Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

यसरी लडेको थियो दोस्रो विश्वयुद्धमा नेपाल

\"\"ई.सं. १९३० को दशक (वि.सं. १९९० को पूर्वाधमा) युरोपमा विश्वयुद्धको तयारी भइरहेको थियो । १९९१ साल (ई.सं. १९९३०) देखि विश्वयुद्धको शुरुवात १९९६ साल (ई.सं. १९३९) को बीचमा युरोप र पूर्वी एसियाका धेरै देशहरुको प्रतिनिधिमण्डलले नेपाल आई तत्कालिन राणा प्रधानमन्त्री जुद्ध शमशेरलाई सम्मान गरी पदक दिए भने जुद्धले पनि नेपालको पदक दिए । ई.सं. १९३३ मामुसोलिनीले शासनगरिरहेको इटलीको फासिष्ट सरकारको प्रतिनिधि नेपाललाई पदकहरुको आदान प्रदान भयो । ई.सं. १९३४ माफ्रान्सको प्रतिनिधिमण्डल आई पदकहरुको आदान प्रदान भयो । यसैगरी च्याङ काई शेकको चीनको प्रतिनिधमण्डल पनि नेपाल आयो । यही अवधिमा बेल्जियम र नेदरल्याण्डको प्रतिनिधिमण्डल पनि आयो । पोल्याण्डमा हिटलरको जर्मनीले ई.सं. १९३९ मा आक्रमण गरेपछि दोस्रो विश्वयुद्ध शुरु भएको थियो । यो घटना हुनुभन्दा दुई वर्ष अघि सन् १९३७ मा जर्मनीको एक प्रतिनिधिमण्डल नेपाल आई जर्मन पदक जुद्धलाई दिए । जुद्धले हिटलरको शासनकालमा जर्मनीले गरेको उन्नति बारे प्रशंसा गरे । त्यसपछि फिनल्याण्डको प्रतिनिधि मण्डल समेत ई.सं. १९३७ मा आएर पदकको आदान प्रदान भयो । १९९६ साल (सन् १९३७) मा केशर शमशेर लन्डनमा राजा जर्ज छैटौंको राज्याभिषेकमा नेपालको प्रतिनिधित्व गर्न पठाइए । यी घटनाक्रमले विश्वमा नेपाल सार्वभौमसत्ता सम्पन्न देश भएको कुरा स्थिापित गर्न मद्दत ग¥यो । जर्मनीकोविरुद्ध युद्धको घोषणा हुने बेलामा जुद्धले ८ हजार नेपाली सेना ब्रिटेनको सहायताको निम्ति पठाउन प्रस्ताव गरे । १९९७ साल (सन् १९४०) मा आठ बटालियनमध्ये चार भारतको देहरादून र चार काकुल (हाल पाकिस्तानको अवोटावाद नजिक) पठाइए । केही समयपछि नेपाली सेनाको कालीबहादुर, शेर दलर महेन्द्र दल भारतको आसाम र बर्मामा जापानी विरुद्ध युद्धमा परिचालन गरिए । नेपाली सेनाको संख्या भन्दा बढी सेना ब्रिटिस गोर्खामा भर्ती गरी युद्धमा पठाइए । नेपालबाट दोस्रो विश्वयुद्धमा लड्नकै लागि १६ हजार जवान भर्ती गरिए । त्यसबेला नेपालको जनसंख्या ६० लाख थियो र जनसंख्याको प्रतिशतको हिसाबले युद्धमा मारिने र घाइते हुनेमध्ये नेपालले सबभन्दा बढी नोक्सान बेहोर्नु परेको थियो भनी ऋषिकेश शाहले लेखेका छन् । जुद्धले नेपालबाट भर्ती गरिएका गोर्खा सैन्यलाई समुद्र पार पठाउन पनि अनुमति दिए । १९९८ साल (ई.सं. १९४१) मागोर्खा सैन्यलाई इरान, इराक र साइप्रस पनि पठाइयो । त्यसपछि गोर्खा सैनिकलाई जर्मनहरुसँग लड्न उत्तरी अफ्रिकाको ट्युनिशिया पनि पठाइयो । त्यसपछि ग्रीस र इटलीमा पुगे । भारतको आसाम र बर्मामा जापानीहरुसँग लड्न गएका गोर्खा सैनिकको बहादुरीको कदरमा धेरै जनाले भिक्टोरिया क्रस पनि पाए । नेपाली सेनाको तीन रेजिमेन्टले भारतको आसाममा जापानी विरुद्ध लडी भारतको पूर्वोत्तर भागमा जापानी आक्रमण रोक्न सघाउ पु¥याए । \"\"जंगबहादुरले १९१३ साल (ई.सं. १८५७) मा उत्तरी भारतमा सिपाही विद्रोह (जसलाई हाल भारतमा स्वतन्त्रताको पहिलो संघर्ष भनिन्छ) मा अंग्रेजलाई सहायता दिएको हुनाले सुगौली सन्धिबाट गुमेको बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपालमा फिर्ता ल्याए भने चन्द्रशमशेरले पहिलो विश्वयुद्ध (ई.सं. १९१४–१९१८) मा ब्रिटिश सरकारलाई मद्दत गरे वापत स्वतन्त्र र सार्वभौम देशको रुपमा ब्रिटेनले मान्यता दियो । दोस्रो विश्वयुद्धमा जर्मनी र जापानको विरुद्ध भाग लिएर नेपालले के पायो त ? विन्स्टन चर्चिल आफैंले जुद्धलाई पत्र लेखि अत्याचारी जर्मन र जापानीको पराजयमाउनको र वीर गोर्खाहरुको योगदानलाई कुनै अंग्रेजले बिर्सन नसक्ने कुरा अवगत गराए । २००२ साल(ई.सं. १९४५) मा जुद्धले सत्तात्याग गरी राजर्षि भई अर्घेली जानुभन्दा एक महिनाअगाडि विश्वयुद्धमा पठाइएका सबै नेपाली सेना नेपाल फर्किए । दोस्रो विश्वयुद्ध अघि ब्रिटेनले नेपाललाई प्रति वर्ष दश लाख भारु दिने गरेकोमा सो बढाएर बीस लाख भारु गरिदियो । पुरुषोत्तम शमशेरले २००२ साल (ई.सं. १९४५) मा जुद्धले भारतका वाइसराय लर्ड वाभेलसँग भेट्दा निजले ब्रिटिस भारतलाई स्वाधीन भारत र पाकिस्तानको रुपमा देश बन्ने र देशी राज्यलाई भारत वा पाकिस्तानमा मिल्न पाइने कुरा बंगालसँग जोडिने गरी इलाका माग गरेमा नेपाललाई दिनेछौं भनी भनेको कुरा लेखेका छन् । २००४ साल(ई.सं. १९४७) मा जुद्धले सत्तात्याग गरेको डेढ वर्षपछि भारत र पाकिस्तान ब्रिटिश उपनिवेशबाट स्वतन्त्र भएका थिए । बंगालमा मुस्लिम बहुसंख्यक र हिन्दू अल्पसंख्यक थिए तर कलकत्तालगायत बंगालको पश्चिमी भागमा हिन्दू बहुसंख्यक थिए । त्यसैताका बंगाललाई स्वतन्त्र अथवा भारतभित्रै स्वायत्त इकाईको रुपमा राख्ने भन्ने पनि कुरा भएको थियो । बंगालको मुस्लिम बहुल पूर्वी भाग पूर्वी पाकिस्तान हुने भयो भने हिन्दू बहुल पश्चिमी बंगाल भारतमा रहने भयो । २०२८ साल(ई.सं. १९७१) मा पूर्वी पाकिस्तान बंगलादेश बन्यो । त्यसबेला पूर्वी पाकिस्तान र नेपालको सिमाना जोडिन पाएको भए भारतको उत्तरपूर्वी क्षेत्र नै भारतबाट छुट्टिन जाने थियो । त्यसो हुन नदिन नेपाललाई भारतमा मिलाउनुपर्छ भन्ने दबाब पनि आउन सक्दथ्यो होला । भारतमा उपप्रधानमन्त्री सरदार पटेलको २००७ साल(ई.सं. १९५०) तिर त्यस्तै बिचार थियो भन्ने सुनिएको हो । बंगालको पूर्वी र पश्चिमी भागको सीमांकन भारत र पाकिस्तानको स्वतन्त्रताको बेलामा २००४ सालमा(ई.सं. १९४७ अगस्टमा) भयो र यासलाई रेडक्लिफ अवार्ड भनिन्छ । त्यसबेला नेपालका प्रधानमन्त्री पद्म शमशेर भइसकेका थिए । तर नेपाललाई भारतको भूमिदिने भन्ने कुनै प्रस्ताव नेपालबाट गएको अथवा ब्रिटिश सरकारबाट नेपालमा आएको भन्ने कुनै दस्तावेज भेटिएको छैन । नेपालमा कमजोर सरकार र प्रधानमन्त्री हुनाले यसबारे फलो अप हुन सकेन जस्तो देखिन्छ । भारतका भाइसराय लर्ड वेभेल शिकारमा २००१ साल(ई.सं. १९४४) मा नेपाल आउँदा यसबारे कुरा भएको भने हुन सक्छ । जे भएपनि भारत स्वतन्त्र भएपछि नेपाल र पूर्वी पाकिस्तान(हाल बंगलादेश) को बीच सिलीगुढी क्षेत्रमा १८ किमीको भारतीय भूमिले छुट्याइ राख्यो । दोस्रो विश्वयुद्धमा हिटलरजस्तो अधिनायकबादी ६० लाख यहुदीहरुको सामुहिक हत्याको निमित्त उत्तरदायी अडोल्फ हिटलरको नेतृत्वको जर्मनीको हार हुनु विश्वकै उदार र लोकतन्त्रवादका समर्थक सबैको निमित्त खुशीको कुरा हो । दोस्रो विश्वयुद्धकै कारणले एशिया र अफ्रिकामा उपनिवेश राख्ने ब्रिटेन, फ्रान्स, बेल्जियम जस्ता देशहरुको जीत भएपनि विश्वयुद्ध समाप्त भएको केही दशकभित्र नै उपनिवेशहरु स्वन्त्र हुन पुगे । विश्वयुद्धमा ब्रिटेनलाई सघाएर नेपाललाई प्रत्यक्ष लाभ नभएता पनि छिमेकका भारत, पाकिस्तान, बर्माजस्ता छिमेकी देशहरु उपनिवेशबाट स्वतन्त्र भए । यसको प्रभाव नेपालमा समेत पर्न गई जुद्धले सत्ता त्याग गरेको पाँच वर्ष भित्रै र भारत स्वतन्त्र भएको तीन वर्ष भित्रै नेपालमा राणा शासन ढलेर प्रजातन्त्र आयो । दोस्रो विश्वयुद्धमा सहभागि भएर नेपालले केही फाइदा पाएको भए यही हो । (राणा प्रधानमन्त्रीहरुको जीवनीबाट)
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies