Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

रोल्पामा उत्पादित सुगन्धित तेल युरोप, अमेरिकासम्म पुग्याे

\"\"लिबाङ (रोल्पा), ७ माघ। रोल्पामा उत्पादन तथा प्रसोधन गरी तयार गरिएको सुगन्धित तेल भारत, युरोप हुँदै अमेरिकासम्म पुग्ने गरेको छ । यसबारेको जानकारी आईडीई नेपाल, जडिबुटी तथा सुगन्धित तेल कार्यक्रमका कार्यक्रम अधिकृत विजय श्रेष्ठले जानकारी दिए । उनका अनुसार कृषि उत्पादकत्व वृद्धि तथा व्यवसायीकरण परियोजनाले रोल्पा जिल्लाको मिझिङ गाविसमा करिब अढाइ वर्ष पहिलेदेखि क्यामोमिल, मेन्था, सिट्रोनिला, पामारौजालगायतका सुगन्धित तेलको उत्पादन गर्दै आएको भएपनि दुई वर्षदेखि जडिबुटी प्रसोधन गरी तेल निकाल्न सुरु गरेकोे हो । यसरी जिल्लामा उत्पादित तथा प्रसोधित सुगन्धित तेल तथा अन्य जडिबुटी नेपालगन्ज र काठमाडौँका ब्यापारीले खरिद गर्दै आएकोमा पछिल्ला दिनमा सिधै भारत, युरोप र अमेरिका निर्यात हुन थालेको श्रेष्ठको भनाइ छ । मिझिङ गाविसका किसानहरुले विभिन्न सामुदायिक वनहरु तथा बाँझो जमिनबाट तीतेपाती सङ्कलन गरी सुनाछहरी जडिबुटी प्रसोधन केन्द्रमा प्रसोधन गरी सुगन्धित तेल उत्पादन तथा बजारीकरण गर्दै आएका छन् । हाल टिमुरबाट पनि सुगन्धित तेल निकाल्नका लागि तयारी भइरहेको छ । श्रेष्ठका अनुसार जडिबुटी खेती तथा प्रसोधनबाट हालसम्म मिझिङ गाविसका १०७ घरधुरी लाभान्वित भएका छन् । यसरी जडिबुटी उत्पादन तथा प्रसोधनका लागि सामुदायिक वनमा आबद्ध भएका ब्यक्तिहरु, थोरै भएपनि खेतीयोग्य जमिन भएका परिवारहरु, सामुदायिक वनका ‘ग’ वर्गका उपभोक्ताहरु तथा सिँचाइको सुविधायुक्त जमिन हुने घरधुरीलाई प्राथमिकतामा राखिएको छ । मिझिङ–७, छिर्नेमा करिब पाँचलाख मूल्य बराबरको मेसिन राखिएको भएपनि व्यवस्थित हुन नसकेपछि हाल मेसिन सुलिचौर–१ रुइनिबाङमा पुनःस्थापना गरिएको छ । डिस्टिलेसन युनिटबाट जडिबुटी प्रसोधन गरी सुगन्धित तेल निकालिन्छ । हाल समूदायको मातहतमा रहेको जडिबुटी प्रसोधन केन्द्रलाई निकट भविष्यमा स्थानीय जडिबुटी व्यापारीद्वारा व्यवस्थापन गर्ने बताइएको छ । यसरी व्यवस्थापन भइसकेपछि ती व्यापारीले समुदायबाट कच्चा जडिबुटीहरु, तीतेपाती र सिट्रोनेला खरिद गरी प्रसोधन गर्नेछन् । यसरी अगाडि बढ्दा जडिबुटीका कृषकहरुलाई बजारीकरणमा सहजता हुनुका साथै जडिबुटीको उचित व्यवस्थापन हुने परियोजनाले जनाएको छ । औषधिको रुपमा, सृङ्गारका सामग्री निर्माण गर्न तथा सरसफाइका सामग्रीहरु बनाउनका लागि यी तेलहरु प्रयोग गर्ने गरिन्छ । मिझिङ–६ छिर्ने, रोल्पाका रुपलाल महराका अनुसार मेन्थाबाट सोचेअनुसार आम्दानी हुन सकिरहेको छैन तर तीतेपातीबाट मनग्य आम्दानी हुँदै आएको छ । यस्तै, मिझिङ–९ रोल्पाका गोवद्र्धन महराका अनुसार खेर गइरहेको तीतेपातीबाट सोचेभन्दा बढी आम्दानी भएपछि उहाँको दैनिकी नै फेरिन थालेको छ । वन जङ्गलमा खेर गइरहेको जडिबुटी सङ्कलन गरी बजारीकरण गर्न पाउँदा फुर्सदको समयको सदुपयोग पनि हुने र दैनिक खर्च चलाउनका लागि आम्दानी पनि हुने भएपछि हर्षित भएका किसानहरुलाई यो कार्यक्रम २०७३ फागुनसम्म मात्र रोल्पा जिल्लामा सञ्चालन हुने जानकारी भएपछि भने चिन्तित बन्दै गएका छन् । हाल दाङ, बाँके र रोल्पा जिल्लामा सञ्चालनमा रहेको कार्यक्रमको रोल्पा जिल्लामा समयावधी थप गर्नुपर्ने सम्वन्धित जडिबुटी खेतीमा आबद्ध किसानहरुको माग छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies