Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

दुवै रथीको म्याद थपिँदै

\"\"काठमाडौं, ४ माघ । जंगीअड्डाले नेपाली सेनाका दुवै रथीको म्याद थप्ने गृहकार्य थालेको छ । स्रोतका अनुसार प्रधानसेनापति राजेन्द्र क्षत्रीले रथीद्वय बलदेवराज महत र पूर्णचन्द्र थापालाई सैनिक ऐनअनुसार एकवर्षे म्याद थप्ने योजना बनाएका हुन् । आजको कान्तिपुरमा खबर छ– ऐनअनुसार रथीको म्याद दुई वर्ष हुनेछ भने उमेर हदमा ५८ वर्षसम्म मात्र रहनेछ । दुई वर्षे कार्यकाल सकिए पनि उमेर ५८ वर्ष पूरा नभइसकेको अवस्थामा प्रधानसेनापतिले ‘सेवा अवधि नेपाली सेनाका लागि आवश्यक छ’ भनी मनासिव आधार र कारण खोली सरकारसमक्ष प्रस्ताव गरेपछि एक वर्ष कार्यकाल थपिन सक्नेछ । हालसम्म सेनाले ऐनअनुसार पठाएको प्रस्ताव सरकारले अस्वीकार गरेको छैन । प्रधानसेनापतिपछि दोस्रो वरीयतामा रहेका बलाधिकृत रथी महतको दुईवर्षे कार्यकाल २०७४ साउन ७ मा सकिँदै छ । उनी कात्तिक १७ गते ५८ वर्ष पुग्ने छन् । कार्यकाल थपिए पनि महतले तीन महिनापछि अवकाश पाउने छन् । स्रोतका अनुसार प्रधानसेनापति क्षत्रीले रथी थापालाई भावी उत्तराधिकारीका रूपमा हेरेका छन् । थापाको मात्र म्याद थप गरिने चर्चा भइरहेका बेला जंगीअड्डाले ‘गुनासो मत्थर पार्न’ दुवैको म्याद थप्न लागेको हो । उमेर हदले तीन महिना मात्र समय बाँकी रहने भए पनि महतको समेत म्याद थपिनुको कारण थापालाई प्रधानसेनापति बनाउनकै लागि कार्यकाल थपिएको भन्ने आरोप नलागोस् भन्ने हो । रथी हुँदा थापा संयुक्त राष्ट्रसंघअन्तर्गत इजरायल (प्यालेस्टाइन सीमा क्षेत्र गोलनहाइट) स्थित डिसइन्गेजमेन्ट (अनडफ) को फोर्स कमान्डरका रूपमा कार्यरत थिए । मिसनमा थापाको पदावधि अर्को वर्ष लम्बिन सक्थ्यो । तर एकवर्षे कार्यकाल सकिनेबित्तिकै थापा बलाध्यक्ष रथीको जिम्मेवारी सम्हाल्न नेपाल फर्किए । उनलाई जंगीअड्डामा छिटो ल्याएर जिम्मेवारी सम्हाल्न दिनुलाई भावी प्रधानसेनापतिका रूपमा अघि बढाउन खोजेको प्रस्ट देखिन्छ । तेस्रो वरीयताका थापाको दुईवर्षे कार्यकाल २०७४ असोज १५ मा सकिँदै छ । उनी २०७५ भदौ २५ मा ५८ वर्ष पुग्ने छन् । प्रधानसेनापति क्षत्रीले २०७५ भदौ २४ मा तीनवर्षे कार्यकाल पूरा गरी अवकाश पाउने छन् । एक दिनको संयोगले प्रधानसेनापति बन्ने अवसर पाएमा थापाले तीन वर्ष नेपाली सेनाको नेतृत्व गर्नेछन् । रथीमा म्याद थप भई प्रधानसेनापति बन्ने थापा पहिलो व्यक्ति पनि बन्नेछन् । कात्तिकमा महतले अवकाश पाएपछि उपरथी हेमन्त कुँवर रथीमा बढुवा हुनेछन् । र, थापा सेनाका दोस्रो वरीयताको व्यक्ति हुनेछन् । तत्कालीन प्रधानसेनापति छत्रमानसिंह गुरुङले उमेर हदले नौ महिना बाँकी रहे पनि तत्कालीन रथी नेपालभूषण चन्दलाई म्याद थप्न सरकारलाई सिफारिस गरेका थिएनन् । यसअघि रथीमा बालानन्द शर्माको मात्रै म्याद थपिएको थियो । तर उनी राष्ट्रसंघको शान्ति मिसनमा रहेका कारण सरकारले कार्यकाल बढाएको थियो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies