Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

राष्ट्रपतिको हैसियत र पूर्वराजालाई निम्तो !

\"\" काठमाडौं, ३ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमवार भब्य समारोहकाबीच आफ्नी छोरीको विवाह गर्दैछिन् । राष्ट्रपति भवन शितल निवासबाटै आफ्नी कान्छी छोरी निशाकुसुमलाई अन्माउने तयारी गरेकी राष्ट्रपतिको चर्चा यतिखेल निकै ब्यापक भइरहेको छ । वैवाहिक समारोह अर्थपूर्ण पनि हुने भएको छ । शितल निवासबाटै छोरीको विवाह गर्ने भएकाले मात्रै होइन कि राष्ट्रपति भण्डारी पहाडी समुदायकी भएर मधेसी समुदायका केटालाई छोरी दिँदैछिन् । कम्युनिष्ट क्लासबाट हुर्किएकी भण्डारीले मधेसी समुदायका केटालाई छोरी दिनुलाई सामान्य रुपले नै हेरिएको छ । तर फरक यति छ कि उनले एउटा सामान्य मधेसी समुदायका परिवारमा छोरी दिने तयारी गरेकी भने होइनन् । भण्डारीले आफ्नो हैसियतअनुसार नै पूर्व राष्ट्रपति डा.रामवरण यादवका आफन्तलाई छोरी दिँदैछिन् । पूर्व राष्ट्रपति यादवका नाती पर्ने अभिषेक यादवसँग राष्ट्रपति भण्डारीकी कान्छी छोरी निशाकुसुमको विवाह हुँदैछ । अभिषेकसँग केही महिनाअघि नै विवाहका लागि इङगेजमेन्ट गरिएको थियो । जननेता भनेर चिनिएका मदन भण्डारीकी पत्नी विद्या भण्डारी राष्ट्रपति भइसकेपछि आफ्नी छोरी पूर्व राष्ट्रपति यादव परिवारमा निधो गरेकी हुन् । यतिबेला नेकपा एमाले मधेसविरोधी भएको भन्दै मधेसवादी दलका नेताहरुले आरोप लगाइरहेका छन् । एमाले संविधान संशोधनको विरुद्धमा उभिएपछि मधेसवादी दलका नेताहरुले एमालेलाई मधेसविरोधीको संज्ञा दिएको छ । एमालेलाई मधेस विरोधीको आरोप लागिरहँदा मधेसी समुदायको परिवारमा राष्ट्रपति भण्डारीले छोरी दिएर मधेसी र पहाडीबीचको सम्बन्धलाई अझ नजिक तुल्याएकी छन् । यो एउटा प्रशंसनीय पनि छ । शितल निवासमा हुन लागेको वैवाहिक समारोहको अर्थ धेरै कोणबाट महत्वपूर्ण छ । जनताबाट निर्वाचित राष्ट्रपतिले शिलत निवासबाट छोरी अन्माउनु मात्र मात्रै महत्वपूर्ण नभई आफ्नो छोरीको विवाहका लागि पूर्वराजा ज्ञानेन्द्रलाई पूर्व महाराजधिराजको हैसियतमा निमन्त्रणा पढाउनुुले पनि विवाह समारोह अर्थपूर्ण मानिएको छ । राष्ट्रपति भण्डारीको निमन्त्रणा स्वीकार गर्दै पूर्वराजा ज्ञानेन्द्र दरबार छाडेपछि पहिलो पटक शितल निवास प्रवेश गरेका थिए । यद्यपी केही समययता मुलुक र राष्ट्रियतामाथि खतरा बढेको भन्दै विभाजनकारी शक्तिहरूलाई परास्त गर्न जनतालाई अपिल गर्दै आएका पूर्वराजा शाह राष्ट्रपतिको निम्तो मान्न शितल निवास आउनुलार्इ अर्थपूर्ण मानिएको छ । राष्ट्रपतिको हैसियतमा रहेर आफ्नी छोरीको विवाह गर्दिन लागेकी भण्डारीले विवाह सामारोहमा अतिविशिष्ट १५ सय ब्यक्तिलाई निमन्त्रणा पठाएकी छन् । विवाहमा बरबधुलाई शुभकामना र आर्शिवाद दिन जानेहरुका लागि कार्ड अनिवार्य गरिएको छ । वैवाहिक समारोह शीतल निवासको कोशी हलमा हुँदैछ । राष्ट्रपति भण्डारीले आफूलाई दरबारकै हैसियतमा रहेर पठाएको निम्तो मान्न कोको सवार भए नालीबेली खुल्दै जानेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies