Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

आईजीको लापरवाहीले मिसनमै समस्या

\"\"काठमाडौ, ११ माघ । नेपाल प्रहरीको मिसन सधैं विवादमा आउने गरेको छ । प्रहरीले खरिद गर्ने समान समयमै नपुग्ने र ती सामानमा घोटला हुने यी दुई कारणले प्रहरीलाई सधैं टाउको दुखाईएको विषय बन्दै आएको कसैबाट छिपेको छैन । नेपाल प्रहरीको सुडान र हाइटीस्थित एफपियू मिसनका लागि यस्तै–यस्तै लफडा पर्ने गरेको छ । अहिले पनि समयमै सामान नपुग्नु र पुगको समयमै सामान खरिद नहुनुले समस्या थपिएको स्रोतको दाबी छ । कल्याणकारी कोष मार्फत् खरिद गरिने सामानमा समयमै टेण्डरमा नहुँदा र टेण्डर भएपछि पनि समयमै सामान नपुग्दा मिसन टोली पुगीसक्दा पनि सामानको अत्तोपत्तो छैन । आगामी १० माघ अर्थात् दुई दिन अघि हिँडेको एउटा टोली सुडान पुगिसक्दा पनि सामान त्यहाँ पुग्न सकेको छैन ।
समयमै सामान पुर्याउन नसकेका खण्डमा संयुक्तराष्ट्र संघले दिने रकम काटिदिने छ भने, विश्वव्यापीरूपमै नेपाल प्रहरी नेतृत्व तहको बेइज्जतसमेत भएको छ ।
कम्तीमा ४ दिन अघि पुग्नुपर्ने सामान एक हप्तापछि मात्रै सुडान मिसन पुग्ने भएको छ । मिसन पुगेका प्रहरी कर्मचारीहरूले नेपाली सेनासँग आवश्यक सामान लिएर चार पाच दिनसम्म चलाउनुपर्ने अवस्था समेत आएको स्रोतले जनाएको छ । सामान समयमा खरिद प्रक्रिया नगरेका कारण यो समस्या आई परेको हो । समयमै सामान पु¥याउन नसकेका खण्डमा संयुक्त राष्ट्र संघले दिने रकम काटिदिने छ भने, विश्वव्यापीरूपमा नै नेपाल प्रहरी नेतृत्व तहको बेइज्जतसमेत भएको छ । संयुक्त राष्ट्र संघको मिसनका लागि खरिद गरिने आवश्यक सामान हो । प्रहरी कल्याणकोषले गतमंसिर १२ गते टेण्डर खोलेको थियो भने त्यसको एक महिनाअघि टेण्डरको सूचना प्रकाशित गरेको थियो । टेण्डर खुले पनि कोषका प्रमुख एसएसपी लव विष्ट डिआइजी बढुवामा नपरेपछि बिदामा बसेका कारण टेण्डर प्रक्रिया लम्बिएको थियो । मंसिर २० गतेभित्र ठेक्का पाउने कम्पनीहरूलाई कार्यादेश दिइसक्नुपर्ने थियो, तर दिएन । २५ दिनभित्र सामान बुझाउनुपर्ने सर्तमा कार्यादेश दिनुपर्नेमा दिएन । जेनेटरको ठेक्का पाउने कम्पनीले ५ दिन बढी समय मागेपछि, औषधिको ठेक्का पाउनेले उत्पादन गर्ने कम्पनीको नाम नलेखेको र गाडीका पार्टपूर्जा सप्लाई गर्ने कम्पनीले कम्पनीको आवश्यक काजगात नपुगेको भन्दै कल्याण कोषले टेण्डर रद्द गरेपछि निकै ढिला भएको हो । सामान त जसरी पनि आवश्यक पर्ने भन्दै कल्याणकारी कोषले गरेको वैकल्पिक व्यवस्था पनि सहज प्रभावकारी बन्न सकेन । त्यसमाथि मिसनको टोली जाने दिन पनि सामान बल्ल पठाइएको थियो । वैकल्पिक व्यवस्थाका कारण कल्याण कोषले १५ दिने टेण्डरको सूचना पुनः प्रकाशित ग¥यो । सो १५ दिनको अन्तिम मिति पुस २९ गतेसम्म रहेको थियो । १ माघबाट समान खरिद गरेर पठाउदा मिसनको टोली पुगेको एक हप्तामा मात्रै सामान पुग्ने भएको हो । टेण्डर स्वीकृत गरी ठेक्का पाउने कम्पनीले छोटो दिनमा कसरी सामान दिन कठिन भएको जनाएको थियो । ४÷५ दिनमा सामान दिनु पर्यो भन्दै ठेकेदारले कल्याणसँग बढी पैसा मागेको पनि स्रोतले जनाएको छ । आवश्यक सामान भारतबाट उत्पादन गर्न अर्डर दिएर उतैबाट पठाएको थियो भने केही नेपाल र केही कोरिया तथा चीनमा खरिद गरेर पठाउँदा पोर्टसम्म धेरै खर्च लागेको भन्दै ठेकेदार कम्पनीले कल्याणकारी कोषसँग बढी पैसा मागेको स्रोतको दावी छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies