Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

प्रधानमन्त्री प्रचण्ड युएईमा : यस्तो छ भ्रमण तालिका

\"\"युएई, २ माघ । विश्व उर्जा भविष्यबारे सम्मेलन (वल्ड फ्युचर इनर्जी समिट २०१७ ) मा भाग लिन युएई आइपुगेका छन् । इतिहाद एअरवेजको उडान नं.२९१ को विमानमा युएईको समय अनुसार ८ बजेर ३० मिनेट जाँदा उनी अबुधावी अबतरण गरेका हुन् । प्रधानमन्त्रीको नेतृत्वमा उर्जा मन्त्रि जनार्दन शर्मा सहित युएई आइपुगेको १३ सदस्यीय टोलीलाई शनिवार बेलुका अबुधावी विमानस्थलमा युएईका श्रम मन्त्री डा. शक्र घोबाश सायद घोबाशले स्वागत गरेका थिए । विमानस्थलको विशिष्ठ कक्षमा प्रधानमन्त्रीलाई स्वगत गर्न नेपाली राजदुतावास युएईका कार्यबहाक राजदुत नेत्र टंडन, द्वितिय सचिव कृष्ण अर्याल , अन्य दुतावासका कर्मचारीहरु, एनआरएन युएईका अध्यक्ष सुदिप कार्की, जनप्रगतिशिल मञ्च युएईका अध्यक्ष हेमन्त पौडेल लगायतले स्वागत गरेका थिए । युएईका युवराज शेख मोहमद विन जायद अल नाह्योनको निमन्त्रणमा प्रचण्ड युएई आएका हुन् । युएई बसाइमा प्रधानमन्त्री राजधानी अबुधावीमा रहेको इमिरेट्स प्यालेस होटलमा रहने छन् । चार दिने भ्रमणमा रहेका प्रधानमन्त्रीले युएईमा रहँदा प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलले युएईका युवराज शेख मोहमद विन जायद अल नाह्योन, युएईका प्रधानमन्त्री शेख मोहमद विन रासिद अल मोक्तुम लगायत उच्च पदस्त व्यक्तित्वसँग भेटघाट हुने कार्यक्रम रहेको नेपाली दुतावास युएईका द्वितिय सचिव कृष्ण अर्यालले जानकारी गराए प्रधानमन्त्रीको युईमा रहँदा हुने कार्यक्रमहरु माघ २ आइतबार प्रधानमन्त्रीले अबुधावीमा रहेको शेख जायद ग्रयाण्ड मस्जिदको भ्रमण गर्नेछन् । लगतै नेपाली दुतावासले आयोजना गरेको भेटघाट कार्यक्रममा उपस्थित हुनेछन् भने सोही दिन युएईका प्रधानमन्त्री शेख मोहमद विन रासिद अल मोक्तुमसंग दुबइमा भेटघाट गर्नेछन् । साथै दिउँसो विश्वको सर्बोच्च भवन बुर्ज खलिफा पनि पुग्ने कार्यक्रम रहेको छ । साँझ दुबइमा नेपाली जनप्रगतिशिल मञ्च युएईको र नेपाली विजनेस काउन्सीलको आयोजनामा हुने भेटघाट कार्यक्रममा पनि प्रधानमन्त्री सहितको प्रतिनिधि मण्डलले उपस्थिती रहने छ । भोली नै एनआरएन युएईले प्रधानमन्त्रीलाई युएईमा रहेका नेपालीहरुका समस्याहरुको विषयमा ज्ञापनपत्र बुझाउने कार्यक्रम पनि रहेको एनआरएन युएईका अध्यक्ष सुदिप कार्कीले जानकारी गराएका छन् । माघ ३, सोमबार प्रधानमन्त्री सहितको प्रतिनिधि मण्डल सोमबाबार अबुधावीमा रहेको नेश्नल इजिविसन सेन्टरमा जनवरी १५ देखी जनवरी १९ सम्म सञ्चालन हुने विश्व उर्जा भविष्यबारे सम्मेलन (वल्ड फ्युचर इनर्जी समिट २०१७ ) मा सहभागी हुनेछ । उक्त सम्मेलनलको उद्घाटन शत्रमा प्रधानमन्त्रिले बिशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सोही दिन प्रधानमन्त्रीले युएईका युवराज शेख मोहमद विन जायद अल नाह्योनसँग भेटघाट गर्ने कार्यक्रम छ । साथै उनले युएईका सहायक प्रधानमन्त्री शेख मनसुर विन जायद अल नाह्यनसँग पनि भेटघाट गर्नेछन् । उक्त भेटघाटमा युएईमा रहेका नेपाली कामदारको सामाजिक सुरक्षा , पारिश्रमिक र अन्य सुरक्षाको विषयमा छलफल हुने बताइएको छ । मंगलबार युएईको समय अनुसार विहान १० बजेर ५ मिनेटमा प्रधानमन्त्री इतिहाद एअर को विमान नं. २९० बाट नेपाल प्रस्थान गर्नेछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies