Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

राहदानीको नवीकरण शुल्क घटाइने

\"\"काठमाडौं, २ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशका काम गर्ने नेपालीले आर्जन गरेको अनुभव र पुँजी नेपालको विकासका लागि आधारशिला भएको बताएका छन् । ‘दसौँ विश्व भविष्य ऊर्जा सम्मेलन’मा भाग लिन संयुक्त अरब इमिरेट्स (युएई) पुग्नुभएका प्रधानमन्त्री दाहालले अबुधाबीस्थित नेपाली दूतावासमा आज भएको अन्तक्र्रिया कार्यक्रममा विदेशमा नेपाली कामदारले बगाएको पसिनाको सदुपयोग होस् भन्नेमा सरकार सचेत छ भने । प्रधानमन्त्री दाहालले राजनीतिक रुपमा राष्ट्रिय एकताका लागि संविधान कार्यान्वयन, आर्थिक रुपमा पूर्वाधार निर्माण र समृद्धिमा सरकारले जोड दिएको बताउनुभएको उनको निजी सचिवालयले जनाएको छ । उनले राष्ट्रिय सहमति बनाएर संविधान कार्यान्वयन गर्नेमा सरकार दृढ रहेको उल्लेख गरे । ऊर्जा सम्मेलनबारे प्रधानमन्त्रीले भने,–‘हामीले वैदेशिक रोजगारीबाट आएको पुँजीलाई विकास आयोजनामा केन्द्रित गर्न खोजेका छौ, म विकासका कामलाई केन्द्रमा राखेर विकासका आयोजनाको अनुगमन गरिरहेको छु ।’ ब्लड मनी (हत्या क्षतिपूर्ति), राहदानीको नवीकरण शुल्क घटाउने लगायत महत्वपूर्ण विषयमा सरकारले काम गरिरहेको जानकारी दिँदै प्रधानमन्त्रीले विदेशमा रहेको नेपालीका समस्या कूटनीतिक र राजनीतिक तवरले सम्बोधन गर्न सरकार लागिपरेको विश्वास दिलाएको उनको सचिवालयले जनाएको छ । भेटमा ऊर्जामन्त्री जनार्दन शर्मा, परराष्ट्र सचिव शङ्करदास वैरागी, युएइका लागि नेपाली कावा राजदूत नेत्रबहादुर टन्डन, शिष्टाचार महापाल दीपक अधिकारीलगायत सहभागी थिए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies