कोसिदेखाबासीको सपथ, “चर्पीमा दिसा गर्नेछौँ, साबुनपानीले हात धुनेछौं”
माघ ६ गते, २०७३ बिहिवार 19th January, 2017 Thu०९:५१:२४ मा प्रकाशित
बनेपा, ६ माघ । “पूर्वमा सुनकोसी सिमाना, पश्चिममा झिउ खोला, उत्तरमा खरेलथोक गाविस र दक्षिणमा सुनकोसी र झिउखोला दोभान भित्रको सिमानाभित्र हामी सबै चर्पीमा दिसा गर्नेछौँ र दिसा गरेपछि साबुन पानीले हात धुनेछौँ ।”
आ–आफ्नो आसनबाट सबैजना उठ्छन र सोही वाक्यांश दोहो¥याउँछन्, झट्ट सुन्दा अपत्यारिलोजस्तो लाग्ने वाक्यांश काभ्रेपलाञ्चोकको कोसिदेखा गाविसमा बुधबार खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख मोहनलाल जैसीले खुल्ला दिसामुक्त घोषणा कार्यक्रममा सहभागीलाई शपथ खुवाएको हो ।
उनले गाविसको सिमानाभित्र खुल्ला दिसामुक्त घोषणा गरिएकाले चर्पीमा दिसा गर्ने र साबुनपानीले हात धुने प्रतिबद्धता पूरा गरेर गाविसलाई सरसफाइमा नमुना गाविस बनाउन पनि आग्रह गरे ।
डिभिजन प्रमुख जैसीले सार्वजनिक स्थानमा नयाँ शौचालय निर्माण गर्न तथा निर्माण गरिएका शौचालय व्यवस्थित गर्न नसकेको चुनौती भएको उल्लेख गर्दै भूकम्पका कारण घर भत्केर एउटै छानामुनि, खोर, गोठ तथा भान्साकोठा सँगै रहेकाले सरसफाइमा बाधा आएको बताए ।
कोसिदेखा–७ ठाँटीका नरहरि खकुरेलले चर्पी बनेपछि नयाँ अनुभव हासिल गरेको उल्लेख गर्दै विगतमा चर्पी नहुँदा वनपाखामा खुल्ला ढङ्गले दिसा गरेको बताए ।
केही वर्षअघि मात्रै चर्पी बनेको जानकारी दिँदै चर्पी नहुँदा खकुरेलले आफ्ना बालबालिकालाई वनपाखामा दिसा गराउन समाएर लैजानुपर्ने अवस्थाको अन्त्य भएकोमा खुसी व्यक्त गरे । “खुल्ला दिसा बस्दा डर, त्रास भएको अनुभव हुन्थ्यो तर अहिले पानीको प्रबन्धसहित निर्धक्क दिसा बस्न पाइन्छ”, उनले भने ।
केही वर्षअघि मात्रै अधिकांशको घरमा चर्पी नभएको जानकारी दिँदै उनले गैरसरकारी संस्थाको अनुदानमा धेरैले चर्पी निर्माण गरेको बताए । गैरसरकारी संस्था क्रिडाक नेपालकी सुपरभाइजर राधिका सुवेदीले चर्पी बनेपछि मानवीय व्यवहार पनि परिवर्तन भएको उल्लेख गर्दै एउटा चर्पीका लागि न्यूनतम पाँच हजार रुपैयाँ खर्च भएको बताए ।
सो संस्थाका अनुसार चारसय ५० घरधुरी भएको गाविसमा चारसय ५० चर्पी निर्माण भएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, धुलिखेलका अनुसार जिल्लामा खुल्ला दिसामुक्त हुने गाविसको सङख्या ३२ पुगेको छ । सन् २०१७ को अन्त्यसम्ममा जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरी स्वस्थ्यकर बानीको विकास गर्दै पूर्ण सरसफाइ हासिल गर्ने लक्ष्य लिइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: