Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

यी हुन्, शुक्रराजको शव उतार्ने ब्यक्ति

[caption id=\"attachment_115078\" align=\"alignleft\" width=\"200\"] शुक्रराजको शालिक[/caption] काठमाडौं । हरेक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिन्छ । सरकारले सहिद दिवसको दिन सार्वजनिक विदा समेत दिने गरेका छ । माघ १० गतेदेखि १६ गतेसम्म सहिद सप्ताह मनाइँदै आएको छ । जहाँनियाँ राणा शासनको विरुद्ध आवाज उठाएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्द ठाकुरलाई तत्कालिन राणा शासकहरुले वि.सं.१९९७ सालमा एकै साता भित्र पालैपालो रुखमा झुण्ड्याएर फाँसी दिएका थिए । तिनै चार वीर सपुतहरुमध्येका एक थिए, शुक्रराज जोशी । काठमाडौंको खिउँल, थाय्मदुमा जन्मिएका शुक्रराजले उच्च श्रेणीमा संस्कृत भाषामा शास्त्री उतीर्ण गरेकाले उनलाई पछि शुक्रराज शास्त्री भनियो । तिनै शुक्रराज, जसलाई वि.सं. १९९७ माघ १० गते टेकुको पचलीस्थित रुखमा झुण्ड्याएर फाँसी दिइएको थियो । राणा शासनको विरोध गरेकोमा राजद्रोहको अभियोग लगाई शुक्रराजलाई पक्राउ गरी तीनवर्ष कैद सुनाइयो । आठ वटा मुद्दामा फसाई वि.सं. १९९७ साल माघ ६ गते दिउँसो झण्डै १०–११ बजेतिर सर्वस्वहरणसहित फाँसीको सजाय सुनाइयो र वि.सं. १९९७ साल माघ १० गते राती झुण्ड्याएर मारिएको थियो । रुखमा झुण्ड्याएर मारिएका शास्त्रीको शव निकाल्ने हिम्मत समेत कसैले गरेन । रुखमा झुण्डिरहेको शव निकाल्ने ब्यक्ति थिए, डिठ्टा चतुरमान श्रेष्ठ, चिरिबाबु महर्जन र चिरिबाबुका बाबु । महान सहिद शुक्रराजको शव स्पर्श गर्ने मध्येका एक चिरिबाबु आज पनि शुक्रराजको शव निकालेको कुरा विर्सन सक्दैनन् । काठमाडौंको स्बयम्भू ठूलोभ¥याङमा आफ्नो माहिला छोराको घरमा बसिरहेका चिरिबाबु शुक्रराजको शव रुखबाट झार्दा मात्र ११ वर्षका थिए । अहिले उनी ८६ वर्षका छन् । त्यो दिन यसरी सम्झिन्छन्, चिरिबाबु [caption id=\"attachment_115079\" align=\"alignleft\" width=\"242\"] चतुरमान श्रेष्ठ[/caption] बेलाबेलामा हाम्रो घरमा आइरहने डिठ्टा चतुरमान श्रेष्ठ त्यो दिन पनि आउनुभएको थियो । केही काम लिएर आएपछि बाबालाई लिएर उहाँ जानुहुन्थ्यो । तर त्यो दिन बाबा उहाँसँग जान मान्नु भएको थिएन । तर केही कुरा गरिसकेपछि बाबा तयार हुनुभयो । र बाबाले मलाई लैजान खोज्नुभयो तर आमा मान्नुभएन । त्यस्तो ठाउँमा छोरालाई पठाउदिन भनेर मलाई च्याप्नुभयो । मलाई उत्सुकता लाग्यो । बाबाले मलाई कहाँ लैजान लाग्नुभएको होला । मलाई पनि जान पाए हुन्थ्यो जस्तो लाग्यो । चतुरमानको सम्झाई बुझाईका अगाडि आमाका के लाग्थ्यो र मलाई समातिरहनु भएको आमाले हात खुकुलो बनाउनुभयो । म, डिट्ठासाब र बाबासँगै घरबाट निस्कियौं । तर मलाई थाहा थिएन कहा जान लागेको भन्ने बारेमा । कुरा वि.सं. १९९७ साल माघ ११ गतेको बिहानको हो । बाटोमा मैले बल्ल थाहा पाएँ, चर्तुमानले बाबालाई शुक्रराजको त्यो शब रुखबाट भुइँमा झार्नको लागि बोलाउन आउनुभएको रहेछ । हामी टेकुतिर बढ्दै थियो, टेकु दोभान क्षेत्र सुनसान थियो । त्यहाँ पुग्दा खेरी दिउँसोको १२ बजिसकेको थियो तर एक जना पनि हिडेँकोे देखिदैनथ्यो । मैले टेकुको एउटा ठूलो रुखमा एउटामान्छे झुण्ड्एको देखेँ । म झसङ्ग भएँ । मेरो पाईला टक्क रोकियो । बुबाको हात समातिराखेको मेरो हात कस्सियो । त्यतिबेला त मलाई थाहा भएन तर पछि थाहा भयो उहाँ शुक्रराज शास्त्री हुनुुहुँदोरहेछ । म रोकिएको देखेर चतुरमान जिले मलाई गाली गरेर अगाडि बोलाउनुभयो । मैले बचाउका लागि बुबालाई हेरेँ उहाँ मेरो हात छोडेर अगाडि बढिसक्नु भएको थियो । मैले आफूलाई तानेर अगाडि बढेँ । बुबाले रुखमा झुण्डिरहेको लाश समात्नुभयो । मैले पछाडिबाट समातेँ, चतुरमानजीले डोरी खोल्नुभयो । हामीले शवलाई बिस्तारै सुतायौँ यति गरिसकेपछि शव चतुरमानजीको जिम्मामा छोडेर हामी हतार हतार घर फर्कियौं । बाटोमा बुबाबाट थाहा पाएँ– उहाँलाई राणाहरुले गाठगादी ताकेको आरोपमा राति त्यहाँ ल्याएर झुण्ड्याएको रहेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies