Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

ऐतिहासिक तमु सङ्ग्रहालयको ताला खुल्यो

बेसीसहर, ६ माघ । सदरमुकाम बेसीसहरमा दुई वर्षअघि देखि बन्द रहेको ऐतिहासिक तमु सङ्ग्रहालय भवनको ताला खोलिएको छ । तमु ह्युला छोंज धीं लमजुङ र आदिवासी जनजाति महासङ्घबीच आन्तरिक विवादका कारण बन्द रहेको भवनको ताला प्रशासनले बुधबार खोलेको हो । सङ्ग्रहालय व्यवस्थापन, नयाँ सहमति लगायतमा सहमति जुटेपछि प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले ताला खोलेका हुन् । गुरुङ अगुवाबीच विवाद बढेपछि स्थानीय प्रशासनले तमु सङ्ग्रहालयमा दुई वर्षअघि ताला लगाइएको थियो । सङ्ग्रहालयमा स्थानीय प्रशासनले २०७१ साल पुस २२ गते ताला लगाएको थियो । भवनमा तालाबन्दी भएपछि सङ्ग्रहालयमा रहेको तमु ह्युला छोंज धीं जिल्ला कार्यसमितिको प्रशासनिकलगायत कार्य बन्द भएको थियो । संस्थामा अनियमितता भएको आरोप लगाउँदै तमुवान् युथ भोलिन्टियर्सको नाममा केही युवाले २०७१ साल जेठ १५ गते ताला लगाएका थिए । ताला खुलाउने विषयमा सहमति नजुटेपछि तमु ह्युला छोंज धींको समिति र सङ्ग्रहालय व्यवस्थापन समितिले सोही महिनाको १८ गते पत्रकारसम्मेलन गरी संस्थालाई प्रशासनको जिम्मा लगाएको थियो । स्थानीय प्रशासनले सम्बन्धित पक्षलाई बोलाएर पटक–पटक सहमति जुटाउनका लागि प्रयास गरे पनि असफल भएपछि प्रशासनले ताला लगाएर संस्थाको जिम्मा लिएको थियो । विवाद समाधानका निम्ति सांसद जमिन्द्रमान घले, राप्रपा केन्द्रीय नेता हेमजङ्ग गुरुङ र नेपाली काँग्रेसका गमप्रसाद गुरुङ लागिपरेका थिए । सहमतिअनुसार तमु ह्युला छोंज गुरुङ राष्ट्रिय परिषद्को नयाँ कार्यसमिति चयन गरिएको छ । गुरुङ अगुवा तमु ह्युला छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का जिल्ला अध्यक्ष प्रेमबहादुर घले, सङ्ग्रहालयका महासचिव ताराराज घले र नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद्का अध्यक्ष खेमजङ्ग गुरुङले लिखित सहमति जनाएका छन् । आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद्को समयावधि सकिएकाले आगामी चैतभित्र अधिवेशन गर्ने, तमु सङ्ग्रहालयको साधारण सभा र आदिवासी जनजातिको अधिवेशन प्रक्रिया सँगसँगै गर्ने लगायतको सहमति भएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies