Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

प्रधानन्यायाधीशलाई एक बन्दीको प्रश्न : ‘नगरेको अपराधमा कहिलेसम्म जेल बस्नुपर्ने हो मैले ?’

\"\"प्रधानन्यायाधीश पदमा नियुक्त भएपछि सुशीला कार्कीले सार्वजनिक कार्यक्रममा पटक–पटक दोहो¥याएर भनिन्, “बरु १० जना दोषी छुटुन्, एकजना पनि निर्दोष नपरून् ।” प्रधानन्यायाधीशको यो भनाइले नगरेको अपराधमा सजाय भोगिरहेका व्यक्तिलाई मुलुकको न्यायप्रणालीप्रति आशा र भरोसा जगाउनु स्वाभाविक थियो । २८ मंसीर २०७३ मा सेतोपाटी अनलाइनले राष्ट्रिय समाचार समितिको एउटा समाचार छापेको छ । समाचार प्रधानन्यायाधीश कार्कीले २७ मंसीरमा चितवनको सौराहामा ‘फौजदारी न्यायप्रणालीमा नागरिकको प्रतिरक्षा सम्बन्धी अधिकार’ विषयमा न्यायाधीशहरूको दुईदिने सम्मेलनमा गरेको सम्बोधनको विषयमा छ । समाचारमा प्रधानन्यायाधीशले ‘निर्दोष व्यक्ति नपर्ने गरी न्यायसम्पादन गर्न र निर्दोष मान्छे नपरोस् भनेर विचार गर्न समेत न्यायाधीशहरूलाई आग्रह गरेको’ उल्लेख छ । अहिले कार्की प्रधानन्यायाधीश भएको १० महीना पुगेको छ । अब पुग–नपुग चार महीनामा उनी अवकाश हुनेछिन् । तर, प्रधानन्यायाधीश कार्कीको भनाइ जति स्पष्ट, तार्किक र मार्मिक छ गराई त्यसअनुरुप देखिइरहेको छैन । त्यसको एउटा उदाहरण हो, साविक पदमपोखरी गाविस वडा नं. ४ र हाल हेटौंडा उप–महानगरपालिका वडा १३ का ‘शक्ते’ भन्ने शशिकुमार तितुङको मानव बेचबिखन सम्बन्धी मुद्दा । ६ पुस २०७१ मा सर्वोच्च अदालतमा दर्ता भएर १५ असार २०७३ मा पहिलो पटक पेशीमा चढेको उक्त मुद्दा अहिलेसम्म पाँच पटक पेशीमा चढे पनि चार पटक पालो नआएर स¥यो । आफूले गर्दै नगरेको अपराधमा मकवानपुरको भीमफेदी कारागारमा साढे चार वर्षदेखि जेल जीवन विताइरहेका ‘शक्ते’ भन्ने शशिकुमार तितुङ्ग प्रधानन्यायाधीशले बोलेका भाषण रेडियोमा सुनेर आफूले नगरेको अपराधबाट छुट्कारा पाइने आशामा छन् । “निर्दोष मान्छे नपरुन् भन्ने न्यायाधीशज्यूको भाषण सुनेर आश जागेको छ” कारागारमा रहेका ‘शक्ते’ भन्छन्, “मुद्दाको पालो नै आएन, नगरेको अपराधमा कहिलेसम्म जेल बस्नुपर्ने हो मैले ?” [caption id=\"attachment_112973\" align=\"alignleft\" width=\"600\"] कान्तिपुरमा प्रकाशित समाचार[/caption] हुन पनि १५ असार २०७३ मा प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश गोपाल पराजुलीको बेञ्चमा परेको उक्त मुद्दाको पालो नै आएन । दोस्रो पटक ६ भदौ २०७३ मा दीपककुमार कार्की र ईश्वर खतिवडाको बेञ्चमा परेको सो मुद्दालाई हेर्न नभ्याइने भन्दै सारियो । ७ कात्तिक २०७३ मा गोपालप्रसाद पराजुली र सपना प्रधान मल्लको बेञ्चबाट झगडिया झिकाउने आदेश भयो भने ९ मंसीरमा परेको अर्को पेशीमा हेर्न नमिल्ने भनेर सारियो । ११ पुसमा न्यायाधीश शारदाप्रसाद घिमिरे र मीरा खड्काको इजलासमा परेर हेर्न नभ्याइएको उक्त मुद्दाको अबको पेशी १२ माघ २०७३ का दिन तोकिएको छ । १२ वैशाख २०६९ मा मानव बेचबिखन आरोपमा प्रहरीले उनलाई घरबाट पक्राउ गरेको थियो । गाउँघरमा साइकल मर्मत गर्ने, चियापसल चलाउने र माछा बेचेर गुजारा गर्ने उनी जेल पर्नुको कारण भने रमाइलो छ । [caption id=\"attachment_112974\" align=\"alignleft\" width=\"336\"] सिफारिश[/caption] घटना २०४६ साल भदौको हो । मकवानपुर मनहरी गाविसका सीताराम थिङ, उनकी श्रीमती विन्दिया र विन्दियाकी फुपू काठमाडौंको एउटा गलैंचा कारखानामा काम गर्दा रहेछन् । पदमपोखरी गाविस वडा नम्बर १ बस्ने श्यामकुमार बम्जन, विन्दियाका श्रीमान् र मकवानपुरकै अर्को एकजना ‘सत्य’ भन्ने व्यक्तिले ‘भारतमा राम्रो तलब पाइन्छ काम गर्न जाऊँ’ भनेर उनीहरूलाई मुम्बई पु¥याएका रहेछन् । २२ वर्षसम्म उनीहरू बेचिएको चर्चा कहींकतै भएन । २२ वर्षपछि विन्दिया नेपाल फर्किइन् र आफूलाई बेच्ने श्रीमान् सीताराम थिङ, श्यामबहादुर बम्जन र ‘सत्य’ भन्ने व्यक्ति विरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दा हालिन् । सीताराम र श्यामबहादुरलाई पक्राउ गरेपछि ‘सत्य’ भन्ने व्यक्ति खोजिरहेको प्रहरीले गाउँघरमा ‘शक्ते’ भनेर चिनिने शशिकुमार तितुङलाई १२ वैशाख २०६९ मा पक्राउ ग¥यो । पक्राउ परेपछि उनले आफ्नो नाम शशिकुमार तितुङ ‘शक्ते’ भएको बताए । तर, उनको कुरा न प्रहरीले सुन्यो न सरकारी वकील र न्यायाधीशले । ‘सत्य’ का नाममा ‘शक्ते’ फसे । अपराधी खोज्नका अल्छीले प्रहरीले निर्दोष मानिस फसाएको भनेर शक्तेका छिमेकी र गाउँघरका मानिसहरू अहिले पनि बोल्न तयार छन् । गाउँघरमा बोलाउने ‘शक्ते’ र शशिकुमार तितुङ भन्ने व्यक्ति एउटै भएको भनेर हेटौंडा उप–महानगरपालिका, संयुक्त वडा कार्यालयले प्रमाणित गरेर सिफारिश समेत गरेको छ । (हे. सिफारिश पत्र) मानव बेचबिखन अपराधमा ‘शक्ते’ को संलग्नता छैन भनेर गाउँघरका जो–कोही बताउन तयार छन् । ‘शक्ते’ लाई सानैदेखि जाने बुझेका पदमपोखरी गाविसका बासिन्दा र समाजका अगुवा समेत निर्दोष मानिस फसाइएको बताइरहेका छन् । बेचबिखनमा परेकी विन्दियाले (मृत्यु भइसकेकी) समेत मकवानपुर जिल्ला अदालतमा गरेको बयानमा आफूलाई बेच्ने व्यक्ति ‘शक्ते’ नभएको भन्दै आफूले निर्दोष व्यक्तिलाई नफसाउने बताएकी थिइन् । अनौपचारिक कुराकानीमा पदमपोखरीका स्थानीयहरू सो अपराधमा संलग्न भएको हुनसक्ने अनुमान गरिएको ‘सत्य’ भन्ने अर्कै व्यक्ति गाउँमा छ भनेर पनि बताउन तयार छन् । तर, अनुसन्धान प्रक्रियामा भएको लापरबाही र त्रुटि अनि कानून र प्रमाणको विश्लेषणमा गरिएको कमजोरीका कारण अपराधमा संलग्न नहुँदानहुँदै पनि उनी अहिले भीमफेदी कारागारमा सजाय भोगिरहेका छन् । ‘बरु दोषी छुटुन् एकजना पनि निर्दोष नपरुन्’ भन्ने प्रधानन्यायाधीश सुशीला कार्कीको भनाइ सुनेदेखि ‘शक्ते’ का आँखा सर्वोच्च अदालततिरै छन् । खोज पत्रकारिता केन्द्रबाट साभार
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies