Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

विप्लब माओवादीको कारवाहिको सूचीमा सरकारीदेखि गैरसरकारी संस्थासम्म

[caption id=\"attachment_113696\" align=\"alignnone\" width=\"750\"] नवनिर्वाचित सेक्रेटरी हिमाल मन्तव्य राख्दै[/caption] सिन्धुपाल्चोक, ७ माघ । गाउँ–गाउँमा जनसरकार सत्ता सञ्चालन गरेका नेत्र विक्रम चन्द नेतृत्वको नेकपा (माओवादी) सिन्धुपाल्चोकको पाँच औं जिल्ला सम्मेलन सकिएको छ । जिल्लाको मेलम्चीमा भएको सम्मेलनले चिरन तामाङ ‘हिमाल’को नेतृत्वमा २५ सदस्यीय कार्यसमिति चयन गरेको छ । बैज्ञानिक समाजवाद स्थापना र दलाल संसदीय व्यवस्थाको निर्णायक अान्दोलन, एकिकृत जनक्रान्तिको पक्षमा एेतिहासिक सिन्धुपाल्चोकको ५ औं जिल्ला सम्मेलन भन्ने मूल नाराका साथ सम्मेलन सकिएको थियो । फागुन १ गते हुने महाधिवेशनको लागि माअोवादीले गाउँ गाउँमा अधिबेशन धुमधामका साथ गरिरहेको छ । पार्टीका पोलिटब्युरो सदस्य रणबहादुर बमको प्रमुख आतिथ्यमा सम्मेलन भएको थियो । सेक्रेटरी हिमालका अनुसार यसअघि उक्त पार्टीले जिल्लाको चौतारा, बाह्रविसे, मेलम्ची र जलविरेलगायत ठाउँमा कार्यक्रम गरेको थियो । जनतालाई दुःख दिएर झुलाउने, घुस लिने, भूकम्प पीडितको नाममा करोडौं कुम्ल्याउने जिल्लाका संघसंस्थाहरुको पनि कारवाहिको लागि सूचि तयार गरेको बताइएको छ । उनीहरुलाई चाँडै कारवाहि गर्ने बताइएको छ । अबको अाफ्नो कार्यकालबारे हिमाल यसरी बताए । जनतालाई दुःख दिने सरकारी र गैरसरकारी संस्थालाई नछाड्ने योसंगै जिल्लामा रहेका भष्ट्र सरकारी कर्मचारी र भूकम्प पीडितहरुलाई झन पीडित बनाइरहेका गैरसरकारी संस्थाहरुलाई नछाड्ने सेक्रेटरी हिमालले खबरडबलीलाई बताएका छन् । जिल्लाका विकासे अड्डाहरुलाई जनतालाई दुःख दिइरहेको बताउँदै हिमालले खबरडबलीसंग भने ‘अब दुःख र सास्ती दिएका जिल्लाका सरकारी र गैरसकारी संस्थालाई ठेगान लगाइदिने चेतावनी दिए ।’ यसअघि जिल्ला कार्यक्रम सञ्चालन गरिरहेको अन्तराष्ट्रिय संस्था सेभ चिल्ड्रेनको गाडी उक्त पार्टीले पेट्रोल बम प्रहार गरेको थियो । भूकम्प पीडितको राहतमा अनियमितता गरेको भन्दै कारबाहि गरेको बताएको थियो । [caption id=\"attachment_113697\" align=\"alignnone\" width=\"750\"] नवनिर्वाचित जिल्ला कार्यसमिति[/caption] प्रभावितलाई लेबी नदिए राम्रो नहुने त्यस्तै नवनिर्वाचित सेक्रेटरी हिमालका अनुसार बहुचर्चित मेलम्ची खानेपानी आयोजनाले प्रभावित स्थानीयहरुलाई राज्यले अनिर्वाय रुपमा लेबी दिनुपर्ने बताएका छन् । लेबी नदिएर पानी लैजानु भनेको प्रभावित स्थानीयलार्इ अन्याय गर्नु हो उनले भने । अबैधानिक क्रसरमाथि निगरानी सिन्धुपाल्चोकमा सञ्चालित अबैधानिक क्रसरहरुको सूचि तयार पनि गरेको बताएका छन् । अबैध रुपमा सञ्चालन गरेर नदि नाला दोहन गरिरहेको क्रसहरुलाई पनि कारवाहिको सूचिमा राखेको हिमालले खबरडबलीलाई बताएका छन् । त्यस्तै सडक वरपरका घरहरु मुआब्जा नदिई भत्काए कडा कारवाहि गर्नेपनि बताएका छन् ।

aplly description here...

नेकपाको सात वटै प्रदेश कमिटीमा को–को परे ? (नामसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले प्रदेश सदस्यहरुको नामावली टुंङग्याएको छ । नेकपाले मंसिर १२ गते नै कमिटीलाई पूर्णता दिएको दाबी गरेको छ ।...

मध्यभोटेकोशी फेरि २ बर्ष धकेलिँदै, २ अर्ब लागत बढ्ने (भिडियो)

सिन्धुपाल्चोक । १०२ मेगावाटको निर्माणधिन मध्यभोटेकोशी जलविद्युत आयोजना तोकिएको समयमै नसकिने भएको छ । सिन्धुपाल्चोकको चाकुमा निर्माणधिन भोटेकोशी आयोजना...

८२ बर्षिय वृद्धः जसको एउटा रोग नुहाएर निको भएपछि अर्को रोग निको पार्न तातोपानीमा (भिडियो)

सिन्धुपाल्चोक । नुवाकोटका ८२ बर्षिय यदुकुमार अधिकारी ४० बर्षदेखि कम्मर दुख्ने रोगबाट मुक्त छन् । सानै उमेरदेखि कम्मर दुख्ने रोग भएपछि उनले डाक्टरदेखि ...

के माधव नेपालले अोली सरकार ढाल्दैछन् ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेको केपी शर्मा ओली यतिबेला देश बाहिर छन् । अध्...

पूर्वमाओवादीलाई प्रदेशमा नेकपाको पद-नखाउँ भने बर्ष दिनको सिकार खाउँ भने...

काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को आज बसेको सचिवालय बैठकले सात वटै प्रदेशमा नेतृत्व चयन गरेको छ । जसमा प्रदेश इन्चार्ज, अध्यक्ष र सचिव पद...

नेकपासँग फोरम र नयाँ शक्ति एकताको छलफलमा

काठमाडाैं । डा. बाबुराम भट्टरार्इ नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)सँग एकता...

प्रदेश-२ः नेकपा र फोरमबीच सरकार गठन तयारी, मुख्यमन्त्री राउतको पद धरापमा !

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम केन्द्रीय सरकारमा जाने नेपाल कम्युनिष्ट पार्टीसँग सहमति गरेसँगै प्रदेश नम्बर २ को सरकारमा के हु...

अड्किएको एकता गाँठोः मोदी फर्किएलगत्तै ३१ गते साँझ बालुवाटारमा यसरी फुक्यो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणबाट फर्किएलगत्तै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्...

पनौतीमा ‘बालबाल’ले बाँचेका शरद बने सामाजिक मन्त्री

काठमाडौं । २०३९ साल फागुन ७ गते सिन्धुपाल्चोकको तत्कालिन सानोसिरुवारी गाविस पौवा (हाल चौतारा साँगाचोकगढी नगरपालिका–७)मा जन्मिएका हुन उनी अर्थात ‘शरद’ ...

चार मन्त्रीका तीन थरि ड्रेसअपः कोहिको दौरा सुरुवाल, कोहिको ज्वारीकोटमाथि मफलर !

काठमाडौं । आजै चार जना मन्त्रीको सपथ हुने सूचना बिहान बाहिरिएको थियो । शुरुमा सरकारलाई आजै पूर्णता दिने बिषयमा छलफल भएको थियो । तर उपेन्द्र यादव नेतृत...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies