Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

यस्तो बनायो माओवादी केन्द्रले संगठनात्मक कार्यविधि : १९९ केन्द्रीय समिति, १०० वैकल्पिक

काठमाडौं, ४ माघ । ०६२ यता संगठनात्मक रुपमा सबैभन्दा भद्रगोल बनेको नेकपा माओवादी केन्द्रले संगठनात्मक कार्यविधि र निर्बाचन प्रणाली पारित गरेको छ । केन्द्रिय समितिको संख्या नै ५ हजारको हाराहारीमा बनाएर दुनियाँ हसाएको माओवादीले नयाँ केन्द्रिय समिति भने २९९ को बनाउने निश्चित भएको हो । यसमा पनि पूर्ण १९९ रहनेछन् भने वैकल्पिक केन्द्रिय सदस्य १ सय रहने व्यावस्था गरेको छ । माओवादी केन्द्रका संगठन विभाग प्रमुख राम बहादुर थापा बादलले संगठनात्मक कार्यविधि र निर्बाचन कार्यविधि दुबैलाई विशेष सर्कुलर गरी तल्ला तहका कमिटिहरुमा पठाएका छन् । माओवादी केन्द्रले कमिटि संख्याको खुल्ला निर्बाचनबाट ५० प्रतिशत निर्बाचित हुने व्यवस्था गरेको छ भने विशेष निर्बाचन मार्फत ४० प्रतिशत र १० प्रतिशत मनोनितको व्यवस्था गरेको छ । विशेषभित्र १. आदिवासी जनजाति समूह २. दलित समूह ३. मधेशी समूह ४. महिला समूह ५. मुस्लिम समूह ६. थारु समूह ७. प्रादेशिक÷क्षेत्रगत प्रतिनिधित्व ८. पिछपिडएको क्षेत्र समूह ९. मजदूर–किसान समूह रहने व्यवस्था गरेको छ। विशेषको निर्बाचन प्रणालीमा विशेष पार्टीका सदस्यहरुले मात्रै प्रतिष्पर्धा गर्न पाउने व्यवस्था समेत गरेको छ । साथै महिलालाई सबै कमिटिहरुमा ३३ प्रतिशत अनिवार्यको व्यवस्था समेत गरिएको छ । निर्बाचन प्रणाली भने प्रत्यक्ष छैन । पदाधिकारीको हकमा भने विद्यान सम्वत भनिएको छ । विधान त सम्बन्धित निर्बाचित कमिटिले मात्रै पदाधिकारी चयन गर्न सक्नेछ । सम्भव भए सहमतिबाट र नभए कमिटि सदस्यको मतदानबाट गरिने व्यवस्था रहेको छ । प्रत्येक कमिटिको उम्मेदवार बन्नका लागी सो कमिटिभन्दा तल्लो कमिटिमा एक कार्यकाल काम गरेको हुनुपर्ने अनिवार्य व्यवस्था गरिएको छ । झण्डै १२ वर्षपछि संगठनात्मक रुपमा कार्यविधि लागु गर्न लागेको माओवादी केन्द्रमा यो लागु नै हुन्छ भनेर विश्वास गर्न भने सकिदैँन । किनकी यसअघि पनि पटकपटक बनेका र निर्णय भएका संगठनात्मक निर्णयहरुलाई केही नेताहरु मिलेर भंग गर्ने गरेका छन् । \"\" \"\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies