Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

बाटो बनाउने म, जस पाउने बाबुराम !

[caption id=\"attachment_109172\" align=\"alignleft\" width=\"308\"] टोपबहादुर रायमाझी[/caption] भनिन्छ, एउटा घर बनाउनको लागि सुरुमा जग हाल्नुपर्छ । जग हालेपछि मात्र घर बनाउन सकिन्छ । ताकि घरको तला थप्न पनि सकिन्छ । जग बलियो भयो भने मात्र घर बलियो हुन्छ । मैले उर्जा मन्त्रालय सम्हाल्ने मौका पाएको थिएँ । त्यसैताका लोडसेडिङ हटाउनुपर्छ भन्ने लागेर एउटा ‘मास्टर प्लान’ बनाएका थियौं । हामीले लोडसेडिङ मुक्त गर्नका लागि सुरुवात मात्र गरेनौं ‘मास्टर प्लान’ सहित लागि प¥यौं । अहिले हाम्रै पार्टीका नेता जनार्दन शर्मा ‘प्रभाकर’ले ऊर्जा मन्त्रालय सम्हालेर त्यतिबेलाको हाम्रो ‘मास्टर प्लान’लाई सार्थकता दिनुभएको छ । यो सकारात्मक काम हो । यदि हामीले त्यो ‘मास्टर प्लान’ बनाउन नसकेको भए आज लोडसेडिङ हटाउन गाह्रै थियो । उहाँहरु प्लान बनाउन लाग्नुपर्दथ्यो । समय अलि धेरै नै लाग्थ्यो । सबै ढुक्क भए हुन्छ, रातारात लोडसेडिङमुक्त भएको होइन, यदि हामीले त्यो ‘मास्टर प्लान’ नबनाएको लोडसेडिङ हट्नु एकादेशको कथा जस्तै हुने थियो ।
एक वर्षमा देशको आधा भाग, दुई वर्षमा देश नै लोडसेडिङमुक्त तथा तीन वर्षमा १० हजार मेगावाट विजुली उत्पादन गर्न सक्छौं भन्ने ‘मास्टर प्लान’ले आज सार्थकता पाएको छ ।
एक वर्षमा देशको आधा भागमा लोडसेडिङमुक्त हुन्छ । दुई वर्षमा देशमै मुक्त हुन्छ अनि ३ बर्षमा १० हजार मेगावाट विजुली उत्पादन गर्न सक्छौं भन्ने ‘मास्टर प्लान’ले आज सार्थकता पाएको छ । अबको केही वर्षभित्रमा हामीले विजुली किन्ने होइन बेच्न सक्छौं । देशमा निर्माणाधिन जति पनि हाइड्रोपावर थिए, नाकाबन्दीको बेलामा पनि हामीले तेलको अभाव हुन नदिएर काम सञ्चालन गरेका थियौं । हामीले जतिसक्दो चाँडो निर्माण गर्नतिर लाग्यौं । हामीले यहि देश र जनताको लागि गरेका थियौं । उत्पादनलाई पनि सँगै लिएर ट्रान्समिटर लाइन पनि मर्मत गर्नतिर लाग्यौं । ढल्केबर, खिम्तिको लाइन करिब दशौं वर्षदेखि अलपत्र थियो, त्यसलाई हामीले ३ महिनामा सम्पन्न गरेका थियौं । मैले त्यसै त्यतिबेला एक वर्षभित्रमा देश लोडसेडिङ मुक्त हुन्छ भनेको थिइन, विभिन्न आधार भएर नै भनेको थिएँ । सडक विस्तारको जस बाबुरामले पाए पूर्व प्रधानमन्त्री तथा तत्कालिन माओवादी नेता डा.बाबुराम भट्टराईले जस पाएका छन् । त्यतिबेला भट्टराई प्रधानमन्त्री हुँदा मैले नै भौतिक मन्त्रालय सम्हाल्ने जिम्मा पाएँको थिए । हामीले सडक विस्तार गर्नुपर्छ भन्ने थियो । कहाँबाट शुरु गर्ने भन्ने एकखाले अन्यौलको स्थिति त छँदै थियो नै । अनि काठमाडौंबाट सडक विस्तार गरेर फराकिलो पार्ने निर्णयमा पुग्यौं ।
देशभर सडक विस्तार गर्नुपर्छ भनेर हामीले ‘मास्टर प्लान’ बनाएका थियौं । तर म नामको पछाडि लागिन । त्यो सडक विस्तार गर्ने बेलामा म भौतिक योजना मन्त्री भएर पनि मैले बाटो फराकिलो बनाएको भन्दै प्रचार गर्ने काम गरेको छैन ।
देशभर सडक विस्तार गर्नुपर्छ भनेर हामीले ‘मास्टर प्लान’ बनाएका थियौं । तर म नामको पछाडि लागिन । त्यो सडक विस्तार गर्ने बेलामा म भौतिक योजना मन्त्री भएर पनि मैले बाटो फराकिलो बनाएको भन्दै प्रचार गर्ने काम गरेको छैन । आखिर सडक फराकिलो बनाउने म थिएँ नाम अर्कैको आइदियो । त्यसमा पनि मैले चित्त दुखाइन । तर प्रायजसो मैले गर्दा नै सडक विस्तार भयो भन्ने अहिले पनि सुनाउँछन् । म आउनु भन्दा अगाडिका मन्त्रीहरुले कसैले पनि आँट गरेनन् वा चाहेनन् । तर मैले सडक विस्तारको सुरुमा बानेश्वरको एभरेष्ट होटलको वालमा डोजर लगाइदिएँ । त्यस्तै लाजिपाटमा सडक विस्तारको क्रममा केहि नेता र स्थानीय सडकमा आएर लम्पसार परे पनि तर मैले एक हजार प्रहरी लगेर त्यो सडक फराकिलो बनाईछाडेँ । मैले योजना पनि बनाएँ अनि कार्यान्वयन पनि गरेँ । मेट्रो रेल कुदाउने योजना हाम्रो पालामा भौतिक मन्त्री हुँदा रेल विभाग गठन गरेको थिएँ । काठमाडौंको मेट्रो रेल कुदाउने योजना हाम्रो पालामा बनेको हो । अब यो विस्तारै लागू पनि हुँदैछ । अनि मेरो ध्यान बागमती र बिष्णुमतीतिर गयो । सधैं नाक थुनेर कति हिडुन जनता पनि भन्ने लाग्यो । बागमती सफाइको अभियान चालउने भन्नेतिर लाग्यौं अनि सुरुवात ग¥यौं । प्रधानमन्त्रीलाई लगेर बागमती सफाईको अभियान चलाएँ । अहिले त्यहाँ मानिसहरु घुम्न जान्छन् । साँझपख बाल–बच्चा लिएर घुमाउन जान्छन् । अहिले त्यहाँ नाक थुनेर बस्नुपर्ने अवस्था त छैनन् । ढिला चाँडो विकास त भयो नै । स्थानीय विकास मन्त्री हुँदा काठमाण्डौं महानगरपालिकामा २ हजार २ सय कर्मचारी थिए । त्यसमध्ये करिब ६ सयले काम गर्थे अरु हल्लिन्थे मात्रै । त्यहाँभित्र डन हुन खोज्दा रहेछन् । काम नगरी तलब मात्र खाने रहेछन् तर यो समस्या पनि मैले हाल गरें । कतिपय गुण्डागर्दीलाई त हटाएँ पनि । यो हिसाबले विकासका काम सुरुवात धेरै हामीले पनि गरेका थियौं । (पूर्वमन्त्री रायमाझीसँग गरिएको कुराकानीमा आधारित)

aplly description here...

नेकपाको सात वटै प्रदेश कमिटीमा को–को परे ? (नामसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले प्रदेश सदस्यहरुको नामावली टुंङग्याएको छ । नेकपाले मंसिर १२ गते नै कमिटीलाई पूर्णता दिएको दाबी गरेको छ ।...

मध्यभोटेकोशी फेरि २ बर्ष धकेलिँदै, २ अर्ब लागत बढ्ने (भिडियो)

सिन्धुपाल्चोक । १०२ मेगावाटको निर्माणधिन मध्यभोटेकोशी जलविद्युत आयोजना तोकिएको समयमै नसकिने भएको छ । सिन्धुपाल्चोकको चाकुमा निर्माणधिन भोटेकोशी आयोजना...

८२ बर्षिय वृद्धः जसको एउटा रोग नुहाएर निको भएपछि अर्को रोग निको पार्न तातोपानीमा (भिडियो)

सिन्धुपाल्चोक । नुवाकोटका ८२ बर्षिय यदुकुमार अधिकारी ४० बर्षदेखि कम्मर दुख्ने रोगबाट मुक्त छन् । सानै उमेरदेखि कम्मर दुख्ने रोग भएपछि उनले डाक्टरदेखि ...

के माधव नेपालले अोली सरकार ढाल्दैछन् ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेको केपी शर्मा ओली यतिबेला देश बाहिर छन् । अध्...

पूर्वमाओवादीलाई प्रदेशमा नेकपाको पद-नखाउँ भने बर्ष दिनको सिकार खाउँ भने...

काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को आज बसेको सचिवालय बैठकले सात वटै प्रदेशमा नेतृत्व चयन गरेको छ । जसमा प्रदेश इन्चार्ज, अध्यक्ष र सचिव पद...

नेकपासँग फोरम र नयाँ शक्ति एकताको छलफलमा

काठमाडाैं । डा. बाबुराम भट्टरार्इ नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)सँग एकता...

प्रदेश-२ः नेकपा र फोरमबीच सरकार गठन तयारी, मुख्यमन्त्री राउतको पद धरापमा !

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम केन्द्रीय सरकारमा जाने नेपाल कम्युनिष्ट पार्टीसँग सहमति गरेसँगै प्रदेश नम्बर २ को सरकारमा के हु...

अड्किएको एकता गाँठोः मोदी फर्किएलगत्तै ३१ गते साँझ बालुवाटारमा यसरी फुक्यो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणबाट फर्किएलगत्तै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्...

पनौतीमा ‘बालबाल’ले बाँचेका शरद बने सामाजिक मन्त्री

काठमाडौं । २०३९ साल फागुन ७ गते सिन्धुपाल्चोकको तत्कालिन सानोसिरुवारी गाविस पौवा (हाल चौतारा साँगाचोकगढी नगरपालिका–७)मा जन्मिएका हुन उनी अर्थात ‘शरद’ ...

चार मन्त्रीका तीन थरि ड्रेसअपः कोहिको दौरा सुरुवाल, कोहिको ज्वारीकोटमाथि मफलर !

काठमाडौं । आजै चार जना मन्त्रीको सपथ हुने सूचना बिहान बाहिरिएको थियो । शुरुमा सरकारलाई आजै पूर्णता दिने बिषयमा छलफल भएको थियो । तर उपेन्द्र यादव नेतृत...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies