Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

डोनाल्ड ट्रम्पलाई चीनको यस्तो चेतावनी : ट्रम्पले मुख सम्हाल्लान् ?

\"\"बेइजिङ, माघ २ । चीनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चीनका बारेमा सम्हालिएर बोल्न चेतावनी दिएको छ । चिनियाँ विदेश मन्त्रालयले अमेरिकालाई एक चीन नीतिका बारेमा बयानबाजी नगर्न चेतावनी दिएको हो । “एक चीन नीतिमा कुनै सम्झौता हुन्न, न त कुरा नै” चीनको विदेश मन्त्रालयले स्पष्ट पारेको छ । चीन सरकारको विदेश मन्त्रालयको वेभसाइटमा जारी बयानमा “एक चीन नीति अन्तर्गत ताईबानको मुद्दाको संवेदनशीलतालाई बुझ्न ‘सम्बन्धित पक्ष’लाई आग्रह गरिन्छ” भनिएको छ । चीनको यो बयान अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको बयानको प्रत्युत्तरका रुपमा समेत हेरिएको छ । ट्रम्पले हालै मात्र एक चीन नीतिबारे कुरा हुने बताएका थिए । ट्रम्पले ताइवानका राष्ट्रपतिसँग फोनमा समेत कुराकानी गरेको घटनामा चीनले आपत्ती जनाएको थियो । अमेरिका र चीनबीच दक्षिण चीन समुद्रमा सैन्य अभ्यासका विषयमा समेत गम्भीर मतभेद उत्पन्न भएको छ । ओबामा प्रशासनको बेला सम्बन्ध स्थिर रहेको भएपनि डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भए लगत्तै चीन र अमेरिकाबीच तनाव बढेको हो । चीनले आफ्नो सार्वभौमसत्तामाथि कुनै पनि देशको प्रभुत्व स्वीकार नगर्ने स्पष्ट गर्दै अमेरिकालाई चिनियाँ आन्तरिक मामिलामा नबोल्न आग्रह गर्दै आएको छ । “अमेरिका र चीनसम्बन्धको राजनीतिक आधारस्तम्भ हो एक चीन नीति” चीनले भनेको छ, “हामी अमेरिकाका राजनीतिक दलहरुलाई ताइवानको प्रश्नको संवेदनशीलता बुझ्न आग्रह गर्छौं ।” चीनले यसअघिका सबै अमेरिकी राष्ट्रपतिले एक चीन नीतिको समर्थन गरेको बताउँदै अहिले यसबारेमा कुनै कुरा उठ्न नसक्ने समेत बताएको छ । “यो विषयमा कुनै सम्झौता हुँदैन” वेभसाइटमा उल्लेख छ । अमेरिकालाई कहाँ कस्तो सहयोग गर्नुपर्ने हो, आफुहरु तयार भएको तर प्रतिरोधका गर्न पनि पछि नपर्ने चीनले बताएको छ । ट्रम्पको राष्ट्रपति कार्यकालमा चीनसँग तनाव बढ्दै गएको अवस्थामा यसले चीन र अमेरिका दुबैको अर्थतन्त्रमा नै गम्भीर असर पर्ने विश्लेषकहरुले टिप्पणी गरेका छन् । विश्वको दोश्रो ठूलो अर्थतन्त्र र जनसंख्याका दृष्टिले पहिलो चीन र शक्तिशाली अमेरिकाबीच जारी तनावले शत्रुतापूर्ण रुप लिएको खण्डमा यसले विश्व अर्थतन्त्र नै सन् ७० को भन्दा पनि डरलाग्दो आर्थिक मन्दीको खतरा झेल्ने देखिन्छ । कतिपयले ट्रम्पले अतिवादी शक्तिहरुलाई उक्साएर फेरी अर्को युद्ध निम्त्याएर हतियारको व्यापारलाई प्रवद्र्धन गर्न खोजेको आरोप समेत लगाएका छन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies