिया छौं हामी आफ्नै आश्रम व्यवस्थापनमा कतै न कतै पछि पनि परेका छौं । सबैका घरका समाचार लेख्ने हामी पत्रकारहरु बस्ने घर त के यो हाम्रो भनेर खुट्टा राख्ने जमिनको टुक्रा समेत छैन । हुन त सबैका घर हाम्रा पनि घर हुन, जमिन हाम्रा पनि जमिन हुन् । भोगचलन गर्ने समयमा र अन्य जिल्लाको अवस्थालाई हेर्दा हामीलाई असहज हुने गरेको छ । संगठन मिलाई राख्नुपर्ने सिंगो जिल्लाको पत्रकारितालाई अगाडि बढाउने क्रममा यस अघिका नेतृत्वले काम गर्दा गर्दै पनि समय अभावले सबै व्यवस्थापन गर्न पाउनुभएन । अब आफ्नै सम्पती जोड्ने र आश्रमको व्यवस्थापन गर्ने जिम्मा हामीलाई सरेको छ । हामी सबैले एक स्वरका साथ भन्छौं नयाँ नेतृत्वले सम्हालेपछिका ६ महिना भित्रमा ६ आना भन्दा बढी जग्गा पत्रकार महासंघ गोरखा शाखाको नाममा रातो पुर्जा लिएर जग्गाधनी बन्नेछौं । त्यो जग्गा कुनै दुर्गम बस्ती, खोल्सा, सार्वजनिक जग्गा, विवादित जग्गा नभई स्वतः स्फुर्त रुपमा प्रदान गरिएका सहयोगबाट प्राप्त गर्दछौं । त्यो जग्गा सबै सुविधा युक्त र राजमार्गबाट मापदण्ड अनुसारको रेखाभित्र सदरमुकामको केन्द्र भागमा कायम गर्दछौं । यसका लागि प्रेस सेन्टर नेपाल शुरुमा एकलाख प्रदान गर्दछ । जग्गा पास गर्ने समयसम्म २० लाख सहयोग प्रदान गर्दछ । यसका लागि नेतृत्व सर्वस्वीकार्य हुनुपर्दछ । साँच्चै सबै पत्रकारहरुको साझा नेतृत्व बन्न सकेन भनेपनि प्रेस सेन्टर नेपाल र गोरखा शाखाको तर्फबाट नेपाल पत्रकार महासंघ गोरखालाई घरभाडा तिर्नका लागि सहयोग स्वरुप आगामि साउनदेखि प्रतिवर्ष रु ५००० का दरले प्रदान गर्दछ । यो कुनै महत्वकाँक्षी योजना र बेलुन फुकाई होइन यथार्थ धरातलमा टेकेर गरिने कार्य हुन् । यी कामका लागि प्रेस सेन्टर नेपालले पत्रकार महासंघ गोरखाको नेतृत्व गर्नुपर्दछ । सबैपत्रकार साथीहरुले यसलाई सहर्ष स्वीकार गर्नुहुनेछ । सबैपक्षबाट हामी पत्रकार साथीहरु बलिया भएपनि नीति निर्माणको तहमा अझै हस्तक्षेप गर्नुपर्ने भएको हुँदा संस्थागत विकासमा अगाडि बढ्न कठिन भईरहेको छ । यसका लागि नीति निर्माण तहमा हामी पत्रकारहरुले चाहेको नेतृत्व पुग्नुपर्दछ । उयदयमान युवाहरुलाई अध्यारोमा राखेर दोहोरो नेतृत्वको पक्षमा प्रेस सेन्टर नेपाल उभिएको छैन । अग्रजहरुको सम्मान गर्न हामीहरु आतुर छौं । यसका लागि सबै पक्षको सहयोग र सद्भावको अपेक्षा गर्दछौं । प्रतिवद्धता गरिएका कामहरु यथासमयमा नभए एक मिनेट पनि महासंघमा प्रेस सेन्टरका नेतृत्व लगायत सदस्यहरु नरहने समेत प्रतिबद्धता गर्दछौं । संस्थागत विकासका लागि प्रेस सेन्टर प्रतिवद्धता सहित आगामी कार्यकालका लागि नेपाल पत्रकार महासंघ गोरखाको नेतृत्व सम्हाल्न आतुर रहेको र सोही अनुसार व्यवस्थापनमा जुटन सम्पूर्ण पत्रकार साथीहरुलाई हार्दिक अपिल गर्दछौं ।                                                                                                                     लेखकः राष्ट्रिय मासिकका सम्पादक तथा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य हुन ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies