Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

यसरी फाँसी दिइएको थियो चार शहीदलाई

\"\"राणा प्रधानमन्त्री जुद्ध शम्सेरको शासनकालमा नेपालमा राणा विरोधी आन्दोलनको शुरुवात भएको थियो । भारतमा ब्रिटिश राज कायम रहुन्जेल राणाशासकहरुले मित्रताको सम्बन्ध राखेकोले नेपालमा राणा विरोधी आन्दोलन त्यति सफल हुन सकेको थिएन । जुद्धको शासनकालको मध्यतिर १९९४ साल तिर भारतमा स्वतन्त्रताको आन्दोलन महात्मा गान्धीको नेतृत्वमा अगाडि बढ्न थालेको थियो । त्यसै ताका नेपालमा महावीर स्कूलको स्थापना भयो जसको उद्देश्य नेपाली विद्यार्थीहरुमा नागरिक अधिकार र प्रजातन्त्रबारे चेतना फैलाउने थियो । १९९७ सालमा यस स्कूलका शिक्षकहरु प्रजापरिषदसँग सम्बन्धित भएको आरोपमा गिरफ्तार भए । यसै ताका शुक्रराज शास्त्री, केदारमान व्यथित, मुरलीधर शर्माले नेपाली नागरिक अधिकार समिति स्थापना गरे । गीता र पुराण जस्ता धार्मिक पुस्तकहरुको माध्यमबाट जनचेतना फैलाउने र समाज सुधार गर्ने यसको उद्देश्य थियो । भागवत गीताबारे इन्द्रचोकमा प्रवचन दिएको आरोपमा शुक्रराज शास्त्री १९९७ मा गिरफ्तार भए । यसै ताका प्रजा परिषद् नामक राजनैतिक संगठनको स्थापना भयो जसको उद्देश्य नेपालमा राणाशासनको अन्त गर्ने थियो । यसका संस्थापक सदस्यहरु टंकप्रसाद आचार्य, दशरथ चन्द, रामहरि शर्मा र धर्मभक्त माथेमा थिए । यसले देशभरीका युवावर्गलाई राणाशासन अन्त गर्न आह्वान ग¥यो । नेपालका विभिन्न स्थानमा पर्चाबाजी गरियो । वाकपतिराज जोशीले यसबारे राणाहरुलाई बताइदिएपछि टंकप्रसाद आचार्य गिरफ्तार भए । राणाविरोधी क्रियाकलापमा राजा त्रिभुवनको पनि हात थियो । राजा त्रिभुवनको नारायणहिटी दरबारमा एउटा सिनेमा हल थियो । त्यहाँ प्रतिवर्ष तिहारको बेलामा राणाहरुले राजालाई रुपैयाँ राख्न जान्थे । प्रजापरिषदले गरेको षड्यन्त्रमा त्यही सिनेमा हललाई राजा त्रिभुवन बाहिर निस्केको समयमा बमले उडाउने थियो । १९९७ साल मा समातिएका ४३ व्यक्तिमध्ये तीनजनालाई मृत्युदण्ड दिइयो । १४ जनालाई आजीवन कारावासको सजाय दिइयो र २० जनालाई तीनदेखि आठ वर्षको कारावासको सजाय दिइउो । धर्मरत्न यमीले लेखेका छन्– ६ माघ १९९७ मा सिंहदरबारभित्रको फुटबल ग्राउन्डमा हुक्का तान्दै जुद्धले राजबन्दी उपर आफ्नो फैसला सुनाए । भारतमा गान्धीजीलाई भेट्न जाने दोष शुक्रराजलाई लाग्यो । ‘कीराले हीरा बिगार्न लागेको’ भनी राजा त्रिभुवनतिर हेरी उफ्रे । त्रिभुवनले सजाय सामान्य हुनपर्छ भने । सोमनाथ सिग्देलले सजाय शास्त्रोक्त हुनुपर्छ भने । शहिदहरुलाई मृत्युदण्ड धर्मभक्त माथेमा राजा त्रिभुवनका व्यायाम शिक्षक थिए । उनलाई १९९७ माघ १२ गते पशुपतिको मन्दिर नजिक सिफलमा रुखमा झुन्ड्याई मारियो । उनका पिता आदिभक्तले जुद्धलाई पैसा जरुरत भएको बेला सापटीसमेत दिएका थिए भनि नरशम्सेरले लेखेका छन् । दशरथ चन्द र गंगाललाई तीन दिनपछि विष्णुमति नदीको किनारामा शोभाभगवतीमा गोली हानी मारियो । सुब्बा पुण्य नारायण प्रधानलाई पनि मृत्युदण्ड दिइने भएको थियो तर उनलाई पछि माफी दिइयो । शुक्रराज शास्त्रीलाई ६ वर्षको निमित्त कारागारमा राखिएको थियो । उनलाई १९९७ माघ १० गते टेकुको रुखमा फाँसी दिइयो । शुक्रराज शास्त्री प्रजापरिषद्को क्रियाकलापसँग सम्बन्धित थिएनन् । उनले सामाजिक सुधार र नागरिक सुधारको निमित्त जनसमर्थन लिन आन्दोलन गरेका थिए । हृषिकेश शाहको भनाई छ कि शुक्रराज शास्त्रीलाई मृत्युदण्ड दिनु जुद्धको शासनकालको सबभन्दा कालो धब्बा थियो र इतिसासमा नै उनको छवि सँधैका लागि नराम्रो पारिदियो । भुवनलाल प्रधानले ‘शुक्ररा प्रजापरिषद्को सदस्य नै थिएनन्’ भन्ने बारेको टिप्पणीलाई संकुचित र एकतर्फी मानेका छन् । उनको विचारमा राणा युगमा नै महात्मा गान्धीसँग भेट्नु र जुद्धले ‘यी सबैका नाइके तँ होस्’ भनेकाले र ज्यान सजाय पाउने व्यत्तिहरुमध्ये पहिलो शुक्रराजकोे नाम रहेकोले उनलाई राजनीतिक कारणले मृत्युदण्ड दिइएको हुनुपर्दछ । टंकप्रसाद आचार्य र रामहरि शर्मा भने बाहुन भएकाले मृत्युदण्डबाट बचे तर उनीहरुलाई मुडियो । जुद्धले शुक्रराज शास्त्रीलाई मृत्युदण्ड नदिई आजीवन काराबास दिने आफ्नो निर्णय नरशम्सेरलाई भनेका रहेछन् । पद्मशम्शेरले उनलार्इ मृत्युदण्ड दिनु हुँदैन भनी सिफारिस गर्दा जुद्धले त्यसै रिसले शुक्रराज शास्त्रीलाई झुन्ड्याइदिने हुुकुम दिए भन्ने नरशम्सेरको भनाई छ । आफूले तत्कालीन भारदारी सम्मको निर्णय बमोजिम र जुद्धको हुकुम बमोजिम मृत्युदण्डको सजाय कार्यान्वयन गर्नुपर्दा र मृत्युदण्डको सट्टा आजिवन काराबास या माफी दिलाउन नसकेकोमा पछुतो लाग्ने गरेको कुरा पनि उनल भनेका छन् । अहिले प्रत्येक वर्ष माघ १६ गते नेपालमा शहीद दिवस मनाइन्छ १९९७ साल माघमा सहादत पाएका यी चारजना शहीदको सम्झनामा शहीदहरुले सहादत पाएको दस वर्षपछि नेपालबाट राणाशासन हटी प्रजातन्त्र आयो । शहिद गंगालका भाई पुष्पलाल नेपालमा कम्युनिष्ट पार्टीका संस्थापक बने । (राणा प्रधानमन्त्रीहरूको जीवनी नामक पुस्तकबाट)
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies