Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

कांग्रेसको ‘जय नेपाल’ र माओवादीको ‘लालसलाम’ को रहस्य

नेपालमा हरेक राजनीतिक पार्टीमा नेता कार्यकर्ताले प्रयोग गर्ने आफ्नै भाषा, शिष्टाचार र परम्पराहरु छन् । नेपालको सबभन्दा ठूलो र पुरानो पार्टी नेपाली काङ्ग्रेसका कार्यकर्ता एकअर्का भेट हुँदा ‘जय नेपाल’ भनेर अभिवादन गर्दछन् । उनीहरु केही आदरार्थी शब्दहरु पनि प्रयोग गर्दछन् जस्तो गणेशमानजी, कृष्णप्रसाद भट्टराईलाई किशुनजी, गिरिजालाई गिरिजाबाबु, सुशील कोइरालालाई सुशील’दा जस्ता आदरार्थी शब्द कांग्रेसी जनजिब्रोमा छन् । आफूभन्दा माथिल्लो पदमा बसेको व्यक्तिलाई सम्बोधन गर्दा दाइको प्रयोग हुन्छ कांग्रेसमा । उनीहरुले भारतमा इष्ट इन्डिया कम्पनी विरोधी आन्दोलनमा लोकप्रिय “जय हिन्द” बाट प्रभावित भएर “जय नेपाल” को प्रयोग गर्न थालेको पाइन्छ । [caption id=\"attachment_112099\" align=\"alignleft\" width=\"235\"]\"\" निर्मल भट्टराई[/caption] नेपालका बामपन्थीहरुले त थुप्रै अन्तराष्ट्रिय प्रचलनहरुको नक्कल गरेका छन् । रुस र चीनका कम्युनिष्टहरुले एक अर्को भेट हुँदा “कमरेड” भनेर सम्बोधन गरे । त्यही शब्द भाषान्तरणसमेत नभई नेपाली कम्युनिष्टहरुले प्रयोग गर्न थाले । रुसी र चिनियाँहरुले प्रयोग गरेको “रेड स्यालुट” भाषान्तरण गरेर “लालसलाम” बनाइयो । अहिले एमालेजनहरु क्म लालसलाम र बढी अभिवादनको प्रयोग गर्दछन् नेतालाई सम्बोधन गर्न । नेता र कार्यकर्ताको भेट हुँदा वा टेलिफोन वार्ता हुँदा नेताले कार्यकर्ताको अभिवादन पर्खन्छ । माओवादीमा नेता कार्यकर्तावीच विरलै सम्वाद हुन्छ किनभने कार्यकर्ता भन्दा नेता धेरै ठुला हुने हुनाले ठूला मान्छेलाई सधैं डिस्टर्व गर्ने कुरा भएन । कथंकदाचित् भेटघाट वा फोन सम्वाद भइहाले कार्यकर्ताले हत्तपत्त सलाम टक्र्याई हाल्छ । जर्नेल र सिपाहीको जस्तो सम्बन्ध छ त्यहाँ । जनयुद्धताका कमाण्डर आउँदा तन्कने बानी अझै हराएको छैन ।  
नेपाली कांग्रेसले भारतमा इष्ट इन्डिया कम्पनी विरोधी आन्दोलनमा लोकप्रिय “जय हिन्द” बाट प्रभावित भएर “जय नेपाल” को प्रयोग गर्न थालेको पाइन्छ ।
माओवादी केन्द्र नेताकार्यकर्तासँग घुलमिल गर्न रुचाउदैनन् किनभने उनीहरु गजक्क पर्नु नै सबैभन्दा ठूलो नेतागिरी हो भन्ने ठान्दछन् । उनीहरुमा आफूभन्दा माथिल्लो पदमा बसेको नेतालाई दाइ वा सर भन्ने व्यापक चलन छ । हजुरबा उमेरको मान्छेले नाति उमेरकालाई दाइ वा सर भन्दा सर्वस्वीकृत शिष्टाचार खण्डित भएन ? विगतमा बन्दुक पड्काएको, सुम्सुम्याएको विषय नै माओवादीले नेतृत्वको मापदण्ड मानेपछि त्योभन्दा अरु के अपेक्षा गर्न सकिन्छ र ? समानताको भाषण एकातिर हुन्छ, व्यवहार अर्कैतिर ।
अहिले एमालेजनहरु कम लालसलाम र बढी अभिवादनको प्रयोग गर्दछन् नेतालाई सम्बोधन गर्न ।  नेता र कार्यकर्ताको भेट हुँदा वा टेलिफोन वार्ता हुँदा नेताले कार्यकर्ताको अभिवादन पर्खन्छ । माओवादी केन्द्रमा नेता कार्यकर्तावीच विरलै सम्वाद हुन्छ किनभने कार्यकर्ता भन्दा नेता धेरै ठुला हुने हुनाले ठूला मान्छेलाई सधैं डिस्टर्व गर्ने कुरा भएन ।
कुनै वेला झापा विद्राहीले चन्द्रप्रसाद ढकालको टाउको काट्दै गर्दा ‘अध्यक्ष माओ’ जिन्दावाद भन्ने नारा लगाए केपी ओलीहरुले । यो एउटा गज्जवको नक्कल थियो । चिनियाँ कम्युनिष्ट पार्टीको अध्यक्ष नेपालको पनि अध्यक्ष हुने ! चीनमा प्रयोग भएको न्यू डेमोक्रेसी नौलो जनवाद भएर नेपाल छिर्यो । चिनियाँ लङमार्च जस्तै नेपालमा दीर्घकालीन जनयुद्ध गरियो । के त्यस्ता आन्दोलनलाई नेपाली परिवेशको नाम दिन सकिदैनथ्यो ? के कमरेडको ठाउँमा मित्र अथवा साथी भन्न मिल्दैनथ्योे ? लाल सलाम, सलाम वा अभिवादनको ठाउँमा नेपाली जनजिब्रोमा रहेको बराबरीको भाव झल्कने नमस्ते वा नमस्कार शब्दको प्रयोग गर्न सकिँदैनथ्यो ? नेता र कार्यकर्तावीच दूरी देखाउने शब्दको सट्टा सबैको नामको पछाडि ‘जी’ को प्रयोग गरे के विग्रन्थ्यो ? कि नेपाली जनजिब्रोमा प्रचलित यस्ता आदरार्थी शब्द र शिष्टाचार प्रयोग गर्दा संशोधनवादी, दक्षिणपन्थी वा प्रतिक्रियावादी भइन्थ्यो ? के चीनमा विवादित सर्वहारा सांस्कृतिक क्रान्ति जिन्दावाद भनेर त्यो अनुसार व्यवहार नगर्नुको सट्टा नेपालका बामपन्थी आफैं सदाचारी भएको भए हुदैनथ्यो ? बरु नयाँ शक्ति पार्टीले धेरै परम्पराको क्रमभङ्ग गरेको देखिन्छ । विचारमा ऐतिहासिक एवम् द्वन्द्वात्मक भौतिकवाद मान्ने, सार्वभौमिकता, स्वाधीनता, समावेशी लोकतन्त्र र सदाचारलाई प्रमुख आधार मान्ने घोषणा गरेको नयाँ शक्तिले आफ्ना बोली र व्यवहारलाईसमेत सच्याउदै परिस्कृत गर्दै लगेकोछ । आज नयाँशक्ति अभियानका अभियन्ताहरु कोेही लालसलाम कोही सलाम अभिवादन गर्दैनन् । आपसी अभिवादनमा दुई हात जोडेर गरिने नमस्कारलाई सर्वस्वीकृत बनाइएको छ । हालको एकै दिनचार पाँच पटक हात मिलाउने बर्तमान अस्वस्थ्यकर तरिकालाई विस्तारै हटाउन पहल शुरु भएको छ ।
सबै पार्टीमा नेतालाई भेट्ता एक माना घिउ सकिएला जस्तो गरेर चिल्लो घस्ने तर उसको अनुपस्थितिमा सत्तोसराप गर्ने माओवादी परम्पराको ठाउँमा नेता भेट्दा सुधारात्मक आलोचना गर्ने र अनुपस्थितिमा उसको राम्रो कामको मात्र चर्चा गर्ने परिपाटी बसाल्नु आवश्यक छ ।
त्यस्तै एकले अर्कोलाई सम्बोधन गर्दा नामको पछाडि ‘जी’ राखेर गरिन्छ । बाबुरामजी, रामचन्द्रजी, महेशजी, दुर्गाजी, पर्शुरामजी, देवेन्द्रजी, निर्मलजी भन्न जनता र कार्यकर्ताले निशंकोच पाएका छन् । नेताहरुले पनि जनता वा कार्यकर्तालाई सोही तरिका अपनाएर एकरुपता र समानता कायम गरिएको छ । विगतमा कसैलाई लालसलाम, कसैलाई नमस्कार र कसैलाई अर्कै सम्बोधन गरेर हैरान भएका कार्यकर्ताले सरलता महसुस गर्न पाएका छन् । नयाँशक्ति पार्टीले यस्ता विषयलाई शुरुदेखि नै स्थापित गरेर अगाडि बढेको हुनाले नयाँशक्तिको छुट्टै संस्कृति निर्माणमा यसले ठूलो भूमिका खेलेको छ । नेपाली मौलिकता बोकेका शिष्टाचार र अभिवादनका यी उपाय अँगाल्दा कोही गैरक्रान्तिकारी हुदैन । सबै पार्टीमा नेतालाई भेट्ता एक माना घिउ सकिएला जस्तो गरेर चिल्लो घस्ने तर उसको अनुपस्थितिमा सत्तोसराप गर्ने माओवादी परम्पराको ठाउँमा नेता भेट्दा सुधारात्मक आलोचना गर्ने र अनुपस्थितिमा उसको राम्रो कामको मात्र चर्चा गर्ने परिपाटी बसाल्नु आवश्यक छ । कसैलाई सुधार्न गरिएको आलोचना अमृत समान हुन्छ भने स्वार्थप्रेरित प्रशंसा विष समान हुन्छ भन्ने नबुझ्ने कोही छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies