Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

गोल्ची, चौरीखर्क र हामी

\"\"यात्राको कुनै योजना थिएन । अघिल्लो दिन म संयोगले सिन्धुपाल्चोकको चौतारा आइपुगेको थिएँ । बिहानीको ६ नबज्दै नयाँ पत्रीकाका रामकृष्ण थापा दाईको फोनले ब्युझिँएको थिएँ । उहाँले भन्नुभभो ‘मार्मिङ जाउँ रिर्पोटिङ पनि हुन्छ र घुम्न पनि’ । घुम्न पाउने भएपछि इन्कार गर्ने कुरै थिएन । केही समयमा नै झोला बोकेर प्रेसचोकमा निस्ँके । उहाँको साथ पहिलेदेखि राम्रो लाग्थ्यो । झण्डै तीन घण्टाको बसको कष्टमय यात्रापछि हामी बाह्रबिसे चण्डेश्वरी गेष्ट हाउसमा पुग्यौ । बिहानै चिया तरकारीमा भोक मेटाएका हामी त्यन्हा पुगेर खाना खायांै । इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरिक्षक राजु पाण्डे सरसग भेट्यौ । उहाँले आफैले इलाका प्रहरीको सवारीमा हामीलाई चाकु बजार पुर्याइदिन भन्नुभयो । हामीले नर्कान सकेनौ केही समयमा नै हामी चाकु बजारको चाकु हाइड्रो पावर जाने बाटोमा पुगेर हामी रोकियौ । केही समयमा नै हाम्रो पैदल यात्रा सुरु भयो । निरज चौलागाई, रामकृष्ण थापा र म हाम्रो मूल उदेश्य थियो गोल्चीमा रहेको चौरीखर्क, गोठ र हिउँको मज्जा लिनु । आधा घण्टाको पैदल यात्रापछि हामीले बल्लतल्ल एउटा बोलेरो पायौ । त्यसमा चढेर झण्डै चार घण्टाको बोलेरोको यात्रापछि हामी मार्मिङको गोल्चीमा पुग्यौ । \"\" झण्डै पैत्तिस फिटको उचाइमा रहेको मार्मिङको गोल्चीमा हामी पुग्दा थाकिसकेका थियौ । चिसोले कठ्ङयाग्रीएकाले हात ज्यान नै चिसो हिममा सुते सरह भयो । मोबाइलको नेटवर्क खोज्न प्राचिन देविको मन्दिरमा पुग्नुप¥यो । पवित्र मानिने देविको मन्दिरमा सय वर्षअगाडी ज्वाला आएर खसेको मार्मिङका स्थानीयहरु बताउँछन् । जहाँ अझै महादेवले तपस्या गरेका पहाडी टुक्रा अवशेषको रुपमा रहेको छ । मार्मिङमा पुग्ने बित्तिकै झण्डै ६ बजिसकेको थियो । बिचमा पसल नभएकाले खाजा बिना यात्रा गरेका हामी भोकले रन्थनिएका थियौ । मेरो मित ममीको गोल्चीमा घर छ भनेको सुनेपछि म ढुक्क भए अलपत्र हँुदैनौ भनेर । पहिले हाम्रो निरोज जीको यात्रा योजना अनुसार चन्द्रखु जाने कुरा थियो । ज्यादै टाढा पर्ने र बासका ठेगान नभएपछि हामीले गोल्चीमा बाटो सोध्दै अन्योलको भरमा गोल्ची फेदीमा पुगेर बल्ल बोलेरो पाएका थियौ । गोल्चीमा सोध्दै खोज्दै मित ममीको पसलमा पुग्यौ । लाक्पा तामाङ दाईले खुब सहयोग गर्नुभयो हामीलाई त्यहाँ पुर्याउन् । हामी पसलमा पुग्नेबित्तिकै ममीसग परिचय भयो । जाडोले काँपेका हामीले गोल्चीमा लोकप्रिय शुद्ध तोङबा खायौं । मैले पहिलो पटह जिन्दगीमा तोङबा ताने । आउँदा भेटिएका कथा संग्रहबारे छलफल भयो । आउँदा नादुङ तामाङ भेटिएका थिए । नाका बन्द भएपछि बेरोजगार भएका उनको चारजनाको परिवार अझै पालमा छन् । \"\" त्यसपछि लाक्पा दाईकोमा हामी सुत्ने बन्दोबस्त मिलायौ । खाना खाएर सुत्ने तरखरमा हामी लाग्यौ । थकानले निरोज र म निदाइसकेका थियौ । अचानक २ बजेतिर राती रामकृष्ण दाईको विषादपुर्ण आवाजले हाम्रो निन्द्रा टुट्यो । रामकृष्ण दाईले अक्सिजन पुगेन साथिहरु भनेर भन्नुभएपछि हाम्रो निन्द्रा सबै टुट्यो । किनकी नजिकै स्वास्थ्य चौकी थिएन् । औषधीको नाममा केही थिएन हामीसंग । दुवैले उठेर दाईलाई ढाडस दिएपछि दाई हल्का ठिक हुनुभयो । हामी ढुक्क भयांै । भोलिपल्ट बिहानै मित ममीले मकै भटमास भूटिदिनु भएकोले खादै चौरीखर्क तर्फ लाग्यौं । ठाउँ देखाउन लाक्पा दाई र अरु गोल्चीका स्थानीयले साथ दिएका थिए । तीन घण्टाको लेकाली जंगलको यात्रापछि हामी सिन्धुर्जेको खर्कमा पुग्यौ । चिसो मौसममा, चरिरहेका चौरीगाई र गोरुहरु, चौरीगाईको दुध दुहुँदै गरेकी रुकमाया शेर्पा (६३ ) ले हामीलाई स्वागत गरिन् । मूस्किलले गोठाला बाहेक गाउँले मात्रै पुग्ने गरेको लेकको चौरीखर्कमा सञ्चारकर्मी आएकोमा अचम्म मानिन् रुकमायाले । स्वागत गरेर चौरीको दुध, मोही खायां । लेकको चर्चित मानिने चिज छुर्पी मैले तीन लाप्सा किनेर झोलामा राखे । दाई र निरोजजीले एक लाप्सा लिनुभयो । हाम्रो खर्क र चौरीगाई गोठ, लेकको डाँडा हेर्ने रहर पुरा भएको थिएन् । शितले भरिएको असिनाको थुप्रोमा सेल्फि, ग्रुप फोटो लिदै हाम्रो यात्रा अझै गहिरिदै गयो । सिन्धुर्जेडाँडामा पुगेर बाह्रबिसे र झण्डै सिन्धुपाल्चोकको पहाडहरु प्रष्ट देखिन्थ्यो । थेमाङफोले, यार्के, यार्सादेखि झण्डै १५ वटा चौरीखर्क डुलिसकेपछि हाम्रो चौरीको यात्रा पुगेकाले फर्किने तर्खरमा पुग्यौं । हामी फर्कन त फर्किने कहाँबाट अन्योलमा थियौ हामी । गोल्ची गाउँबाट झण्डै चार किलोमिटर पर पुगेपछि फर्कन ढिलो भएकाले हामी लेकको जंगलको बाटो हुदै फर्किने निर्णयमा पुग्यौ । थेमाङफोले डाँडाबाट हुँदै हामी झर्न थाल्यौ । लाक्पा दाईको टोलीले हामीलाई बाटो देखाईदिए । ओरालो कुनै खाबो घिसारेजस्तो देखिने डोबको भरमा अन्योलग्रस्त बाटो हामी कूदन थाल्यौ । दुई घण्टाको कुदाईपछि एउटा समथर मैदानमा पुग्यौ । तीन वटा बाटोमा कता जाने भ्रममा पर्यौ । धेरै मान्छे हिडेको डोब देखिएपछि अगाडीको बाटो लाग्यौ । अनुमानको भरमा दौडीएका हामी गाती पुगिसकेका रहेछौ । गातीमा सोध्दै खोज्दै हामी बाटो पहिल्याउदै बाह्रबिसे बजार पुग्ने एक बोलेरो पाएपछि त्यसमा चढ्यौ र बाह्रबिसे आइपुग्यौ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies