Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

दशौं विश्व उर्जा सम्मेलनमा के भने प्रचण्डले ? सम्बोधनको बुँदागत संक्षेपीकरण यस्तो छ

\"\"आवुदावी, ४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आवुदावीमा आयोजित दशौं विश्व भविष्य उर्जा सम्मेलनलाई सोमबार सम्बोधन गरेका छन् । उर्जा सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा व्यक्त सम्बोधनको नेपाली संक्षेपीकरण यस प्रकार रहेको छ : १. यस महत्वपूर्ण सम्मेलनमा ख्याति प्राप्त राजनीतिज्ञ, व्यापारिक र प्राज्ञहरूसामू आफ्ना विचार राख्न पाउँदा आफू गौरवान्वित भएको छु । २. सम्मेलनमा भाग लिन निमन्त्रणा गर्ने र यसको व्यवस्था मिलाउने आयोजकलाई आभार व्यक्त गर्न चाहन्छु । ३. यस सुन्दर नगरीमा मलाई प्रदान गरिएको आतिथ्यका लागि यु.ए.इ.का जनताहरू र सरकारलाई धन्यवाद दिन चाहन्छु । ४. दिगो उर्जा र सफा प्रविधि प्राप्त गर्नका लागि साझा उद्देश्य लिएर छलफल गर्न यस बृहत् फोरमले उत्तम सम्भावना प्रदान गरेको छ । ५. यु.ए.इ.ले उर्जा क्षेत्रलाई आमूल परिवर्तन गर्न खेलिरहेको मूख्य भूमिकालाई यस सम्मेलनले आत्मसात् गरेको छ । ६. उर्जाको आवश्यकताको दिगो रुपले समाधान नगर्ने हो भने हाम्रा विकासका आयामहरू असफल हुनेछन्, उर्जा विकास र मानवताका लागि जीवन प्रदायक वस्तु हो । ७. २०१५ मा विश्वका नेताहरूले हाम्रो दिगो आवश्यकताका लागि दिगो विकासका प्रण गर्नुभएको छ । ८. त्यसमा सातौं गोलले सबैका लागि पहुँचमा भएको भरभर्दो, दिगो र आधुनिक उर्जाको निश्चितताको कुरा गर्छ । ९. दुर्भाग्य छ की ५ मा १ जना आफैं आधुनिक विद्युतबाट वञ्चित छन् । र ६% हरित गृह उत्सर्जन हाम्रो कार्वनमूखी उर्जा खपतले गर्दा हुने गर्छ । १०. भविष्यमा हाम्रा सन्ततीले हाम्रा प्रतिवद्धतालाई शंका नगरुन भन्नका लागि विगतमा गरेका प्रतिज्ञा र प्रतिवद्धतालाई लागू गर्नुपर्ने बेला आएको छ । जसले तातो र अँध्यारो पृथ्वी भएर असफल भविष्यमा धकेलिनुबाट बँच्न सकिने छ । ११. फसिल उर्जामा निर्भर भएको अर्थतन्त्रले जलवायु परिवर्तनका नकारात्मक असरबाट पृथ्वीलाई बचाउन सक्ने छैन । १२. नकारात्मक असरबाट बच्न र उर्जा सुरक्षा गर्न तथा हरित अर्थतन्त्रका लागि पनि सफा उर्जा (सौर्य, जल, हावा र थर्मल) को आवश्यकता छ । जसले मानव सुरक्षालाई प्रत्याभूत गर्ने छ । १३. जलविद्युतमा नेपाल पहिलेदेखि (१९११) लागि परेको छ तर विडम्वना छ कि हालसम्म ३०% जनता आफै विद्युतबाट बञ्चित छन् । १४ मेरो सरकार आउनुअघि वर्षौदेखि दिनहु १२ देखि १६ घण्टा विद्युत कटौती हुने गथ्र्यो । आपूर्ति तर्फको व्यवस्थापनलाई सुदृढ गरी हाल विद्युत कटौती पूर्ण रुपले हटाउन सफल भएका छौं । १५. यो विडम्वना छ कि ८३,००० मेघावाट विद्युतको सम्भावना हुँदाहुँदै हामीले उर्जा सङ्कट व्यहोर्नु परिराखेको छ । १६. सौर्य उर्जाको नेपालमा निकै ठूलो सम्भावना छ । ०.०१% यरियामा २९२० मेगावाट घण्टा प्रतिवर्ष पाउन सकिन्छ । जो २५१,२४३ टन तेल बराबर हो । १७. पुनः नवीकरणीय उर्जा नै हाम्रा लागि दिगो श्रोत हो, फसिल होइन । १८. यसरी नेपालमा जलविद्युत, सौर्य आदि प्रचुर मात्रामा स्रोत हुनाले उर्जा सङ्कट व्यहोर्नुपर्ने देखिदैन । हामीले यी श्रोतको परिचालन गर्नुपर्ने हुन्छ र समग्र दक्षिण एसियाको माग आपूर्ति गर्न नेपाल समक्ष हुनेछ । १९. उर्जा सङ्कटले हाम्रो राष्ट्रिय विकासको आकाङ्क्षालाई इङ्गित गरेको छ । २०. नेपाल लामो राजनीतिक संक्रमणकालपछि अब आर्थिक विकासको बाटोमा द्रूतगतिले लागि परेको छ । २१. २०२२ सम्म विकासशील राष्ट्र र २०३० सम्म मध्यम अर्थतन्त्रको सूचीमा पर्ने योजनाअनुरुप नेपालले २०३० सम्म ६००० मेघावाट थप विद्युतको व्यवस्था गर्नुपर्ने हुन्छ । यसैगरी २०४० सम्म २५,००० मेघावाट विद्युतको आवश्यकता पर्नेछ । २२. नेपाली उर्जा क्षेत्रमा लगानीको प्रचूर सम्भावना छ । खासगरी यातायात र अन्य पूर्वाधारका योजना अगाडि बढिरहेकाले उर्जाको विकासमा टेवा मिल्ने छ । २३. विद्युत वितरण र प्रशारण क्षेत्रमा लगानीको सम्भावना प्रशस्त छ । २४. हामीले वैदेशिक लगानीका लागि सहज नीति अवलोकन गरेका छौं । यसै सन्दर्भमा २०७१ मा हामीले राष्ट्रिय उर्जा सङ्कट निवारण र विद्युत विकास दशकको कार्ययोजना मनाउँदै छौं जसबाट सन् २०२५ सम्म १०,००० मेघावाट विद्युत उत्पादन गरिने छ । यसका लागि सहज नीति, नीजि क्षेत्रलाई प्रोत्साहन, पुनः नवीकरणीय उर्जा उत्पादनमा अनुदान आदि नीति ल्याइएको छ । २५. हाम्रा श्रम नीति बजारमा छन् र नेपालमा सस्तोमा प्रशस्त श्रम उपलब्धता छ । २६. हामी उर्जा उत्पादनका लागि अलग्गै योजना विकास सम्झौता गर्ने नीति लिएका छौं । एकद्वार प्रणाली र साझेदार कर्मचारीतन्त्रले गर्दा हामी दक्षिण एसियामा दोस्रो सजिलोसँग व्यापार गर्ने देशमा पर्दछौं । २७. हामी ठूलो बजारको बीचमा भएकाले उर्जा व्यापारमा धेरै सम्भावना छन् । उर्जा व्यापार सम्झौता गरेर हाम्रो विद्युत भारतमा निर्यात गर्ने बाटो खेलेको छ । २८. व्यापारी साथीहरूलाई यसै मञ्चबाट २ र ३ मार्च २०१७ मा नेपालमा आयोजना गरिएको लगानी सम्मेलनमा निमन्त्रणा गर्न चाहन्छु । २९. हरित, सम्बृद्ध र दिगो भविष्यको सम्भावना छ । हामीमा प्रतिवद्धता, सोचाइ र बृहत् लगानीका लागि साझेदारीको आवश्यकता छ । त्यसका लागि दशौं उर्जा सम्मेलन फलदायी हुने विश्वास लिएको छु ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies