Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

ध्रुव थापाको ‘जूनको शहर’ लोकार्पण

\"\" पोखरा, १५ माघ । कवि ध्रुव थापाको पहिलो कविता सङ्ग्रह ‘जूनको शहर’ शनिबार पोखरामा लोकार्पण गरिएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त, कविकी आमा कलावती थापा र तीर्थहरि स्मृति प्रतिष्ठानका अध्यक्ष वीरेन्द्र पालिखले संयुक्त रुपमा कृतिको लोकार्पण गरेका हुन् । कार्यव्रmममा कुलपति सरुभक्तलेनेपाली साहित्यिक इतिहासको लेखाजोखा गर्दा डायस्पोरिक साहित्यको मूल्याङ्कन गर्न छुटाउन नहुने बताए । विगत एक दशकदेखि संयुक्त राज्य अमेरिकामा बस्दै आएका कवि थापाले पनि नेपाली साहित्यमा डायस्पोरिक लेखनमा राम्रो प्रभाव राख्न सक्ने उनले विश्वास व्यक्त गरे । उनले साहित्य वैश्विक सम्पत्ति र रोग प्रतिरोधात्मक औषधि भएकोमा जोड दिए । प्रकाशक अनुपम म्युजिक पोखराका प्रबन्ध निर्देशक अनुराग अधिकारीको अध्यक्षतामा भएको कार्यव्रmममा कृतिको समीक्षा गर्दै सम्मोहन साहित्यिक पत्रिकाका सम्पादक अल्पज्ञानीले जूनको शहरभित्र परिवर्तित समाज र समाजिक प्रतिबिम्बनहरु आएको बताए । विदेशमा बसेर नेपाली माटोप्रति गरिएको गहिरो प्रेम र आफूभित्र रहेको सिर्जना शक्तिलाई कवितामार्फत् उजागर गर्नु नै थापाको महत्वपूर्ण उपलब्धी भएको अल्पज्ञानीले बताए । कवि थापाले रङ्गमन्च हुँदै आफूले थालेको यात्रा कविता सङ्ग्रहसम्म आइपुगेको भन्दै भविष्यमा आफू उपन्यास प्रकाशन गर्ने सोचमा रहेको बताए । कार्यव्रmममा आँबु खैरेनी स्रष्टा समाजका अध्यक्ष अनिल श्रेष्ठ, प्रगतिशील लेखक सङ्घ, कास्कीका अध्यक्ष भीम रानाभाट, चलचित्रकर्मी माओत्से गुरुङ, फेवा विकास बैङ्कका कार्यकारी अधिकृत रेशमशहादुर थापा, कवि सुरज उपाध्याय, समाजसेवी कमलबहादुर थापा, कमला थापालगायतले शुभकामना दिएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies