/  Mon, February 20, 2017

पृथ्वी जयन्तीमा राप्रपाले राखेको जलपानमा पुगेर कसले के भने?

काठमाडौँ, २७ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले २९५ आैँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज भृकुटीमण्डपमा जलपान तथा शुभकामना आदानप्रदानको कार्यक्रम आयोजना गर्यो ।

कार्यक्रममा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा(माओवादी केन्द्र), मधेसी जनअधिकार फोरम(लोकतान्त्रिक) लगायत विभिन्न पार्टीका नेता तथा कार्यकर्ता, सुरक्षा निकायका प्रमुख, मन्त्रिगण, सांसद, बुद्धिजीवी, चिकित्सक, सञ्चारकर्मी लगायतको सहभागिता थियो ।

यसैगरी, नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा राजदूतहरु पनि कार्यक्रममा उपस्थित थिए ।

आगन्तुक अतिथिलाई राप्रपाका कार्यकारी अध्यक्ष कमल थापा, राष्ट्रिय अध्यक्ष पशुपति शम्शेर जबरा, वरिष्ठ नेता डा प्रकाशचन्द्र लोहनी, उपाध्यक्ष बुद्धिमान तामाङ लगायत केन्द्रीय पदाधिकारीले स्वागत गरेका थिए ।

राप्रपा नेपालले हरेक वर्ष आजकै दिन आयोजना गर्दै आएको सो कार्यक्रम दुई पार्टीबीच एकीकरण भएपछि पहिलोपटक यस्तो कार्यक्रमको आयोजना भएको हो ।

सो कार्यक्रममा कलाकार यम बराल, मीरा राणा लगायतले राष्ट्रिय भावनाका गीत तथा सङ्गीत प्रस्तुत गरेका थिए ।

शीर्ष नेताहरु कसले के भने?
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय एकताका लागि राजनीतिक मूल्य र मान्यता स्थापना गर्न आवश्यक रहेको बताए ।

“विसं २०६२÷६३ पछि सार्वजनिक विदा दिने विषयमा स्पष्ट नीति बन्न नसक्दा मन्त्रिपरिषद्को आज बसेको बैठकले यसको अध्ययनका लागि समिति गठन गरेको छ । यसले इतिहास, सबै भाषाभाषी, जनजातिका मागको समेत अध्ययन गरी विदाका विषयमा उचित सुझाव दिनेछ” उनले भने ।

प्रधानमन्त्री दाहालले पृथ्वीनारायण शाहले स–साना राज्यलाई एकीकरण गरी राष्ट्रिय एकताका आधारका रुपमा बलियो केन्द्रीकृत राज्य स्थापना गरेको बताउँदै भने,– “बहुजाति, बहुभाषी र बहुसंस्कृति रहेको नेपाललाई थप बलियो बनाउन आवश्यक छ”

नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरवहादुर देउवाले राष्ट्रिय एकताका लागि पृथ्वीनारायण शाहले पुर्याएको  योगदानको स्मरण गर्दै विभाजित राज्य रजौटाहरुलाई एकीकरण गरेको श्रेय शाहलाई दिए ।उनले भने, “पृथ्वीनारायण शाहका योगदानबारे जति बोले पनि सकिँदैन ।”

एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भने, “पृथ्वीनारायण शाहका योगदानलाई आफ्ना स्वार्थसिद्धिका निम्ति प्रयोग गरिनुहुन्न र शाहले तत्कालीन नेपाली जनताको चाहना र माग अनुसार नेपालको एकीकरण गर्नुभएको हो ।”

आफू प्रधानमन्त्री छँदा पृथ्वी जयन्तीका दिन सार्वजनिक विदा दिन गरिएको सहमतिको प्रयास सार्थक नभएको पनि उनले उल्लेख गरे ।

एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रम माधव नेपालले अहिले राष्ट्रलाई एकतावद्ध गर्न खाँचो रहेकामा जोड दिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा(माओवादी)को बन्दसत्रमा राजनीतिक प्रतिवेदन

नेकपा(माओवादी)को बन्दसत्रमा राजनीतिक प्रतिवेदन

रोल्पा, ५ फागुन । नेकपा(माओवादी) को आजदेखि स्थानीय थवाङमा सुरु भएको पार्टीको आठौँ महाधिवेशनको बन्दसत्रमा...   
चुनावको मिति घोषणा गर्न राष्ट्रिय सहमति जुटाउने जिम्मा प्रचण्डलाई

चुनावको मिति घोषणा गर्न राष्ट्रिय सहमति जुटाउने जिम्मा प्रचण्डलाई

काठमाडौँ, ५ फागुन । नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नका लागि राष्ट्रिय...   
देउवाको खुलासा-वैशाखमा स्थानीय, मंसिरमा संघीय र राष्ट्रिय चुनाव

देउवाको खुलासा-वैशाखमा स्थानीय, मंसिरमा संघीय र राष्ट्रिय चुनाव

रामेछाप, ४ फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मङ्सिर महिनासम्म तीनवटै तहको...   
महाधिवेशन नहुँदै राप्रपाको अध्यक्षमा कमल थापा सर्वसम्मत

महाधिवेशन नहुँदै राप्रपाको अध्यक्षमा कमल थापा सर्वसम्मत

काठमाडौँ, ४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीको आशन्न महाधिवेशनमा अध्यक्ष पदमा वर्तमान अध्यक्ष...   
पाथीभरा राष्ट्रिय भलिबल प्रतियोगितामा पुलिस र पूर्वाञ्चल विजयी

पाथीभरा राष्ट्रिय भलिबल प्रतियोगितामा पुलिस र पूर्वाञ्चल विजयी

ताप्लेजुङ, ४ फागुन । ताप्लेजुङमा मङ्गलबारदेखि सुरु भएको दोस्रो पाथीभरा राष्ट्रिय भलिबल प्रतियोगिताअन्तर्गत...   
‘निर्धारित अवधिभित्रै निर्वाचन सम्पन्न गर्नुबाहेक अर्को विकल्प छैन’

‘निर्धारित अवधिभित्रै निर्वाचन सम्पन्न गर्नुबाहेक अर्को विकल्प छैन’

काठमाडौँ, ४ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा राजनीतिक स्थायित्व निर्माण गरी...   
प्रेम प्रस्ताव अस्वीकार गर्दा घरको छतबाट हामफालेर आत्महत्या

प्रेम प्रस्ताव अस्वीकार गर्दा घरको छतबाट हामफालेर आत्महत्या

चितवन, ४ फागुन । प्रेम प्रस्ताव अस्वीकार गर्दा चितवनमा एक युवाले घरको छतबाट हामफालेर आत्महत्या गरेका...   
नेपाल भारत संयुक्त बैठक : थप विद्युत् आयातको बाटो खुल्यो

नेपाल भारत संयुक्त बैठक : थप विद्युत् आयातको बाटो खुल्यो

काठमाडौँ, ३ फागुन । सरकारले भारतबाट आयात भइरहेको विद्युत्लाई नियमित बनाउने भएको छ । त्यसका लागि ढल्केबर–मुजफ्फरपुर...   
सुन तस्करी, लागुऔषध एवम् अन्य अपराध नियन्त्रणमा कडाइ गर्न गृहमन्त्रीको निर्देशन

सुन तस्करी, लागुऔषध एवम् अन्य अपराध नियन्त्रणमा कडाइ गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ, ३ फागुन । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले अपराध नियन्त्रण तथा शान्ति सुरक्षा...   
स्थानीय तहको संख्या बढाउन दलहरु लागिपरेको पाैडेलको खुलासा

स्थानीय तहको संख्या बढाउन दलहरु लागिपरेको पाैडेलको खुलासा

रुकुम, २ फागुन । स्थानीय तह पुनःसंरचना आयोगका अध्यक्ष बालानन्द पौडेलले आयोगले अहिले सिफारिस गरेको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु :
Top