/  Sun, May 27, 2018

सकियो नेकपा माओवादी नवलपरासीको ५ औं जिल्ला सम्मेलन, क्रान्तिको क्षेप्यात्र प्रक्षेपण हुने उदघोष

शिव डुम्रे

नवलपरासी, २७ पुस । विप्लव नेतृत्वको नेकपा (माओवादी) नवलपरासीको ५ औं जिल्ला सम्मेलनले पदम के.सी. जुझारुको नेतृत्वमा २५ सदस्यीय नयाँ जिल्ला समिति चयन गर्दै आज सम्पन्न भएको छ ।

पौष २६ गतेदेखी चलेको सम्मेलनले पार्टीको नयाँ निती तथा नेतृत्वमा निर्माण गरेको हो । झण्डै १५० प्रतिनिधीहरुको बीचमा सम्पन्न सम्मेलनले पार्टीको आगामी रणनीति र कार्यदिशाका बारेमा समेत छलफल भएको बताईएको छ ।
नवलपरासी जिल्ला सम्मेलनको उद्घाटन गर्दै प्रमुख अतिथी नेकपा (माओवादी)का स्थायी कमिटि सदस्य तथा केन्द्रिय जनपरिषद् प्रमुख समेत रहेका सन्तोष बुढा मगरले पार्टीले महाधिवेशनलाई पार्टी र संगठन निर्माणको अस्त्रको रुपमा हेर्नुपर्ने बताए ।
उद्घाटन मन्तव्य दिदैं उनले भने, ‘पार्टीले फाल्गुण १ गते काठमाडौंमा आठौं महाधिवशेनको उद्घाटन गरेर सहरमा पनि क्रान्तिको उद्घोष गर्छ, लगत्तै बन्द सत्र रोल्पाको थवाङमा गरेर गाउँसम्म फर्कन्छ, गाउँ र सहरलाई एकैचोटी जोड्छ ।’
आगामी महाधिवेशन ऐतिहासिक हुने भन्दै उनले महाधिवेशन एउटा क्षेप्यात्र भएको जिकिर गरे उनले भने, महाधिवशेनबाट हामीले एउटा क्षेप्यात्रको प्रक्षेपण गर्दैछौं यसबाट प्रतिक्रियावादीहरुको मुटुमा भुकम्प जानेछ, सत्ता ढल्मलाउने, प्रतिक्रान्तिको दुस्साहस गर्नेहरुको सातो जानेछ ।’ सबैलाई पार्टी निर्माणमा जोड दिदैं संगठन सुदृढकिरण र चुस्त बनाउन समेत आग्रह गर्दै बुढाले आगामी महाधिवेशनले नेपाली कम्युनिष्ट आन्दोलनमा उर्जा थप्ने बताए ।

 

पुस २७ गते, २०७३ - २२:०९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यी हुन् माओवादी तर्फबाट नेकपामा परेका २ सय केन्द्रीय सदस्य

यी हुन् माओवादी तर्फबाट नेकपामा परेका २ सय केन्द्रीय सदस्य

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एमाले एकतापछि पुनर्गठित केन्द्रयि समितिमा तात्कालिन माओवादी...   
नेपाली मुलका ब्यवसायी शेष घले अष्ट्रेलियाका ८१ औं धनी

नेपाली मुलका ब्यवसायी शेष घले अष्ट्रेलियाका ८१ औं धनी

काठमाडौ । नेपाली मुलका ब्यवसायी शेष घले अष्ट्रेलियाका ८१ औं धनी ब्यक्ति बनेका छन् । गतबर्ष १ सय १ औं...   

अमेरिकाद्वारा उत्तर कोरियासँगको शिखर वार्ता रद्द

वाशिङ्गटन डिसी । उत्तर कोरियाले परमाणु साइटहरु बन्द गरेकै दिन अमेरिकाले बहुप्रतिक्षित शिखर वार्ता...   

सिंहदरबारभित्रै ट्राफिक जाम

काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसमेत ट्राफिक समस्यासँग जेलिन थालेपछि सवारी...   

प्रशासकिय अधिकृतलाई रामधुलाई गरे सांसदले

सर्लाही । सर्लाहीको कविलासी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीनकुमार श्रीवास्तवलाई बुधबार...   

गम्भीर बहस, रित्तो संसदः हाजिर गर्ने २२२, छलफलमा बस्ने ५५

काठमाडौं ।  नीति तथा कार्यक्रम संसद्को नियमित छलफलको विषय होइन, वर्षभरिका विकास निर्माणलाई दिशानिर्देश...   
निपा भाइरस संक्रमणः नेृपालमा जोखिम उच्च, तयारी छैन

निपा भाइरस संक्रमणः नेृपालमा जोखिम उच्च, तयारी छैन

काठमाडौं । छिमेकी मुलुक भारतको केरलामा फैलिएको अत्यन्तै संक्रामक निपा भाइरसले उपचारमा संलग्न नर्ससहित...   

बालकृष्ण ढुंगेलसहित ८५० कैदीको सजाय माफी गर्ने तयारी

काठमाडौं । तत्कालीन नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेलसहित ८५० कैदीलाई बाँकी कैद माफी दिई...   

गृहमन्त्रीको निर्देशन अवज्ञा, छानविन रोकियो

काठमाडौं । दोहोरो नागरिकता लिएको भन्दै समाज कल्याण परिषद्का निर्देशक शिवकुमार बस्नेतमाथि परेको उजुरीमाथि...   
स्वभाविक माफी पाउने भए बालकृष्ण ढूगेलले

स्वभाविक माफी पाउने भए बालकृष्ण ढूगेलले

काठमाडौं । कर्तब्य ज्यान मुद्धामा जेल सजाय भोगिरहेका तत्कालीन माओवादी केन्द्रका नेता बालकष्ण ढुंगेललाई...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु :
Top