Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

नेपालको जलविद्युत्मा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई प्रचण्डको आग्रह

\"\"

काठमाडौँ, ३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेपालको जलविद्युत् क्षेत्रमा लगानीका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् ।

संयुक्त अरब इमिरेटस् (युएइ)को अबुधाबीमा जारी ‘वल्र्ड फ्युचर इनर्जी समिट, २०१७’(विश्व भविष्य ऊर्जा शिखर सम्मेलन) लाई विशेष वक्ताका रुपमा सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकारले जलविद्युत् क्षेत्रको विकासमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन लक्ष्यका साथ काम गरिरहेकाले लगानीको वातावरण तयार भएको बताएका हुन् । नेपालले एक सय पाँच वर्ष पहिले विद्युत् उत्पादन सुरु गरेको तथ्य पेस गर्दै प्रधानमन्त्रीले सो समयमा विश्वका कम मात्रै मुलुकमा विद्युत् उत्पादन सुरु नभएको स्पष्ट पारे ।

नेपालमा ८३ हजार मेगावाट विद्युत् उत्पादनको सम्भावना भए पनि प्राविधिक रुपमा ४२ हजार मेगावाट उत्पादन गर्न सकिने भएकाले लगानीका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरे ।

नेपाललाई सन् २०२२ सम्ममा विकासशील राष्ट्रमा स्तरोन्नति गर्नका लागि पनि आर्थिक विकास र समृद्धि जरुरी रहेको र त्यसको महत्वपूर्ण आधार नै जलविद्युत् क्षेत्र भएकाले लगानी बढाउनुपर्ने प्रधानमन्त्रीको जोड थियो ।

“ऊर्जाको आवश्यकताको दिगो रुपले समाधान नगर्ने हो भने हाम्रा विकासका आयाम असफल हुनेछन्, ऊर्जा विकास र मानवताका लागि जीवन प्रदायक वस्तु हो । दुर्भाग्य छ कि पाँच जनामा एक नागरिक आफैँ आधुनिक ऊर्जाबाट वञ्चित छ, ६५ प्रतिशत हरितगृह ग्यास उत्सर्जन हाम्रो कार्बनमुखी ऊर्जा खपतले हुने गरेको छ” उनले भने ।

सबैको पहुँच, भरपर्दो, दिगो र आधुनिक ऊर्जाको निश्चितताको आवश्यकता रहेकामा जोड दिँदै उहाँले भविष्यमा हाम्रा सन्ततिले हाम्रा प्रतिबद्धतालाई शङ्का नगरुन् भन्नाका लागि विगतमा गरिएका प्रतिज्ञा र प्रतिबद्धतालाई लागू गर्नुपर्ने बेला आएको बताए । प्रधानमन्त्रीले भने, “परम्परागत ऊर्जामा निर्भर भएको अर्थतन्त्रले जलवायु परिवर्तनको नकारात्मक असरबाट पृथ्वीलाई बचाउन सक्ने छैन । नकारात्मक असरबाट बच्न र ऊर्जा सुरक्षा गर्न तथा हरित अर्थतन्त्रका लागि पनि सफा ऊर्जा (सौर्य, जल, हावा) को आवश्यकता छ, जसले मानव सुरक्षाको प्रत्याभूत गर्नेछ” उनले भने । आफ्नो नेतृत्वको सरकार गठन हुनु अगाडि वर्षाैदेखि दैनिक १२ देखि १६ घन्टा विद्युत् कटौती हुने गरेको तथ्य पेस गर्दै प्रधानमन्त्रीले आपूर्ति प्रणाली सुदृढ गरी हाल विद्युत्भार कटौती पूर्ण रुपले हटाउन सफल भएको उल्लेख गरे।

पुनःनवीकरणीय ऊर्जा नै हाम्रा लागि दिगो स्रोत भएको स्पष्ट पार्दै प्रधानमन्त्रीले परम्परागत ऊर्जा कुनै पनि अर्थमा दिगो स्रोत हुनै नसक्ने बताए ।

नेपालमा जलविद्युत् र सौर्य ऊर्जा आदिको प्रचुर स्रोतको उपयोग, परिचालन गरिए समग्र दक्षिण एसियाको माग आपूर्ति गर्न नेपाल सक्षम हुने विश्वास उनले व्यक्त गरे । सन् २०२२ सम्म विकासशील राष्ट्र र २०३० सम्म मध्यमस्तरको विकसित राष्ट्र बनाउन पनि जलविद्युत् क्षेत्रको विकासमा जोड दिइएको बताउँदै उनले सन् २०४० सम्म २५,००० मेगावाट विद्युत् उत्पादन गर्नैपर्ने औँल्याए । नेपालको ऊर्जा क्षेत्रमा लगानीको प्रचुर सम्भावना रहेको तथा यातायात र अन्य पूर्वाधारका परियोजना अगाडि बढिरहेकाले ऊर्जा क्षेत्रको विकासमा समेत टेवा पुग्ने प्रधानमन्त्रीको कथन थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies