माघ २ गते, २०७३ आइतवार 15th January, 2017 Sun११:२४:४९ मा प्रकाशित
काठमाडौं, २ माघ । प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको २१ औं खेलमा लिग दावेदार चेल्सी, आर्सनल र टोटनह्यामले सहज जित निकालेका छन् ।
चेल्सीका लागी मार्कोस् एलेन्सोले पहिलो हाफको ६ र दोस्रो हाफको ५१ मिनेटमा गरेको २ गोल र दोस्रो हाफको ७१ औं मिनेटमा पेड्रोले अर्को गोल थपेपछि लिग च्याम्पियन्स लिचेष्टर सिटीमाथि ३–० को जित हासिल गर्यो ।
लिग तालिकाको शिर्ष स्थानमा रहेको चेल्सी अघिल्लो खेलमा टोटनह्यामसँग पराजित हुन पुगेको थियो । यो सँगै ५२ अंकसहित लिग तालिकाको शिर्ष स्थानमा ७ अंकको फराकिलो अग्रता सहित कायम रहेको छ ।
टोटनह्यामले वेष्ट ब्रुमिचलाई ४–० ले हराउँदा लिग तालिकामा ४५ अंक जोड्दै दोस्रो स्थानमा उक्लियो । टोटनह्यामका लागी ह्यारी केनले १२,७७ र ८२ औं मिनेटमा गरी ह्याट्रिक गरे भने १ गोल ब्रुमिचले उपहारस्वरुप टोटनह्यामलाई दियो ।
अर्को खेलमा आर्सनलले निकै कमजोर प्रदर्शन गरिरहेको स्वायन्सा सिटीलाई ४–० ले शानदार जित निकाल्यो । २२ औं मिनेटमा ओलिभर गिराउडले गोल गरे भने ७३ औं मिनेटमा एलेक्सिस सान्चेजले गोल गरे । आर्सनल टोटनह्यामभन्दा भाग्यमानि निस्कियो । स्वायन्साले ५४ औं ६७ औं मिनेटमा गरी २ गोल आत्मघाति गोल गर्यो र आर्सनललाई उपहार स्वरुप दियो ।
यो सँगै आर्सनल पनि समान खेलबाट ४४ अंकसहित लिग तालिकाको शिर्ष स्थानमा उक्लियो ।
यस्तै अन्य खेलहरुमा ब्रुनेलीले साउथहप्टनलाई १–०, हलसिटीले ब्रायनमाउथलाई ३–१, स्टोकसिटीले सण्डरल्याण्डलाई ३–१ र वेष्टह्याम युनाइटेडले क्रिष्टल प्यालेसलाई ३–० ले पराजित गर्यो भने वार्टफोर्ड र मिडल्सवर्गले गोलरहित बराबरी खेले ।
आज आइतबार चिर्चित दुई क्ल म्यानेचेष्टर युनाइटेड र लिभरपुल भिड्दैछन् । यो सिजन यसअघि भएको दुई क्लबबिचको भिडन्तमा दुबै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेल नेपाली समयअनुसार ९ बजेर ४५ मिनेटमा हुनेछ । यसैगरी आजै म्यानचेष्टर सिटी र एभर्टनको पनि खेल हुनेछ । युनाईटेड र लिभरपुलबिच हुने खेलको जित र हारले दुवै टोलीलाई उपाधि दावीमा काफी भुमिका खेल्ने फुटबल विश्लेषकहरुले बताएका छन् ।
समान खेलबाट युनाइटेड ३९ अंकसहित छैटौं स्थानमा छ भने लिभरपुलको ४४ अंक छ । लिभरपुलले जित निकाले अंक तालिकाको दोस्रो स्थानमा पुुग्ने मात्रै छैन चेल्सीसँग रहेको अंकदुरीसमेत ५ मा घट्ने छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: