Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

ओबामापुत्रीहरूलाई बुसपुत्रीहरूको चिठी

\"\"मालिया र सासा, आठ वर्षअघि एउटा चिसो नोभेम्बरका दिन हामीले तिमीहरूलाई ह्वाइटहाउसका सिँढीमा स्वागत गरेका थियौँ । जब तिमीहरूले आफ्नो नयाँ घरलाई नियालेर हेरेका थियौ, हामी दुवैले तिमीहरूको आँखामा चमकका साथसाथै सावधानी पनि देखेका थियौँ । तिमीहरूलाई इटहाउसभित्रका विभिन्न कोठाचोटा देखाउन हामीले बाल्टिमोर र न्युयोर्कका आफ्ना काम नै छाडेर तोकिएको समयभन्दा चाँडै पुग्ने गरी वासिङ्टनको यात्रा तय गरेका थियौँ । लिङ्कन शयनकक्ष तथा अन्य शयनकक्ष जुन कुनै समय हाम्रा थिए, ह्वाइटहाउसलाई एउटा घरजस्तो बनाउन महत्वपूर्ण भूमिका खेल्ने सबै मानिस, जस्तै– मालीहरू, भुइँ सफा गर्नेहरू तथा अन्य सहयोगीसँग परिचय गराइदिएका थियौँ । हामी चारजना मिलेर ह्वाइटहाउसका ठूला राजसी हल घुमेका थियौँ, जहाँ सर्नुको विकल्प तिमीहरूसँग थिएन । घाम ताप्ने ठूलो कोठाका रेलिङलाई जब तिमीहरूले तल धकेलेका थियौै, त्यसैगरी जसरी हामीले आठ वर्षको बाल्यकाल तथा २० वर्षको युवा उमेरमा धकेलेका थियौँ, त्यसवेलाको तिमीहरूको खुसी र हाँसो असाध्यै प्रभावपूर्ण थियो । यी आठ वर्षमा तिमीहरूले धेरै गरेका छौ । धेरै देखेका छौ । बाबुको कम्मरमा हात बेरेर तिमीहरू रोबेन टापुको जेलका गेटमा उभियौ, जुन जेलमा दक्षिण अफ्रिकाका नेता नेल्सन मन्डेला दशकौँ थुनिएका थिए । आफ्नी आमा मिसेलसँग लाइबेरिया र मोरक्को गयौ, शिक्षाको महत्वबारे किशोरीहरूसँग कुराकानी गर्न । ती केटीहरूले तिमीहरूभित्र आफूलाई देखे, तिम्रा बाबुआमामा आफ्ना बाबुआमा देखे र देखे अध्ययन र सिकाइ जारी राख्यो भने के–के हुन सकिन्छ भन्ने पनि । तिमीहरू बालापन बिताउने, स्कुल जाने तथा साथीहरू बनाउनुका अतिरिक्त राजकीय भोजमा सहभागी भयौ, राष्ट्रिय निकुञ्जहरूमा पैदल हिँड्यौ, अन्तर्राष्ट्रिय नेताहरूसँग भेटघाट गर्‍यौ । त्यति मात्र कहाँ हो र, वार्षिक धन्यवाद दिने ‘टर्की पार्टीमा’ आफ्ना पिताको ठट्यौलीमा हाँस्यौ । हामीले तिमीहरू ससाना केटीबाट गजबका दयालु र सहज महिला बनेको देख्यौँ । र, यी सबै गर्दा तिमीहरू दुईजना सँगसँगै थियौ, ठ्याक्कै हामीले गरेजस्तै । अब तिमीहरू अर्को असाधारण क्लबमा जाँदै छौ, पूर्व ‘प्रथम सन्तान’ हरूको क्लब, जुन न तिमीहरूले खोजेका हौ र त्यसको कुनै निर्देशिका पनि छैन । तर, तिमीहरूका अघिल्तिर आशावादी हुनुपर्ने धेरै कारण छन् । अब तिमीहरू आफ्नो जीवनको कथा लेख्न सुरु गर्नेछौ, आफ्ना प्रसिद्ध बाबुआमाको छायाबाट पर बसेर । यद्यपि गत आठ वर्षको अनुभव सधैँ तिमीहरूको साथमा हुनेछ । \"\"ह्वाइटहाउसमा तिमीहरूले सँगै समय बिताएका अद्भूत मानिसलाई भने कहिल्यै नबिर्स । हाम्रा हजुरबुबाले राष्ट्रपतिको कार्यकाल सुरु गर्दा हामी सात वर्षका थियौँ । हामीलाई स्वागत गर्ने न्यान्सी थिइन्, जो त्यहाँकी माली थिइन् । उनले हाम्रा हजुरबुबा–हजुरआमाको शयनकक्षमा राख्न हिउँदे फूलको रंगीचंगी बुके बनाउन सहयोग गरेकी थिइन् । २० वर्षपछि न्यान्सीले जेनाको विवाहका लागि फूलहरू सजाउने काम गरिन् । आफ्नो ‘न्यान्सी’ को कदर गर । हामी हाम्रा गुप्त सेवासँग आजसम्म पनि सम्पर्कमा छौँ । हामी हुर्किरहँदा उनीहरू सदैव हाम्रो सुरक्षामा थिए, हाम्रो पहिलो ‘डेट’हरूमा वा पहिला दिनहरूमा मात्र होइन, हाम्रा टीकाटालो वा हनिमुनमा पनि उनीहरूले हामीलाई सुरक्षा प्रदान गरे । हामीलाई थाहा छ, त्यो काम सदैव सजिलो थिएन । तिमीहरू दुईजना र हामी दुईजना किशोरावस्थामा थियौँ, केटाहरू हाम्रो पछि लागेका हुन्थे तर तिनले हाम्रा लागि जीवन सदैव जोखिममा राखे । कलेज जीवनको आनन्द लेऊ । हामीले त लियौँ र यो धेरैलाई थाहा पनि छ । अब तिम्रा कलिला काँधमा विश्वको बोझ हुनेछैन । आफ्ना आवेगको खोजी गर । आफू को हौ भन्ने जान । गल्तीहरू गर, त्यसो गर्ने छुट तिमीहरूलाई अब छ । इमानदार साथीहरूको घेरामा बस, जसले तिमीहरूलाई चिन्छन्, प्रशंसा र जोडदार रक्षा गर्छन् । जसले तिमीहरूलाई तौलन कोसिस गर्छ, त्यसले तिमीहरूलाई माया गर्दैन । र, तिनीहरूको टीकाटिप्पणीको कुनै अर्थ पनि हुन्न । तिमीहरूको हृदयले के भन्छ, त्यसले चाहिँ अर्थ राख्छ । देखेका कुरा, भेटेका मानिस, सिकेका पाठ सबै आफूसँग राख, तिनलाई सकारात्मक परिवर्तन गर्न सहयोगी बनाउन प्रयोग गर । तिमीहरू यस्तै गर्नेछौ भन्नेमा हामीलाई कुनै शंका छैन । हाम्रा आमाबुबासँगका यात्राले हामीलाई कुनै कक्षाको पढाइभन्दा धेरै सिकायो । ती यात्राले हामीलाई नयाँ मानिस, नयाँ संस्कृति तथा नयाँ विचारबारे जान्न हाम्रा आँखा खोले । हामीले मिसिगनमा श्रमिकहरू भेट्यौँ, क्यालिफोर्नियामा शिक्षकहरू भेट्यौँ, बर्माका सीमामा बिरामीहरूको स्वास्थ उपचार गरिरहेका डाक्टर भेट्यौँ, अमेरिकी राष्ट्रपतिलाई एक झलक देख्न कम्पालाका धुलौटे सडकमा लाइन लागेका केटाकेटी भेट्यौँ र एचआइभी भएका केटाकेटी एन्टिभाइरल औषधिका लागि पर्खिरहेका भेट्यौँ । एकपटक हामीले एउटी केटी भेटेका थियौँ, उनी आफ्नो उत्कृष्ट पोसाकमा उमेरभन्दा निकै कम देखिएकी थिइन् । तर, होइन रहेछ, उनी त रोगका कारण सानी देखिएकी रहिछन् । उनकी आमाले ओखतीले काम गरुन्जेल उनी बाँच्नेमा शंका व्यक्त गरिन् तथापि उक्त औषधिले उनका भाइहरू तथा बहिनीहरूमा भने सकारात्मक प्रभाव पार्ने विश्वास भने देखाइन् । ती केटीलाई भेटेपछि बारबाराले स्कुलमा आफ्नो ‘मेजर’ विषय परिवर्तन गरिन्, जसले उनको बाटो नै परिवर्तन गरिदियो । तिमीहरूले ह्वाइटहाउसको अविश्वसनीय दबाब झेलिसक्यौ । कहिल्यै नभेटेको मानिसले समेत तिम्रा बाबुआमाको कडा आलोचना गरेको तिमीहरूले सुन्यौ । आफ्ना अमूल्य अभिभावकहरू ‘हेडलाइन’ सीमित भएको पनि तिमीहरूले पार ग¥यौ । तिमीहरूलाई जहिल्यै पहिलो प्राथमिकतामा राख्ने बाबुआमाले तिमीहरूलाई संसार देखाएका मात्रै छैनन्, संसार नै दिएका छन् । सधैँझैँ उनीहरू तिमीहरूले नयाँ अध्याय सुरुवात गरिरहँदा त्यसको जग बसाउन तिमीहरूलाई सहयोग गरिरहेका हुनेछन् । र, हामी पनि त्यसै गर्नेछौँ । — बारबरा बुस, जेना बुस ह्यागर (अमेरिकाका ४३औँ राष्ट्रपति जर्ज डब्लु बुसका जुम्ल्याहा छोरीहरू बारबरा बुस ‘ग्लोबल हेल्थ कप्र्स’ की सह–संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत छिन् भने जेना पत्रकार तथा लेखक हुन्) नयाँ पत्रिकाबाट
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies