Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

लिंग परिवर्तन गर्ने ग्वेन भन्छिन, केटा भएर बाँच्न घृणा लाग्यो त्यसैले केटी भए

एजेन्सी । जन्मिँदा केटाको रुपमा जन्मिएकी थिइन उनी तर समयक्रमसँग केटाको पुरुषाङ्ग असहज हुन थाल्यो उनलाई । ‘आफु केटा भएर जन्मिएकोमा उनी आफैलाई घृणा लाग्ने गर्दथ्यो । यसरी आफैदेखि दिक्क भएर कतिन्जेल बाँच्नु भन्ठानेर सबै कुरा चेन्ज गरे अहिले केटीको रुपमा नयाँ जिन्दगी पाउँदा खुसी छु ’ अमेरिकाको पेन्सिलभेनियाकी २४ वर्षीय ग्वेन भन्छिन् । ग्वेनले २२ वर्षको उमेरमा हर्मोन थेरापी गरिन, अरु उपचार पनि चलाइन् र अन्ततः बनिन महिला । ‘रेडडिट’ नामक वेबसाइटमा दुई हजार बढीले उनलाई कैयन् प्रश्न सोधेका छन्– महिलादेखि पुरुष बन्ने उनको यो यात्राका बारेमा । जिज्ञासाहरुको उत्तर दिँदै ग्वेनले आफ्नो कथा अगाडि बढाइन । ग्वेन भन्छिन, “धेरै मानिसलाई ट्रान्स–सेक्सुअल हुनु भनेको के हो भन्ने थाहा छैन । अरुलाई अप्ठ्यारो लाग्ला भनेर कसैले सोध्दैनन् पनि” यही कुरा देखेर आफूले यसबारेमा सम्पूर्ण जानकारी दिन खोजेको उनले बताईन् । विविसी मिडियाले ग्वेनलाई ५ वटा प्रश्न सोधेको थियो । तपाइको मनमा महिला बन्ने चाहना कहिलेदेखि आयो ? पाँच वर्षको छँदा महिला भएको सपना देखेको ग्वेन बताउँछिन् । “म औधी खुशी भएँ । तर यो सपना अनौठो थियो । म बच्चा थिएँ र मलाई सबैले बच्चाजस्तै व्यवहार गर्थे पनि । मेरो सपना पुरा हुने अवस्था थिएन । एक मनले त आत्महत्या गरुँ भन्ने लाग्यो । मरेको भए पक्कैपनि अर्को जुनीमा केटी जस्तै देखिन्थे होलाँ भन्ने सोचेँ” उनले भनिन् । के मानिसहरु तपाईसँग पनि अरुसँग जस्तै व्यवहार गर्छन् ? मैले आफ्नो शरीरलाई महिलाजस्तो बनाएपनि मलाई लाग्थ्यो, म पुरुष हुँ । त्यसो त मानिसहरुको व्यवहार मित्रवत नै थियो । तर पनि उनीहरु मसँग भित्रैदेखि जोडिन सकेका थिएनन् । एकपटक एकजना महिलासँग ठोक्किन पुग्दा उनले समेत असहज अनुभूति गरिन । तर मेरा महिला मित्रहरुलाई भने मेरो अहिलेको स्वरुपसँग कुनै गुनासो छैन । तपाईको केटी साथीसँग कस्तो व्यवहार हुन्छ ? मेरो एकजना केटी साथी पनि छिन् । मेरो शरीरमा भएको परिवर्तनलाई लिएर उनले कहिल्यै अप्ठ्यारो अनुभूति गरिनन् । अहिले म उनीसँग सेक्सको झनै आनन्द लिइरहेकी छु । अहिले पनि मैले आफ्नो पुरुष अङ्गको प्रयोग गर्न सक्छु तर यसको प्रयोग नगर्ने कोशिस भने गरिरहन्छु । यदि म र मेरो केटीसाथी सँगै बस्यौं र बच्चा चाह्यौ भने के होला भन्ने प्रश्न मेरो मनमा पनि उठ्छ । अहिले त म यही रुपमा बस्छु तर बच्चा पाएपछि सर्जरी गरेर महिला अंगहरु हटाउँछु कि ? तपाईले हार्मोन थेरापी लिनुभएपछि त्यसले कस्तो किसिमको फरकपन ल्याइदियो ? हर्मौनको प्रयोगपछि उनको शरीरिक स्वरुपमा निकै परिवर्तन आएको उनी बताउँछिन् । उनी भन्छिन्, ‘हर्मोनोका कारण कपाल बढ्यो, शरीरमा बोसोको जमात अलग तरिकाले हुन थाल्यो । छातीमा बोसोका डल्लाहरु हुन थाले । अनि मांशपेसी तथा हड्डीको बनावट पनि फरक किसिमको भयो । कम्मरपछाडीको हड्डी पनि बढ्न थाल्यो । मेरो उचाई पनि केही कम भयो ।’ उनले थपिन्, जब परिवर्तनको समय थियो त्यो समयमा मलाई केही अप्ठ्यारो महशुस हुन्थ्यो । तर अहिले म पुरै परिवर्तन भैसके । म पूर्ण रुपमा महिला भइसके । त्यसैले मानिसहरु मसँग कस्तो व्यवहार गर्ने भन्नेबारे भने एकछिन सोच्छन् । तपाई साच्चै नै केटी मान्छे हो भन्ने तपाईलाई कहिले लाग्यो ? उनी भन्छिन्, ‘एक समय जब म रेलमा कही जाँदै थिए, कोही केटा मतिर आकर्षित भइरहेको थियो । म एकछिन त स्तभ्ध नै भए । मलाई अचम्म लाग्यो, मनमा खुसी पनि लाग्यो, मलाई अपरिचितले महिला सम्झियो भनेर । अनि म आत्तिए । असहज महशुस भयो ।’ तपाईको घर परिवार तथा नातेदलारहरुलाई आफ्नो बारेमा बताउँदा उनीहरुको प्रतिक्रिया कस्तो रह्यो ? एक जना काकाले मसँग कुरा गर्न नै छोड्नुभयो । अरु नातेदारहरुले भने मलाई स्वीकार गरेका छन् । आमालाई भने मेरो धेरै नयाँ कुराको बारेमा बुझ्नु पर्छ । तर अब हामी एक अर्काको नजिक छौं । बीबीसीबाट 
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies