Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

‘बुबाको मृत्युको खबरपछि सहिद परिवार भन्दै भेट्न आउनेको लर्को लाग्थ्यो’

\"\"‘आमाबाबुको मन छोराछोरीमाथि छोराछोरीको मन ढुङ्गामाथि’ भन्ने नेपाली उखान छ । तर सबै यस्तो हुँदैनन् भन्ने उदाहरण बनेकी छन्, रुकुमकी एक युवती । पेशाले नर्स रहेकी रुकुमकी बिजया बीसी माओवादीका पूर्व लडाकु तथा खेलकूदमन्त्री दलजित श्रीपाइलीकी छोरी हुन् । तत्कालिन माओवादी जनयुद्धकालको अनेकौं उतारचढाव झेल्दै शान्ति प्रक्रियामा आइपुग्दा स्टाफ नर्ससम्म अध्ययन पूरा गरिन् । माओवादी युद्धका समय आफूले देखेका र भेटेका घाइतहरुबाट नै विजयालाई डक्टरी पढ्ने इच्छा जाग्यो । तर एमबीएस पढ्ने आर्थिक अवस्था भएपछि स्टाफ नर्स भए पनि पढ्ने सपना बुनिन् । माओवादीले नै सञ्चालन गरेको नमूना जनवादी स्कुलमा अध्ययन गरेकी बिजयालाई स्टाफ नर्स पढ्न पनि सजिलो थिएन । रुकुमको विकट महत गाविसमा जन्मिएर जनयुद्धको ह्याङमा कहिले रुकुम त कहिले कालिकोटमा गएर उनले जनवादी शिक्षा लिइन् । युद्धमा दुश्मनको त्रासका कारण आफ्ना बाबुलाई समेत मामा र बहिनीलाई भदै भनेर सम्बोधन गर्नुपर्ने बाध्यता थियो । जन्मथलो रुकुममा नै एसएलसी पास गरेकी विजया स्टाफ नर्स पढ्ने सपना लिएर राजधानी छिरिन् । यीनै बिजया जसले आफ्नै मिर्गौला दिएर आफ्नी आमाको पुनर्जन्म दिइन् । त्रासै त्रासको बाल्यकाल रुकम जन्मथलो भए पनि बिजयाको कर्मथलो भने रुकुम भएन । उनी दुई बर्षकै छँदा बुबा (बहालवाला खेलकुदमन्त्री) दलजित श्रीपाइली युद्धमा होमिए । सशस्त्र जनयुद्धको कारण रुकुम लगायतको जिल्लाहरुमा राज्यपक्षको ‘टार्र्गेट’ थियो । बुबा युद्धमा होमिएपछि उनको घरमा सुरक्षकर्मीको निगरानी बढ्यो । सेना र प्रहरीले निकै दुःख थाल्यो । ‘गाउँमा सेना र प्रहरी आउने खबर सुनेपछि हाम्रो बास जंगलमा हुन्थ्यो,’–उनले युद्धकालको स्मरण गरिन्, ‘हामीलाई राजनीति नै थाहा थिएन तर कयौं पटक खाना खाँदै गर्दा भोग्नु परेको थियो ।’ जतिबेला उनी हजुरआमा र काइँलो बुबाको घरमा बस्थिन् । ‘सहिद’ भएका बाबुको जब चिठ्ठी आयो ०५४ सालतिरको कुरा हो । बुबा युद्धमा सहिद भएको खबर आयो । जतिबेला सहिद भन्ने पनि उनलाई थाहा थिएन । बुवामा मारिएको भन्ने उनकी आमाले मात्र थाहा पाइन् । कैलालीको भिडन्तमा बुवा मारिएको खबरपछि माओवादी कार्यकर्ताहरु उनको घरमा भेट्न लाम लाग्थे । बुवाको मृत्युको खबरपछि उनकी आमा पनि युद्धमा होमिने निश्कर्षमा पुगिन् । बाबुको मृत्युको खबर आएको ६ महिनापछि बुबाले चिठ्ठी आयो । तर विजयाको परिवार र आफन्तलाई पत्यार लागेन । आफूहरुलाई समेत सानैमा छाडेर युद्धमा होमिएकी आमाले मृत भनिएका बाबुलाई भेटेपछि बल्ल परिवारमा खुशीयाली छायो । बाबुको नाम एउटै भएकाले पार्टीले नै बाबुको मृत्यु खबर घरसम्म पुर्याएको थियो । आमाबाबु भएर पनि टुहुरी विजयाको बुबाआमा दुवै देश र जनतो लागि सानैमा छोरीलाई एक्लै छाडेर युद्धमा होमिए । अरुको सहारामा बाल्यकाल बिताएकैले होला, विजया आमा बाबु भएर पनि ‘टुहुरी’ भइन् । धेरै समयसम्म आफूहरुलाई सहिद परिवार भनेर नै पार्टीले बुझ्ने गरेको थियो । आमा बुबा भएपनि टुहुरा भएको पीडाले विजयालाई अहिले पनि झस्काउँछ । बाबुको मृत्यु भएको खबरले दुखित बनाएको परिवारलाई ६ महिनापछि खुशी त ल्यायो तर फेरि पनि बाबु अर्को भिडन्तमा ‘मारिएको’ खबर फेरि दलजितका परिवारको कानसम्म आइपुग्यो । आमाले मरिसकेको भनिएका आफ्ना श्रीमान्लाई भेटेपछि विजयालाई कालिकोटमा पढाउने लैजाने निश्कर्षमा बाबुआमा पुगे । त्यतिबेला विजयाको एउटी बहिनी थिइन् । औपचारिक शिक्षा छाडेर ‘जनवादी’ शिक्षा तीन कक्षासम्म रुकुममै पढेकी बिजया बुबाआमा दुबै युद्धमा होमिएकाले जन्मथलो छाड्न बाध्य भइन् । बाबुआमाले सुदुरपश्चिमको कालिकोट लगेर माओवादीको स्कुलमा भर्ना गरिदिए, जहाँ माक्र्स, लेनिन, माओ, स्टालिन, एङ्गेल्स जस्ता बिश्व कम्युनिष्ट नेताका जीवनीहरु पढाई हुन्थ्यो । नजिकै नेपाली सेनाको ब्यारेक, ब्यारेक नजिकैको प्रकाश नमुना जनवादी स्कुलमा उनले पढ्न थालिन् । २०५९ सालदेखि ०६१ सालसम्म विजयाले त्यही कालिकोटको प्रकाश नमुना स्कुलमा ६ कक्षासम्मको अध्ययन पूरा गरिन् । तर सानैमा विश्व कम्युनिष्ट नेताहरुको जीवन पढ्न पाएकोमा भने विजया अहिले पनि दंग छिन् । स्कुलमा आएर जनवादी शिक्षा पढाउने गुरुहरुको पूरा नाम विद्यार्थीहरुलाई थाहा हुँदैनथ्यो । अंकित, यथार्थ, भावुक, रेनकोट, क्रियाशील जस्ता अनौठा नाम थिए । सायद पार्टीको नाम रहेछ क्यारे उनले भनिन् । ‘सय बर्ष बाँच्नु छ भने एउटा राम्रो काम गर्नुपर्छ’ भन्ने जनवादी शिक्षा दिने मास्टरले भनेको वाक्य उनको दिमागमा अहिले पनि आइरहन्छ । नेपाली सेनाको ब्यारेक भएकाको स्कुल भएकाले त्रासैत्रासमा पढ्नुपर्ने थियो । सेनाले पटक पटक गोली चलाउँथ्यो । माओवादी शान्ति प्रक्रियामा आएपछि भने उनले आफ्नै गाउँ रुकुममा आएर सात कक्षादेखि एसएलसीसम्मको अध्ययन पूरा गरिन् । रुकुम जस्तो एउटा बिकट जिल्लामा जन्मिएकी बिजयाको राजनीतिक परिवार र विभिन्न उतारचढावकै कारण सामाजिक काम गर्ने उत्प्रेरणा जगिरहन्थ्यो । युद्धकै क्रममा कयौं घाइते, अपाङ्गहरुको अवस्था देखेर डाक्टर बढ्ने उनले सपना साँचिन् । तर दुर्गम जिल्लाको सामान्य स्कुलमा पढेकी विजयाका लागि डाक्टरी पढ्न सपना पूरा हुन मुश्किल थियो । त्यसैले उनले एसएलसी दिएपछि स्टाफ नर्स पढ्ने योजना बनाइन् । परिवारले पनि साथ दिएपछि एमबीबीएस पढ्न नपाएपछि विजयाको नर्स पढ्ने सपना भने पूरा भयो । जसले आफ्नै बुबालाई मामा भनेर चिनिन् विजया दुई बर्षकी नाबालक हुँदै उनको बुबा जनयुद्धमा होमिएका थिए । त्यो उमेर उनले आफ्नो बुबा छुट्याउन सक्ने अवस्थाकै थिएन । जनयुद्धको कारण आफ्नै बुबा दलजितलाई मामा भनेर चिनाइएको थियो । त्यसैले उनले बुवालाई पनि मामा भनेर बोलाउँथिन् । ७ बर्षको उमेरसम्म उनले आफ्नो बुवालाई मामा भनेर बुझिन् । युद्धकालमा बच्चाहरुले बुवा भनेर कुरा फुत्काउलान् भनेर मामा भनेर चिनाइएको रहेछ । ‘कहिलेकाँही आजभोलि पनि बुवालाई मामा भनेर बोलाइँदो रहेछ ।’– उनले सुनाइन्, ‘सँगै खेल्ने बुबालाई मामा भनेर चिन्नुपर्ने दिन पनि आयो, कहिले काँहि भक्कानिन्छु ।’ बाबुछोरीको जीवन रक्षाको लागि बाबुछोरीलाई पनि मामा र भान्जीको साइनो लगाएको कुरा विजयाले धेरै समयपछि थाहा पाइन् । उनको आफ्नै बहिनीले पनि विजयालाई फुपु भनेर चिन्थिन् । उनलाई पनि आफ्नो बहिनी भन्ने पहिचान थिएन । कैलालीमा दिवाकर सापकोटाको घरमा उनकी बहिनी बस्थिन् । उनले दिनभरी बहिनीसँंगै खेल्थिन् । एकदिन बिजयाले ममीलाई हाम्रो बहिनी कहाँ छिन् भन्दा खेलिरहेकी बहिनीलाई ऊ त्यहि हो भन्दा बल्ल उनी झसँंग भइन् । बिजयाको बहिनीले पनि ममीलाई चिनेकी थिइनन्, आमा मोटी भएकीले होला, ‘मोट्टी अण्टी’ भनेर सम्बोधन गर्थिन् । ‘त्यतिबेलाको जिन्दगी त मरेर जिए जस्तो लाग्छ’, उनले लामो सुस्केरा हालिन् । माओवादी लडाकुकी छोरीको सेनासँग विवाह अढाइ वर्ष अघि विजयाको नयाँ जीवन शुरु भयो । नेपाली सेनाका जागिरेसँग उनको मागी विवाह भयो । ०७१ बैशाख ३ गते नेपाली सेनामा जागिर खाएका रुकुमेली युवकसँग नै उनको विवाह भयो । माओवादी शान्ति प्रक्रियामा आएपछि माओवादी लडाकुहरु पनि नेपाली सेनामै समायोजन भएकाले पनि विजयालाई सैनिक जवानसँग विवाह गर्न अप्ठ्यारो लागेन । माओवादी शान्ति प्रक्रियामा आएपछि ०६४ सालमा सेनामा भर्ति भएका हुन् । तत्कालिन माओवादी युद्धकाबेला दुश्मन ठानिने सेनासँग दुश र मन मिलेर नै सम्बन्ध गाँसिएको होला, उनले भनिन् । आफ्नै मृगौला दिएर आमाको जीवन दिइन् विजयाकी आमा ५ वर्षअघिदेखि विरामी थिइन् । उनको रोग पहिचान भएको थिएन । विजया आफै पनि नर्स भएकीले आमाको उपचारका लागि दौडधुप गरिन् । रोग पहिचान त भयो तर आमाको किड्नी फेल भएको रहेछ । आमाको जीवन बचाउन किड्नी चाहियो । विजयाकी आमा ठूलै नेता पनि होइनन् । त्यसैले उनले न त सरकारबाट उपचारका लागि राहत पाइन् न त पार्टीबाट नै । आमालाई एउटा किड्नी दिन बुवा दलजित तयार भए तर उनको किड्नी दिन मिलेन । विजया आफैले आमालाई किड्नी दिने निश्कर्ष निकालिन् । आफूले किड्ने दिनेबारे उनले श्रीमानसँग सल्लाह गरे । श्रीमानले उनको प्रस्ताव अस्वीकार गरेनन् । बिजया भन्छिन् ‘बुबाको र ममिको मृगौला मिलेन र जन्मदिने आमालाई आफैले दिने निष्र्कषमा पुगिन् । ०७२ माघ २० गते बिजयाले आमालाई त्रिवि शिक्षण अस्पतालमा आफ्नो मृगौला आमालाई प्रत्यारोपण गरिन् । त्यसयता आमा र छोरी दुबै स्वस्थ छन् । उनी आफ्नो मिर्गौला दिएर पनि खानपिनमा ख्याल गर्न सकेमा ४०÷४५ वर्षसम्म बाँच सकिनेमा ढुक्क छिन् । विजया अहिले पनि धापाखेलस्थित सुमेरु हेमाडाइलेसिस्मा जागिर गर्छिन । सुमेरी नेशनल किड्नी सेन्टर, बालाजुकै शाखा हो । मिर्गौलासम्बन्धि पढेकीले पनि उनी आफ्नो र आमाको स्वास्थ्यप्रति ढुक्क छिन् । भन्छिन्– ‘जिन्दगीको ठेगान छैन । कोही एउटा मात्र मृगौला भएर पनि जन्मिन सक्छन् । एउटा मात्र मृगौला भएर जति पनि बाँच्न सक्छ । यसको कुनै फिक्स छैन । खानपिन मिलाएर खान सकियो भने धेरै बाँच्न पनि सक्छन् । पानी ज्यादा पिउनुपर्छ । तर मृगौला खराबी भएपछि पानी खाएमा झन् खराब हुन्छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies