/  Sat, February 25, 2017

प्रधानमन्त्री प्रचण्ड भन्छन्, ‘आर्थिक विकासका लागि त्रिदेशीय व्यापारिक साझेदारी अावश्यक छ’

काठमाडौँ, २७ पुस । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको आर्थिक विकासका लागि त्रिदेशीय व्यापारिक साझेदारी आवश्यक भएको बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्सको ६६ औँ वार्षिक साधारणसभा तथा चेम्बर दिवस उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले त्रिदेशीय व्यापारिक साझेदारी कायम गर्नसके त्यसको सबैभन्दा बढी फाइदा नेपाललाई हुने बताएका हुन् ।

“रुग्ण उद्योगलाई पुनःस्थापना गर्ने तयारीमा सरकार लागेको छ, वित्तीय क्षेत्रलाई सुदृढ बनाउन हालै बंैक तथा वित्तीय संस्थासम्बन्धी ऐन पारित भयो, नयाँ खुल्ने उद्योगलाई विद्युत् आपूर्ति गर्न सरकारले सहयोग गर्छ” उनले भने ।

राष्ट्रिय गौरवका आयोजनाको निरन्तर अनुगमनमा आफू लागेको उल्लेख गर्दै  प्रधानमन्त्री दाहालले छिटो काम गर्ने आयोजनाका कर्मचारीलाई पुरस्कृत गरिने घोषणा गरे । आर्थिक क्षेत्रसँग सम्बन्धित निर्णय गर्दा निजी क्षेत्रको राय लिइने प्रतिबद्धता उनले जनाए ।

हवाई, रेल र सडक यातायात सम्पर्कबाट त्रिदेशीय व्यापारिक साझेदारिता बढाउने उद्देश्यअनुरुप उत्तर–दक्षिण मार्ग निर्माणमा जोड दिइएको उनले बताए ।

“मधेस, पहाड र हिमाल मिलाएर संविधान कार्यान्वयन गर्न सरकार लागेको छ, राष्ट्रिय समझदारी र स्थिरता नै सही राष्ट्रवाद हो, यही जनताको पनि चाहना हो”  प्रधानमन्त्री दाहालले भने ।

सामाजिक न्यायसहितको आर्थिक विकास अहिले जनताको चाहना भएको उनले बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा(माओवादी)को बन्दसत्रमा राजनीतिक प्रतिवेदन

नेकपा(माओवादी)को बन्दसत्रमा राजनीतिक प्रतिवेदन

रोल्पा, ५ फागुन । नेकपा(माओवादी) को आजदेखि स्थानीय थवाङमा सुरु भएको पार्टीको आठौँ महाधिवेशनको बन्दसत्रमा...   
चुनावको मिति घोषणा गर्न राष्ट्रिय सहमति जुटाउने जिम्मा प्रचण्डलाई

चुनावको मिति घोषणा गर्न राष्ट्रिय सहमति जुटाउने जिम्मा प्रचण्डलाई

काठमाडौँ, ५ फागुन । नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नका लागि राष्ट्रिय...   
देउवाको खुलासा-वैशाखमा स्थानीय, मंसिरमा संघीय र राष्ट्रिय चुनाव

देउवाको खुलासा-वैशाखमा स्थानीय, मंसिरमा संघीय र राष्ट्रिय चुनाव

रामेछाप, ४ फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मङ्सिर महिनासम्म तीनवटै तहको...   
महाधिवेशन नहुँदै राप्रपाको अध्यक्षमा कमल थापा सर्वसम्मत

महाधिवेशन नहुँदै राप्रपाको अध्यक्षमा कमल थापा सर्वसम्मत

काठमाडौँ, ४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीको आशन्न महाधिवेशनमा अध्यक्ष पदमा वर्तमान अध्यक्ष...   
पाथीभरा राष्ट्रिय भलिबल प्रतियोगितामा पुलिस र पूर्वाञ्चल विजयी

पाथीभरा राष्ट्रिय भलिबल प्रतियोगितामा पुलिस र पूर्वाञ्चल विजयी

ताप्लेजुङ, ४ फागुन । ताप्लेजुङमा मङ्गलबारदेखि सुरु भएको दोस्रो पाथीभरा राष्ट्रिय भलिबल प्रतियोगिताअन्तर्गत...   
‘निर्धारित अवधिभित्रै निर्वाचन सम्पन्न गर्नुबाहेक अर्को विकल्प छैन’

‘निर्धारित अवधिभित्रै निर्वाचन सम्पन्न गर्नुबाहेक अर्को विकल्प छैन’

काठमाडौँ, ४ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा राजनीतिक स्थायित्व निर्माण गरी...   
प्रेम प्रस्ताव अस्वीकार गर्दा घरको छतबाट हामफालेर आत्महत्या

प्रेम प्रस्ताव अस्वीकार गर्दा घरको छतबाट हामफालेर आत्महत्या

चितवन, ४ फागुन । प्रेम प्रस्ताव अस्वीकार गर्दा चितवनमा एक युवाले घरको छतबाट हामफालेर आत्महत्या गरेका...   
नेपाल भारत संयुक्त बैठक : थप विद्युत् आयातको बाटो खुल्यो

नेपाल भारत संयुक्त बैठक : थप विद्युत् आयातको बाटो खुल्यो

काठमाडौँ, ३ फागुन । सरकारले भारतबाट आयात भइरहेको विद्युत्लाई नियमित बनाउने भएको छ । त्यसका लागि ढल्केबर–मुजफ्फरपुर...   
सुन तस्करी, लागुऔषध एवम् अन्य अपराध नियन्त्रणमा कडाइ गर्न गृहमन्त्रीको निर्देशन

सुन तस्करी, लागुऔषध एवम् अन्य अपराध नियन्त्रणमा कडाइ गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ, ३ फागुन । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले अपराध नियन्त्रण तथा शान्ति सुरक्षा...   
स्थानीय तहको संख्या बढाउन दलहरु लागिपरेको पाैडेलको खुलासा

स्थानीय तहको संख्या बढाउन दलहरु लागिपरेको पाैडेलको खुलासा

रुकुम, २ फागुन । स्थानीय तह पुनःसंरचना आयोगका अध्यक्ष बालानन्द पौडेलले आयोगले अहिले सिफारिस गरेको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु :
Top