Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

लौ हेर्नुहोस् : के फरक छ प्रचण्ड र ओलीमा ?

\"\"काठमाडौं, कहिलेकाहिँ गज्जबका संयोग घटित हुँदा रहेछन् । यस्ता संयोगहरुले घटना, पात्र र प्रवृत्तिलाई उदाङ्ग गरिदिन्छन् ।
नेपालको राजनीतिका कैयन् यस्ता संयोगहरुको श्रृंखलामा बिहिबार एउटा घटनाले सबैको ध्यान तान्यो । स्थानीयदेखि राष्ट्रिय मिडियामा यो घटनाले चर्चा पायो । तर मिडियामा यो संयोगको एउटा पाटोको मात्रै चर्चा भयो । सिक्काको अर्को पाटो मिडियाले लेखेन या देखेन । संयोग थियो छिमेकी जिल्ला स्याङ्ग्जा र पवर्तमा आयोजित दुई कार्यक्रमको । स्याङ्ग्जामा प्रमुख अतिथी थिए पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उता पर्वतको कुश्माको कार्यक्रममा प्रमुख अतिथी थिए प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड । यो संयोग जुरायो लोडसेडिङले । उही समयमा, उही परिवेश र प्रकृतिमा । स्याङ्जाको वालिङमा आयोजित कार्यक्रममा केपी शर्मा ओलीले भाषण गर्दै थिए, ठीक त्यही समयमा प्रचण्डले कुश्मामा पर्वत महोत्सवमा उपस्थित जनमानसलाई सम्बोधन गर्दै थिए । दुबै कार्यक्रमका आयोजकले सल्लाह गरेर दुबै प्रमुख अतिथी बोल्ने समय एउटै पक्कै पनि पारेका थिएनन् होला । तर संयोग त्यस्तै पर्यो । र, उनीहरुले सम्बोधन गरिरहेकै बेला अकस्मात माइक बन्द भयो । प्रमुख अतिथीले सम्बोधन गरिरहेको बेला अकस्मात बत्ती बन्द हुनु र तत्कालै जेनेरेटर नचल्नु आयोजकहरुका लागि समेत सुखद पक्कै थिएन । प्रचण्डले पर्वत उद्योग वाणिज्य महासंघ र स्थानीय राजनीतिक दलहरुका तर्फबाट बुझाइएको ४ बुँदे ज्ञापनपत्रका बारेमा बोलिसकेका थिए । उनले कोरला नाका खुलेपछि पर्वत व्यापारिक केन्द्र बन्ने, कालीगण्डकी करिडोरसँग पर्वतका ६ वटा जलविद्युत आयोजना जोडिने वित्तिकै विद्युत हब बन्ने र पोखरा भित्रिने पर्यटक पर्वत तान्नेगरी पर्यटनको विकास गर्ने सम्भावनाका बारेमा बोलिसकेपछि भने– अब म केही कुरा सरकार र देशको परिस्थितिको बारेमा गर्न गइरहेको छु…। वाक्य पुरा भयो र योसँगै बत्ती गयो । माइक बन्द भयो । प्रचण्ड रोकिएनन, दशौं हजार सहभागी महोत्सवलाई उनले बिना माइक नै सम्बोधन गर्न खोजे– देश अहिले जटिल… आयोजकहरुले माइक चलाउन खोजे, बत्ती गएको स्पष्ट भयो । प्रचण्ड एकछिन रोकिए । त्यसपछि आफ्नो मुख्य अतिथीको कुर्सीमा आएर बसे । यता दर्शकदीर्घा र मञ्चमा बसेकाहरुबीच कानेखुशी चल्यो– पर्वतमा त त्यसै पनि बत्ती नजाने, प्रचण्डले राजनीतिक कुरा गर्न खोज्दाखेरी अचानक बत्ती गयो, कतै नियोजित तरिकाले त बत्ती बन्द गरिएन ? कतिपयले विद्युत प्राधिकरणमा फोन हान्न मोबाइल झिके । प्रचण्ड भने यथास्थानमा बसिरहे । आयोजकहरुले जेनेरेटर चलाउन खोजे, तर तत्काल त्यो पनि चलेन । प्रचण्डले रिस देखाएनन्, अधैर्यता पनि देखाएनन् । उनी बसिरहे । दर्शकदीर्घाबाट समेत कुनै हुटिङ भएन । सौम्यता कायम थियो, धैर्यता कायम थियो पर्वतवासीको । करिब ३, ४ मिनेटपछि माइक चल्यो । प्रचण्ड रोष्टममा गए, माइक समाते । उनले बत्ती गएको विषयमा केही टिप्पणी गर्लान् भन्ने धेरैले आँकलन गरेका थिए । तर उनले यसबारेमा एक शब्द बोलेनन् । उनले सोझै भाषण शुरु गरे– मैले तपाईहरुलाई देश जटिल परिस्थितिमा रहेको कुरा गरिरहेको थिएँ…। यो प्रचण्ड उपस्थित कार्यक्रमको दृश्य थियो । …. ठीक यही समयमा उता स्याङ्जामा ओलीले भाषण गर्दा बत्ती गएपछि उनको पारो तात्यो । उनले यसलाई अनपेक्षितरुपमा लिए । आयोजकहरुले आफूलाई अपमान गरेको शैलीमा यसलाई लिए । कार्यकर्ताहरु अधैर्य भए । नेपालमा १८ घण्टासम्म पनि बत्ती जाने गथ्र्यो र नेताहरुले पनि विगतमा घाँटी सुकाएरै कार्यकर्तामाझ भाषण दिने गर्थे भन्ने कुरा बिर्से । उनीहरुलाई लाग्यो, यो षडयन्त्र हो । ओलीलाई बोल्न नदिन सरकारले गरेको षडयन्त्र । छैटौं वालिङ महोत्सवमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मन्तव्य राख्दै गर्दा विद्युत अवरुद्ध भएपछि षड्यन्त्र पूर्वक लाइन काटिएको भन्दै कार्यक्रमा सहभागिले नाराबाजी गर्दै ढुंगा प्रहार गरे । ‘जसको मन जस्तो छ, उसले त्यही देख्छ भन्छन’ यस्तो अवस्थालाई हामीकहाँ । षडयन्त्र थियो भने त्यो प्रचण्डका लागि पनि हुनुपथ्र्यो होला । किनभने एउटै प्रसारण लाइनको बत्ती गएको थियो । कार्यकर्ता र दर्शकले अधैर्यता देखाएपनि ओलीले धैर्यता देखाउन पथ्र्यो । तर उनले झनै आफूलाई सम्हाल्न सकेनन् । ओलीले भाषण गर्न चाहेनन् । उनी रोष्टम छोडेर निस्किए । ………… यी दुई संयोगले अहिलेको राजनीतिक प्रणालीमा देखिएका दुई भिन्न प्रवृत्ति र चरित्रको प्रतिबिम्बन गर्छ । एकातिर ओली छन् । औडाहा, दम्भी, जिद्दि र अव्यवहारिक । आफूले भनेको हुनैपर्ने, त्यो ठीक होस् या नहोस् । हरेक कुरामा षडयन्त्र देखिहाल्नुपर्ने । अतार्किक अतिवाद, अवैज्ञानिक राजनीतिक चिन्तन र व्यवहार । बुझेर पनि बुझ पचाउने र चीजलाई अनावश्यकरुपमा तरंगित गर्न खोज्ने । हुल्याहरुको जमातको भरमा । अर्कोतर्फ प्रचण्ड छन्, परिस्थितिको आँकलन गर्ने । यस्तो भएछ है, तर यस्तो यो यो कारणले भएको हुनुपर्छ भनेर परिस्थितिलाई बुझने । परिस्थिति अनुकूल छैन भन्दैमा आत्तिएर हुन्न बरु धैर्यताका साथ अघि बढ्नु पर्छ भन्ने । विषम परिस्थितिमा पनि सन्किनु हुन्न भन्ने प्रवृत्ति । यही चिन्तन र प्रवृत्तिका कारण नै होला, आफू सरकारमा गएदेखिका हरेक दिन उनले नयाँ नयाँ आलोचना झेलिरहेका छन । र, पनि अघि बढेका छन् आफ्नै गतिमा । आज एउटा आलोचना सर्वत्र फैलिन्छ, लाग्छ, प्रचण्ड अब आत्तिए । तर प्रचण्ड एककदम अघि हिँडिसकेका हुन्छन्, त्यो आलोचना त्यसै स्खलित हुन्छ । भोली अर्को आलोचना आउँछ झनै डरलाग्दो । सोचिन्छ, यो आलोचनाले त सरकार धर्मराउँछ होला, तर होइन, प्रचण्ड फेरी अर्को बल प्रहार गर्छन र अघि बढ्छन् । कम्तीमा उनले झेलका यी ४, ५ महिनामा सयबढी यस्ता आलोचनाको बाढी उनले झेले । तर उनी आफ्नै सूरमा हिँडिरहेका छन् । आलोचकहरुसँग जवाफ नै नहुने गरी । …. स्याङ्जाको वालिङमा ओलीले पर्वतको कुश्मामा प्रचण्डले देखाएको व्यवहार देखाएका भए उनकै उचाई बढ्थ्यो । राजनीति र राजनीतिमा राजनेता बन्ने गुण छूद्रतामा होइन, सन्तुलनमा हो, सौम्यतामा हो, कठीन परिस्थितिलाई समेत अनुकुलतामा बदल्ने अठोटमा हो । हिजो सडकको आन्दोलन स्थगित गरेर राजनीतिक जडतालाई १६ बुँदे सम्झौतामार्फत संविधान निर्माणसम्म पुर्याउन प्रचण्डको यही प्रवृत्तिले काम गरेको थियो । आज बनिसकेको संविधानमा हुने संशोधनलाई सदन बहिस्कार गरेर र छलफल नै गर्न नदिएर असफल पार्न ओलीको यही प्रवृत्तिले काम गरिरहेको छ । यो पनि इतिहासको संयोग हो । माक्र्सले भनेझैं पहिलो सुखद घटनाका रुपमा त दोश्रो प्रहसनका रुपमा । (हामीले यो टिप्पणी एभरेष्ट दैनिक डट कमबाट साभार गरेका हौं ।)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies