Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

अनुहारमा सँधै चमक ल्याउन यसरी बनाउनुुस घरायसी प्याक

काठमाडौं, १३ माघ । अनुहार फुस्रो हुने, चाया आउने, फुट्नेजस्ता समस्याले आम व्यक्तिलाई सताउने गर्छ । यस्तो समस्याको सिकार महिला तथा पुरुष दुवै हुने गरेको पाइन्छ । तर, खास तनावमा महिला नै हुन्छन् । छालालाई पर्याप्त पोषण दिने, अनुहारको फोहोर हटाउनेजस्ता काम गर्दा चाया हटेर चमक आउँछ । ब्युटिसियन हेनसन शाक्यले अनुहारको स्वास्थ्यका लागि केही घरायसी प्याक बनाउने र लगाउने तरिका सिकाएकी छिन्ः प्याक १ सामग्री एक चम्चा काँचो दूध । आधा चम्चा कागतीको रस । आधा चम्चा गोलभेँडाको रस । थोरै पाउरोटीको सेतो भाग । बनाउने विधि दूध, कागती र गोलभेँडाको रस आपसमा मिसाएर घोल्नुहोस् । यसमा आवश्यकताअनुसार थोरै पाउरोटीको सेतो भाग मिसाएर पेस्ट तयार गर्नुहोस् । पाँच मिनेटमै प्याक अनुहारमा लगाउन तयार हुन्छ । लगाउने तरिका रातिको समयमा प्याक लगाउनु उत्तम हुन्छ । प्याक लगाएर २० मिनेटपछि चिसो पानीले अनुहार हल्कासँग पखाल्नुहोस् । यो प्याक नियमित प्रयोग गर्दा अनुहारको चाया, डेड सेललगायत सबै फोहोर हट्छ । अनुहारमा चमक ल्याउँछ । प्याक २ सामग्री दुई–तीन पत्ता कालो तुलसी । तीन–चार थोपा कागतीको रस । दुई थोपा मह । बनाउने विधि तुलसीको पातलाई राम्रोसँग पिस्नुहोस् । यसमा मह र कागतीको रस मिसाएर पेस्ट तयार पार्नुहोस् । लगाउने तरिका प्याक बनाएपछि राति सुत्नुअघि पूरै अनुहारमा लगाउनुहोस् । समस्या भएको स्थानमा केही बढी लगाउन सकिन्छ । बढीमा आधा घन्टा अनुहारमा राखेपछि चिसो पानीले भिजाउँदै प्याक सफा गर्नुहोस् । हरेक दिन यो प्याक प्रयोग गर्दा अनुहारको अनावश्यक फोहोर हटेर चमक आउन थाल्छ । प्याक ३ सामग्री ठूलो एक चम्चा मुंग दालको पाउडर । सानो एक चम्चा दही । एक–एक चम्चा अन्डाको सेतो र पहेँलो भाग । आधा चम्चा मह । एक चिम्टी बेसार । आधा भाग कागतीको रस । बनाउने विधि सबै सामग्रीलाई एउटा भाँडोमा राखेर राम्रोसँग फिट्नुहोस् र प्याक तयार पार्नुहोस् । लगाउने तरिका प्याकलाई अनुहारमा लगाउनुहोस् र हल्का मसाज गरेर आधा घन्टासम्म छाडिदिनुहोस् । आधा घन्टापछि चिसो पानीले हल्का भिजाउँदै पखाल्नुहोस् । बेसारको मिश्रणमा बनेको यो प्याक नियमित लगाउँदा खासगरी चायापीडितलाई निकै राहत मिल्छ । नयाँपत्रिका बाट
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies