Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

गरिबको एउटा छोरा जो शिक्षक हुँदै न्यायाधीस बने

[caption id=\"attachment_113087\" align=\"alignleft\" width=\"480\"] टंक गुरुङ[/caption] डोटी, ३ माघ । बिहिबार न्याय परिषद्ले उच्च अदालतका लागि गरेको ८० जना न्यायाधिस सिफारिसमा डोटीका टंक गुरुङ पनि परेका छन् । ८० जना न्यायाधिस सिफारिस भएकाहरुमध्ये उनी कानुन ब्यवसायीको तर्फबाट नियुक्त भएका हुन् । सुर्खेत उच्च अदालतका लागि न्यायाधीसमा सिफारिस भएका छन् । डोटी जिल्ला सदरमुकाम सिलगढीस्थित दिपायल सिलगढी नगरपालिका २ बिच बजारमा सामान्य गरिब परिवारमा जन्मेका गुरुङ न्यायाधिसमा सिफारिस भएपछि अहिले उनको परिवारमा निकै खुशी छाएको छ । बिहिबार राती १० बजे न्याय परिषद्को निर्णयको नतिजा थाहा पाउने बित्तिकै खुशी भएका उनका परिवार रातभर जाग्राम बसेर आफन्तजन सबैलाई फोन मार्फत खुशी साटी रहेका थिए भने शुभेच्छुकहरुले पनि फोन मार्फत बधाई दिएपछि निकै हर्षित भएका थिए । सामान्य घर परिवारमा जन्मे हुर्केका उनी उच्च अदालतको बिशिष्ट पदमा नियुक्त भएपछि अहिले सदरमुकाम सिलगढी खुशीमय बन्नुका साथै सिलगढीबासीमा निकै उत्साह छाएको छ । डोटी जस्तो बिकट ठाउँमा जन्मेहुर्केर निरन्तर कानुनी सेवामा लागेका ईमान्दार गरिबको छोरा न्यायाधिस जस्तो बिशिष्ट श्रेणीमा नियुक्त भएको भन्दै बिहानदेखी साझँसम्म उनको घरमा गएर बधाई दिनेहरुको भिड नै लाग्ने गरेको छ । आफन्त, ईष्टमित्र, छिमेकी र शुभेच्छुकहरुले फूलमाला र अबिर लगाई बधाई दिईरहेका छन् । शुक्रबार उनलाई डोटी बहुमुखी क्याम्पस डोटीले सम्मान गरी बिदाई गरेको छ । समाज सेवा डोटीले पनि सम्मान गरेको छ भने सोही दिन जिल्ला अदालत डोटी र जिल्ला बार एशोसिएशनले पनि सम्मान गरेको थियो । त्यसैगरी आईतबार उच्च अदालत दिपायलले राजपुरमा सम्मान तथा बिदाई गरेको छ । डोटी जिल्ला सदरमुकाम सिलगढीस्थित दिपायल सिलगढी नगरपालिका २ ईन्द्रचोकमा बुवा स्व.मेघराज र आमा ललितादेबी गुरुङको कोखबाट छैटौ सन्तानको रुपमा मिति ०२९ असार ५ गते जन्मेका टंक गुरुङका तीन जना दीदी एउटा बहिनी र दुई जना दाजु छन् । आफ्नो सम्पूर्ण अध्ययन पुरा गरी ३५ बर्षको उमेरमा ०६४ साल फागुन १९ गते भिमदत्त नगरपालिका भासीकी मञ्जु गुरुङसंग हिन्दु परम्परा अनुसार बिवाह बन्धनमा बाधिएका उनका ८ र ६ बर्षका दुई छोरा छन् । बुवा सामान्य लेखापढीको काम गर्ने र घर परिवारको आर्थिक अबस्था पनि निकै कमजोर भएका कारण उनि सरकारी बिद्यालयमै अध्ययन गरि उच्च शिक्षा हासिल गरेका हुन् । ००४ सालमा पद्य शम्शेर राणाले स्थापना गरेको सिलगढीकै सबैभन्दा पुरानो सरकारी बिद्यालय श्री पद्य पब्लिक माध्यमिक बिद्यालयबाट ०४७ सालमा एसएलसि परिक्षा उर्तिण गरि डोटी बहुमुखि क्याम्पस डोटीबाट ०४९ सालमा आइ एल उर्तिण गरेका उनले महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजबाट ०५३ सालमा बिएल उर्तिण गरेका हुन् । भने ०५५ सालमा त्रिभुबन बिश्व बिद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । उनका बुवा स्वं.मेघराज गुरुङ पनि डोटीका चर्चित लेखापढी ब्ययसायी हुन् । बुवाको लेखापढी ब्यवसायबाट प्रभावित भई बाल्यकालदेखीनै न्याय क्षेत्रमा काम गर्ने उदेश्यलले ०५४ सालमा कानुन ब्यवसायी परिषद्बाट कानुन ब्यवसायी (अधिबक्ता) को लाईसेन्स प्राप्त गरि निरन्तर रुपमा अधिबक्ताको रुपमा कार्यरत गुरुङले १९ बर्षको अबधीमा धेरै गरिब,पिडितहरुलाई न्याय दिलाएका छन् । गरिब,पिडितको आखाको आँशु पुछेका उनी धेरैको रोजाईका अधिबक्ता थिए । त्यसैले त उनलाई कहिल्यै मुद्धा खोज्दै अरुका जानु पर्ने अबस्था भएन । टंक गुरुङले लडेको मुद्धा जितिन्छ भन्ने सबैमा छाप परेको थियो त्यसैले उनि अधिबक्ताको रुपमा डोटीमा मात्र सिमित भएनन् । अछाम, बझांग, बाजुरा, कंचनपुर, कैलालीमा समेत उनले वकालत गरेर धेरैलाई न्याय दिलाउन सफल भएका छन् । सुदूर पश्चिमका ९ जिल्लाहरुबाट पुनराबेदनका लागि उच्च अदालत दिपायलमा मुद्धा आउँदा उनी भन्दा जेष्ठ अधिबक्ताहरुले उनलाई नै मुद्धा हेर्न अनुरोध गर्ने गरेका थिए । सामान्य गरिब परिवारमा जन्मेर कानुन ब्यवसायीको रुपमा मात्र सिमित नभई मानबअधिकारकर्मीको रुपमा समेत परिचित उनले अन्यायमा परेका गरिबहरुकै मुद्धा बढी हेर्ने गरेका थिए । उनले हेरेका मुद्धा अपबाद बाहेक सबै सफल भएका छन् । बोल्दा नरम अनि निकै मिजासिला स्वभावका उनि गरिबहरु न्यायका लागि आय निशुल्क समेत मुद्धा लडि दिन्थे । गुरुङ अधिबक्ताको रुपमा मात्र सक्रिय नभई ०५९ साल भदौ १ गतेदेखी निरन्तर रुपमा डोटी बहुमुखि क्याम्पस डोटीमा प्राध्यापन गर्दै आएका छन् । मानबिकी संकाय अन्र्तगत स्नातक तहलाई राजनीतिशास्त्र र ब्यवस्थापन संकाय अन्र्तगत बाणिज्य कानुन अध्यापन गराउदै आएका छन् । उनका बुवाको ०६६ साल भदौमा ७७ बर्षको उमेर र आमाको ०६२ साल पौष महिनामा ७३ बर्षको उमेरमा निधन भइसकेको छ । ०५० साल बैशाख २१ देखी मंसिर मसान्तसम्म सात महिना डोटीकै लडागडा गाविसस्थित सरस्वती प्रावि गोदडामा प्रअको जिम्मेवारी सम्हालेका उनले उच्च शिक्षा अध्ययनका लागि स्थायी शिक्षक पदबाट राजिनामा गरि कानुन बिषय अध्ययनका लागि नेपालगंज गएका थिए । ०५३ सालमा कानुन बिषयमा स्नातक गरेपछि उनले ०५४ सालमा कानुन ब्यवसायी परिषद्बाट कानुन ब्यवसायी (अधिबक्ता) को लाईसेन्स प्राप्त गरेका हुन् । उनको अधिबक्ता प्र.पं.सं.५८८७ हो । डोटीमा क्रियाशिल अहिलेका सहकर्मी अधिबक्ताहरुमध्ये उनि पुराना अधिबक्ता हुन् । अधिबक्ताको रुपमा निरन्तर काम थालेदेखी निर्भिक, आफनो पेशाप्रतिको निष्ठा, लगनशिलता र मेहनतले गर्दानै उनि ४४ बर्षको उमेरमा न्यायमूर्ति बन्न सफल भएका हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies