Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

न्यायाधीश नियुक्ति सच्याउन नयाँ शक्तिको माग

\"\" काठमाडाैँ, ३ माघ । न्याय परिषदले गत पुस २८ गते मध्य राति उच्च अदालतका न्यायाधीशहरु नियुक्त गर्ने सिफारिसको प्रति नयाँ शक्ति पार्टी नेपालको कानून, न्याय तथा मानव अधिकार विभागले आपत्ति जनाएको छ । विभागले आज विज्ञप्ति जारी गर्दै नियुक्तिप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउदै नयायापरिषदको निर्णयले न्यायपालिका जनताको अभिभावकको रुपमा विश्वमै प्रचलित मान्यता तथा स्वतन्त्र, निर्भिक र गरिमामय संस्थाको रुपमा स्थापित हुनुपर्ने मान्यतालाई उपेक्षा गरेको जनाएको छ । उसले जारी गरेको विज्ञप्तिमा भनिएको छ ,‘कानूनले निर्दिष्ट गरेको ५ जना सदस्य मध्ये २ जना सदस्यहरुको अनुपस्थितिमा गरेको निर्णयले न्याय परिषद न्यायाधीश नियुक्तिको श्रृङखलामा झन थप विवादित हुन पुगेको छ ।’ कानून मन्त्रीको अभिव्यक्ति, २ सदस्यहरुको अनुपस्थिति र स्वयम् बारको प्रतिनिधित्व गर्ने सदस्यको सार्वजनिक अभिब्यक्तिहरुले न्यायाधीश नियुक्ति प्रक्रिया मापदण्डविहिन राजनैतिक हस्तक्षेप, अपारदर्शी र भागवण्डाको संस्कृतिले गाजिँएको प्रष्ट देखिएको नयाँ शक्तिको ठहर छ । नयाँ शक्तिले ८० जना उच्च अदालतमा न्यायाधीश नियुक्ति हुदाँ नेपालको कुल जनसंख्याको ५० प्रतिशत भन्दा बढी ओगटेका महिलातर्फ ६ जना न्यायाधीश मात्र नियुक्ति गर्नुले संविधानको धारा १४० र न्यायपरिषद ऐन २०७३ को दाफा ५(१) को समानुपातिक र समाबेशिको संवैधानिक एवम् कानुनी प्रावधान उल्लङघन भएको जनाएको छ । नयाँ शक्तिले गम्भिर र त्रुटिपुर्ण परिषदको निर्णय सच्चयउँन माग समेत गरेको छ । न्यायपरिषद बाटै घटित पार्टीका बिभाग प्रमुख मुक्ति प्रधानले जारी गरेको विज्ञप्तिमा यस घटनाले सिङगो न्यायिक जगत, विधिको शासन एवम् आम न्यायको पक्षधर जनतालाई दुखित तुल्याएको उल्लेख पनि गरिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies