Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

शीतलनिवासमा पूर्वराजा आकर्षण

\"\"काठमाडौं, ४ माघ । शीतलनिवासमा अघिल्लो दिनसम्म राष्ट्रपति विद्या भण्डारीकी छोरी र पूर्वसांसद् किरण यादवका छोराबीच हुने बिहेको चर्चा थियो तर सोमबार भने अधिकांश आगन्तुकको जिज्ञासा थियो, निम्ता मान्न पूर्वराजा शीतलनिवास आउलान् कि नआउलान् ? आजको अन्नपुर्ण पोस्टमा खबर छ– राष्ट्रपति कार्यालयको कोसीहलमा विवाहित जोडीलाई बधाई र शुभकामना कार्यक्रम भइरहँदा सोमबार धेरैको चासो ढोकाबाहिरै थियो । धेरैजसो पाहुना तथा सहभागी एकआपसमा जिज्ञासा राख्थे, ‘पूर्वराजा कति बजे आउँछन् ?\' राष्ट्रपति कार्यालयका कर्मचारी पनि भन्दै थिए, ‘उहाँ आउने कार्यक्रम छ ।\' लामो समय राष्ट्रप्रमुख भएका पूर्वराजा ज्ञानेन्द्र धेरैको उत्सुकतालाई चिर्दै सोमबार मध्याह्न साधारण निम्तालुसरह शीतलनिवास प्रवेश गरेर वरवधुलाई बधाई दिए । त्यसपछिका २० मिनेट पूर्वराजा नै त्यहाँका प्रमुख आकर्षण बनिरहे । उपस्थित धेरैले मोबाइलबाट उनको तस्बिर खिचे । मध्याह्न १२ बजेर ३५ मिनेट जाँदा राष्ट्रपति कार्यालय पुगेका पूर्वराजा गाडीबाट र्ओलिएर सीधै कोसीहल प्रवेश गरे । त्यसबेला राष्ट्रपति भण्डारी विवाहित जोडीसँगै बधाई र शुभकामना ग्रहण गर्न व्यस्त थिइन् । पूर्वराजाले वरबधुलाई बधाई र शुभकामना दिए । त्यसपछि भण्डारीसामुन्ने पुगे । दुवैले एकअर्कालाई नमस्कार गरे । ज्ञानेन्द्रले राष्ट्रपतिलाई पनि बधाई दिए । जबाफमा उनले ‘धन्यवाद\' भनिन् । यत्तिमै सकियो बधाई कार्यक्रम ! राष्ट्रपतिले पूर्वराजालाई दिवाभोजमा सरिक हुन हातले इसारा गरिन् । उनको सचिवालयका सहयोगीले दिवाभोजतर्फ लिएर गए । राष्ट्रपति कार्यालयको पछाडिपट्टिको बगैंचामा दिवाभोजको व्यवस्था थियो ।पूर्वराजा बगैंचातर्फ निस्कनासाथ एउटै टेबुलमा देखिए राप्रपा अध्यक्ष कमल थापा, उक्त पार्टीका राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणा र नेता लोकेन्द्रबहादुर चन्द । पूर्वराजालाई देख्नेबित्तिकै उनीहरू जुरुक्क उठे र एकसाथ नमस्कार गरे । पूर्वराजा हँसिलो मुद्रामा उनीहरूसँगै एउटै टेबुलमा बसे । अनि सुरु भयो भलाकुसारी । आगन्तुकका लागि सिट वर्गीकृत नगरिए पनि कुर्सी सजाइएको बरण्डा अति विशिष्ट र बगैँचामा राखिएका कुर्सीहरू आम आगन्तुकका लागि प्रयोग भइरहेका थिए । सायद पूर्वराजासँग टाढिनैका लागि अति विशिष्ट श्रेणीमा पर्ने भए पनि राजालाई दाम चढाएर आलोचित बन्दै आएका एमाले नेता माधवकुमार नेपालले बगैँचामै बस्न रुचाए । समारोहमा उपस्थित सिविल ड्रेसमा रहेका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले आफ्ना पूर्व परमाधिपतिलाई ससम्मान स्यालुट चढाए । बसाइका क्रममा पूर्वराजाले एक कप चिया खाएका थिए । उनले भोजन भने गरेनन् । अन्त्यमा हँसिलो मुद्रामा उठेर सबैलाई नमस्कार गर्दै अगाडि बढेपछि नजिकैको कुर्सीमा रहेकी प्रधानन्यायाधीश सुशीला कार्कीले उठेर प्रत्युत्तरमा नमस्कार गरिन् । शनिबार बेलुकामात्र राष्ट्रपतिको छोरीको बिहेमा निम्ता पाएका पूर्वराजाका तर्फबाट उनी बरबधुलाई आशिर्वाद दिन आउने सूचना आइतबार नै पठाइएको थियो । यद्यपि सर्वसाधारणमाझ आइतबारसम्म उनी शीतलनिवास आउलान् कि नआउलान् भन्ने अड्कलबाजी थियो भने सोमबार उनी पुगिसकेपछि भने सामाजिक सञ्जालमा त्यसबारे प्रसस्त राजनीतिक टिकाटिप्पणी देखिए । कसैले पूर्वराजा शीतलनिवास जानुलाई उनले गणतन्त्र नेपालको उच्चतम ओहदामा आसीन व्यक्तिको निवासमा पुगेर गणतन्त्रलाई स्वीकार गरेको बताए भने केहीले ज्ञानेन्द्रलाई निमन्त्रणा गरेर राष्ट्रपति भण्डारीले निषेध, बहिष्कार र प्रतिशोधको राजनीतिमा तघारो हाल्ने साहस गरेको बताए । राष्ट्रपति भण्डारीसँग नजिक मानिने केपी ओलीको अनुमोदनबिना पूर्वराजालाई शीतलनिवासमा निम्ता गरिएको थिएन भन्नेहरू पनि धेरै छन् । तर, पूर्वराजा शीतलनिवास पुगेका बेला ओली त्यहाँ उपस्थित थिएनन् ।\' निमन्त्रणापत्रमा वरवधुलाई आर्शिवाद दिन नगद वा जिन्सी केही पनि नल्याउनू भनिए पनि पूर्वराजाले आफ्नो परम्पराअनुसार आशिर्वादस्वरूप वधुलाई खाम दिएका थिए । शीतलनिवास त्यही ठाउँ हो जहाँ ४७ वर्षअघि ज्ञानेन्द्र बेहुलाका रूपमा प्रवेश गरी कोमललाई अन्माएर लगेका थिए । यो भवन कुनै बेला चन्द्रशमशेरका छोरा कृष्णशमशेरको दरबार थियो । ज्ञानेन्द्रले राप्रपा नेताहरूसँगको भलाकुसारीका क्रममा आफूले ४७ वर्षअघि कोमललाई अन्माएर यही घरबाट लगेको बताए । राप्रपा नेता राणाले ‘यत्रो वर्ष पो भइसक्यो !’ भन्दै जिज्ञासा राख्दा ज्ञानेन्द्रले स्वीकृतिमा टाउको हल्लाए । २० मिनेट शीतलनिवास बसेका उनी मध्याह्न १२ बजेर ५५ मिनेटमा बाहिरिए । हँसिलो मुद्रामा शीतलनिवासबाट बा ४ च ३८०७ नम्बरको गाडीमा उनी निस्किएका थिए । विवाहका लागि सिँगारिएको राष्ट्रपति निवासमा ५१ जनामात्र जन्ती पुगेका थिए । बोलाइएका पाहुनाका लागि राष्ट्रपति कार्यालयले दुई बजेसम्मको समय निर्धारण गरेको थियो । कार्यक्रममा विभिन्न पार्टीका नेता, सुरक्षा निकायका अधिकारी, विदेशी नियोगका प्रमुख तथा प्रतिनिधि सहभागी थिए । नेपालका लागि भारतीय राजदूत रन्जित रे भने शीतलनिवास परिसरमा झन्डै एक घन्टा बसेका थिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies