Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

जाँदाजाँदै ओबामाको यस्तो भावुक मन्तव्य, जसले सबैलाई बनाए भावविव्हाल

\"\"काठमाडौं, २७ पुस । अमेरिकी राष्ट्रपति बाराक ओबामाले मंगलबार राति आफु हुर्किएको शिकागो शहरमा विदाइ भाषण गर्दा गर्दै निकै भावुक बने । भाषण गर्दै गर्दै उनको गला अवरुद्ध भयो उनले आफनो आँशुलाई रोक्न सकेनन् । उनी आफुमात्रै भावुक बनेनन् कार्यक्रममा उपस्थित आफ्नी श्रीमती , छोरी लगायत उपस्थित दर्शक सवैलाई उत्तिकै भावुक बनाए । राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा ओबामाले श्रीमती मिशेल ओबामालाई पछिल्लो २५ सालदेखि केवल आफ्नो पत्नी र बच्चाहरुको आमामात्र नभएर आफ्नो एक सबैभन्दा राम्रो साथी भएको बताएका थिए । ओबामाले मिशेललाई भने, “तिमीले आफ्नो भूमिका स्वयं लियौ । यसका लागि कसैलाई सोधेनौ । तिमीले यो जिम्मेवारी पूर्ण धैर्यपूर्वक, राम्रो शैली र सुखद रूपमा निभायौ ।” ओबामाले अगाडि भने, “तिमीले ह्वाइट हाउसलाई यस्तो बनायौ, जसका कारण यहाँ धेरैको पहुँच पुग्न सम्भव भयो । नयाँ पिँढीका लागि तिमी रोल मोडल बन्न सफल भयौ । मलाई तिमीप्रति गर्व छ । तिमीले देशलाई पनि गौरवान्वित बनायौ ।” \"\" आफ्ना छोरीहरु मालिया र साशालाई ओबामाले भने, “विशिष्ट परिस्थितिमा पनि तिमीहरुले जस्तो प्रकारको व्यवहार देखायौ, त्यो सराहनीय छ । किनभने यो क्रममा तिमीहरू दुवैले सहज र सरल बनेर वैचारिक परिपक्वताको परिचय दियौ । तिमीहरू दुवैले वर्षौंसम्म धेरैको चासोको विषय बनेर पनि त्यसलाई सरल रूपमा लियौ । त्यसैले मलाई तिमीहरुको पिता भन्न पाउँदा गर्व लागेको छ ।” ओबामाले सो कुरा बताइरहँदा १८ वर्षीय मलिया उनकी आमा मिशेलको छेउमा बसेर आँशु पुछ्दै गरेको देखिन्थिन् । १८ हजार दर्शकसामु आफ्नो बिदाइ सम्बोधन गर्दै ओबामाले आठ बर्षअघि आफु राष्ट्रपतिमा निर्वाचित भएपछि आफुले व्यक्त गरेका प्रतिवद्धतालाई पुरा गर्न सहयोग गरेकोमा आफ्ना सम्पूर्ण समर्थक र शुभचिन्तकहरुलाई धन्यबाद दिए ।उनकोे सम्बोधनका क्रममा हज्जारौ दर्शकले निकै लामो ताली बजाएर उनको प्रशंसा गरिरहेका थिए । ओबामा यही जनवरी २० बाट राष्ट्रपति पदबाट बिदा हुँदैछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies