Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

बौद्धको तिमाल जात्रालाई राष्ट्रिय पर्व बनाउन माग

\"\" काठमाडौँ, ७ माघ । चैत शुक्ल पूर्णिमाका दिनमा बौद्धमा मनाइने तिमाल जात्रालाई राष्ट्रिय पर्वका रुपमा मनाउन बौद्धवासीले माग गरेका छन् । काठमाडौँ क्षेत्र नं ३ बाट निर्वाचित सांसद रामेश्वर फुयाँलले बौद्धमा आयोजना गरेको तिमाल जात्रासम्बन्धी छलफल कार्यक्रममा स्थानीयवासीले यस्तो माग गरेका हुन् । “माघ १ गते तारेभीरमा महोत्सव, फागुन ७ गते कागेश्वरीमा महोत्सव र वैशाख १ गते मणिचुडमा मेलाको आयोजना गरी यस क्षेत्रका पर्यटकीय स्थलको प्रचारप्रसार गर्दै आएका छौँ, यसलाई अझ विस्तार गर्ने उद्देश्यले छलफल कार्यक्रम आयोजना गरिएको हो”–उनले भने । छलफलमा काठमाडौँ महानगरपालिका–६ का पूर्व वडा अध्यक्ष नेपालजीत लामाले बौद्ध स्तुपलाई गोकर्णस्थित राष्ट्रिय सहिद स्मारक, गोकर्णेश्वर महादेव मन्दिर, कागेश्वरी र मणिचुडलगायत स्थानसँग जोडेर प्रचारप्रसार गरी आन्तरिक पर्यटन प्रवद्र्धन गराउन सरकारीस्तरबाट विशेष कार्यक्रम ल्याउन पहल गर्न सांसद फुयाँलसँग माग गरेका थिए । चैतमा उपत्यका वरपरका काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ र रसुवालगायतका जिल्लाका तामाङ समुदायका मानिसले दिवङ्गत पितृको स्मृतिमा रातभर बत्ती बाली मुक्तिको कामना गर्नेगर्छन् । भोलिपल्ट बालाजु बाइस धारामा स्नान गरी नागार्जुनको जामाचोमा बत्ती बाल्ने र त्यसको भोलिपल्ट स्वयम्भूमा बत्ती बालेपछि यो जात्रा समाप्त हुन्छ । यो परम्परा प्राचीन तिमालका राजाले चलाएको सम्झनामा यसलाई तिमाल जात्रा भनिन्छ । जात्रामा तिमालका स्थानीयवासीको विशेष उपस्थिति हुन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies