Ntc summer Offer
Khabar Dabali ४ बैशाख २०८१ मंगलवार | 16th April, 2024 Tue
NIMB

जैविक विविधता संरक्षण गर्नु सबैको दायित्व– प्रधानमन्त्री प्रचण्ड

\"\"काठमाडौँ, ७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पृथ्वीको जैविक विविधताको संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताएका छन् । हिउँ चितुवा र पारिस्थितिकीय प्रणाली संरक्षण कार्यक्रम ९जिएसएलइपी० को सञ्चालक समितिको दोस्रो बैठकको शुक्रबार राजधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रिय समुदायले वातावरणसँग सम्बन्धित बहुपक्षीय सम्झौतामार्फत हातेमालो गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिए । जैविक विविधता संरक्षणका लागि नेपालले राष्ट्रिय जैविक विविधता रणनीति तयार गरी यसको कार्ययोजना ९सन् २०१४–२०२०० लागू गरेको अवगत गराउँदै उहाँले भन्नुभयो, “लोपोन्मुख अवस्थामा रहेको हिउँ चितुवा नेपालमा संरक्षणको प्राथमिकतामा छ ।” प्रधानमन्त्री दाहालले नेपालमा हिउँ चितुवा पाइने क्षेत्र प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताले भरिएको अवगत गराउँदै दक्षिण एसियाको केन्द्रमा रहेको हिमालय तल्लोतटीय क्षेत्रका लाखांै मानिसको पिउने पानीको मुख्य स्रोत पनि भएको बताए । प्रधानमन्त्री दाहालले यो उच्चस्तरीय बैठकबाट एकीकृत रुपमा हिमालको पारिस्थितिकीय प्रणाली संरक्षणको दिशामा उपयोगी हुने र त्यस क्षेत्रका जनताको दिगो जीविकोपार्जनका लागि महत्वपूर्ण सुझाव प्राप्त हुने विश्वास व्यक्त गरे । हिउँ चितुवाको संरक्षणमा प्राकृतिक बासस्थानको विनाश, जलवायु परिवर्तनका असर, चोरी सिकारी, मानव र वन्यजन्तुबीच हुने द्वन्द्वलगायतका चुनौती रहेको बताउँदै उहाँले भन्नुभयो, “विश्वमा केही हजारको सङ्ख्यामा मात्र हिउँ चितुवा रहेको अवस्थामा यसको सङ्ख्यालाई पुनः कायम गर्नु हामी सबैको दायित्व हो ।” हिउँ चितुवा संरक्षणका लागि नेपाल पूर्ण प्रतिबद्ध रहेको जनाउँदै उनले यसका लागि अन्तर्राष्ट्रियस्तरमा बलियो एवम् दिगो राजनीतिक प्रतिबद्धता र आथिर्क स्रोतको खाँचो रहको औल्याए । कार्यक्रममा वन तथा भू–संरक्षणमन्त्री शङ्कर भण्डारीले नेपाल जैविक विविधताले भरिपूर्ण रहेको बताउँदै वातावरण संरक्षणका लागि मुलुकको कुल भू–भागको २३ प्रतिशत संरक्षित क्षेत्र छुट्याएको अवगत गराए । मन्त्री भण्डारीले नेपालले अन्तर्राष्ट्रियस्तरमा गरेको प्रतिबद्धताअनुसार सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर गर्ने दिशामा सफलता हासिल गर्दै अघि बढेको जानकारी गराए । ‘ग्लोबल टाइगर इनिसेटिभ काउन्सिल’का सदस्यसमेत रहनुभएका आपूर्ति मन्त्री दीपक बोहराले हिउँ चितुवाको संरक्षणका लागि अन्तर्राष्टिय रुपमा भएका गरेको सफल कार्यका सूचना र ज्ञानको आदानप्रदान हुनुका साथै जिएसएलइपी सचिवालयले सञ्जाल बनाई प्रभावकारी रुपमा काम गर्नुपर्ने सुझाव दिए । कार्यक्रममा पाकिस्तानका मन्त्री एवम् जिएसएलइपीका अध्यक्ष जहिद हमिदले जलवायु परिवर्तनका असर र चोरी सिकारीका कारण हिउँ चितुवा संरक्षणमा चुनौती थपिएको उल्लेख गरे । कार्यक्रममा जिएसएलइपीका सल्लाहकार तथा ‘ग्लोबल टाइगर इनिसेटिभ काउन्सिल’का प्रमुख कार्यकारी अधिकृत केशव बर्मा, किर्गिजिस्तानका मन्त्री एवम् जिएसएलइपीका सहअध्यक्ष अब्द्याकल्यक रुस्तमोभ, वन मन्त्रालयका निमित्त सचिव डा पेमनारायण कँडेलले पारिस्थितिकीय प्रणालीको महत्वपूर्ण हिस्साका रुपमा रहेको हिउँ चितुवा संरक्षणमा स्थानीय सहभागिताका साथै अन्तर्राष्ट्रिय साझेदारी आवश्यक रहेकोमा जोड दिए । यसअघि काठमाडौँमा यही माघ ४ र ५ गते दुई दिनसम्म भएको ९जिएसएलइपी तथा सर्वेक्षण कार्यशालामा हिउँ चितुवा संरक्षणमा विश्वव्यापी रूपमा भएका प्रयास र प्रगतिका बारेमा छलफल भएको थियो । विश्वमा हिउँ चितुवा नेपालका साथै अफगानिस्तान, भुटान, चीन, काजकिस्तान, किर्गिजिस्तान, भारत, मङ्गोलिया, रसिया, पाकिस्तान, ताजकिस्तान र उज्वेकिस्तानमा पाइन्छ । जिएसएलइपी हिउँ चितुवा पाइने १२ वटा देशका नागरिक समाज, अन्तर्राष्ट्रिय तथा निजी सङ्घ संस्थाको संयुक्त प्रयास हो । यसको प्रमुख उद्देश्य हिउँ चितुवालाई आफ्नो प्राकृतिक बासस्थानमा जोगाइ राख्नु हो । समितिले सन् २०१७ को मध्यतिर किर्गिजिस्तानका राष्ट्रपति अल्माज्बेक अताम्बाएभको नेतृत्वमा हुने हिउँ चितुवासम्बन्धी शिखर सम्मेलन र हरित लगानी मञ्चका लागि एजेन्डा तयार पार्नेछ । हिउँ चितुवा नेपालमा करिब ३०० देखि ५०० र विश्वमा करिब तीन हजार ५०० देखि सात हजारको सङ्ख्यामा रहेको अनुमान छ । बिरालो प्रजातिका हिउँ चितुवाले आफ्नो लामो पुच्छरले शरिरलाई सन्तुलन गर्छ । सबै देशबाट आएका उच्चस्तरीय सरकारी प्रतिनिधि, विज्ञ, साझेदार र सहयोगी संस्थाका प्रतिनिधि अनुसन्धानकर्ताको बृहत् छलफलपछि आजै हिउँ चितुवा संरक्षणका प्रभावकारी कदमसहितको काठमाडौँ घोषणापत्र जारी हुनेछ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies