/  Thu, July 20, 2017

भारतीय सैनिक जवानको भिडियो भाइरल भएपछि दिल्लीमै हलचल आफूहरुमाथि भएको अत्याचार यसरी गरे खुलासा

नयाँ दिल्ली, २६ पुस । भारत प्रशाशित जम्मु कश्मिरमा ड्यूटीमा खटिएका जवानले आफूहरुमाथि भएको अत्याचारको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिदिएका छन् । जम्मु कश्मिरका बीएसएफ २९ का बटालियनका जवान रोहितकुमार यादवले ड्यूटीमै रहेको अवस्थामा आफूहरुमाथि भएको अत्याचार भिडियो सन्देशमार्फत खुलासा गरेका हुन् । उक्त भिडियो २५ लाख भन्दा बढीले हेरेका छन् ।

कम्ब्याक्ट ड्रेसमा हरियार बोकिरहेको अवस्थामा उनले आफ्नो अत्याचारको भिडियो सन्देश बनाएर सार्वजनिक गरेपछि उक्त भिडयो भाइरल बनेको हो । सेनाको जवानको भिडियो भाइरल भएपछि दिल्लीमै हलचल मच्चिएको छ ।

हिउँ परिरहेको क्षेत्रमा आँधी, हिमपात, वर्षा केही नभनेर विहान ६ बजेदेखि बेलुका ५ बजेसम्म दैनिक ११ घण्टा आफूहरु ड्यूटीमा खटिरहेको उनले जनाएका छन् । तर आफूहरुको समस्याबारे सरकार र आफ्ना अधिकारीहरुले मात्र होइन, मिडियालेसमेत नसुनेको उनले गुनासो गरेका छन् ।

आफूहरुका लागि आएको खाना र खाजासमेत कटौती गरेर सेनाका अधिकारीहरुले अत्याचार गरेको ती जवानले आरोप मात्र लगाएका छैनन्, आफूहरुलाई दिँदै आएको खाना र खाना समेत भिडियो सन्देशमार्फत नै सार्वजनिक गरेका छन् ।

उनले सरकारलाई भने दोष दिएका छैनन् । सरकारले आफूहरुका लागि आवश्यक सबै सामान दिएको तर उच्च अधिकारीहरुले सबै बिक्री गरेर खाने गरेको भन्दै उनले छानबिन गर्न माग गरेका छन् । उनले प्रधानमन्त्रीलाई समेत सम्बोधन गरेर आफूहरुका लागि आएको चिज कहाँ बिक्री हुन्छन्, छानबिन गर्न माग गरेका छन् ।

खानाका रुपमा तरकारी, अचारबिनाको निस्तो रोटी र खानाको साथमा नून र बेसारमात्रै हालेको दाल पाउने गरेको उनले जनाएका छन् । भिडियो सन्देशमा उनले आफूले भिडियो सार्वजनिक गरेपछि आफू नबाँच्ने समेत उनले आशंका ब्यक्त गरेका छन् ।

‘मैले यो भिडियो सार्वजनिक गरेपछि म रहन्छु कि रहन्न थाहा छैन’, यादवले आफ्नो सन्देशमा भनेका छन्, ‘अधिकारीहरुले मलाई जे पनि गर्न सक्छन् । जे पनि हुन सक्छ ।’ भारतीय सेनाका जवानमाथिको अध्याचार यसरी सार्वजनिक भएको ६० को दशकमा पहिलो पटक हो ।

उक्त भिडियो भाइरल भएपछि भारतीय केन्द्रीय गृहमन्त्रीले आफूले भिडियो देखेको जवानमाथि भएको अत्याचारको छानबिन गर्ने प्रतिवद्धता जनाएका छन् । बीएसएफ जवानको भिडियो आफूले देखेपछि गृहसचिवसँग रिपोर्टको मागेको उनले बताएका छन् । सरकारले उचित कारबाही गर्ने प्रतिवद्धता सिंहको छ ।

हेर्नुहोस् भिडियो

पुस २६ गते, २०७३ - ११:५० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चीनको भारतलाई चेतावनी– सेना फिर्ता गर या युद्दका लागि तयार होउ

चीनको भारतलाई चेतावनी– सेना फिर्ता गर या युद्दका लागि तयार होउ

हङकङ । चीनले आफ्नो सीमा क्षेत्रमा रहेको भारतीय सैनिक तत्काल फिर्ता गर्न पुनः चेतावनी दिएको छ । सिक्किम...   
आज सकिदै माओवादी बैठक : विघठित होलान् जम्बो कमिटी

आज सकिदै माओवादी बैठक : विघठित होलान् जम्बो कमिटी

काठमाडौं । नेकपा माओवादी केन्द्रको ३ दिन देखि जारी बैठक आज (विहिबार) सकिने बताइएको छ । प्रदेश इन्चार्ज,...   
प्रचण्डले त्रिमुर्ति सम्मान नलिने

प्रचण्डले त्रिमुर्ति सम्मान नलिने

काठमाडौं । त्रिमूर्ति निकेतनले पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल...   
प्रश्न पेरिसडाँडालाई

प्रश्न पेरिसडाँडालाई

माओवादी आन्दोलनमा त्यस्ता फरक व्याख्या गरिएका सत्यहरु छन् जुन सत्यले माओवादीलाई कमजोर बनाएन बरु थप...   
विक्रम दर्जीले पाए व्हीलचेयर

विक्रम दर्जीले पाए व्हीलचेयर

बिर्तामोड । शारीरिक रुपमा अशक्त भएका बिक्रम दर्जीले गत असार १४ गतेको स्थानीय तहको निर्वाचनमा विक्रम...   
सुर्यकुमारी पुनको तीज गीत”माइत जाने हो”बजारमा

सुर्यकुमारी पुनको तीज गीत”माइत जाने हो”बजारमा

काठमाडौं । नेपाली हिन्दु महिलाहरुको महान चाड तिज नजिकिएसँगै बिभिन्न गायक गायिकाहरुको तिज गीत सार्वजनिक...   
नेपालको शानदार प्रदर्शन : सिंगापुर ७३ रनमा अलआउट

नेपालको शानदार प्रदर्शन : सिंगापुर ७३ रनमा अलआउट

काठमाडौं । नेपालको यु–१९ क्रिकेट टीमले चिरपरिचित टोली सिंगापुरसँग शानदार प्रदर्शन गरेको छ । यु–१९...   
माओवादीको जित संभव छ, बिजय संभव छ

माओवादीको जित संभव छ, बिजय संभव छ

बर्गपक्षधरता नेपाली राजनीतिको मेरुदण्ड हो । कुन वर्गको प्रतिनिधी पार्टि बन्ने भन्ने विषयनै राजनीतिको...   
वाइसिएलको सम्मेलन भदौमा

वाइसिएलको सम्मेलन भदौमा

काठमाडौं । नेकपा माओवादी केन्द्रको सहायक संगठन वाइसिएल नेपालको एकताको राष्ट्रिय सम्मलेन भदौमा हुने...   
राणालाई कमल थापाको जवाफ- पार्टीको आधिकारिक निर्णय सबैले मान्नुपर्छ

राणालाई कमल थापाको जवाफ- पार्टीको आधिकारिक निर्णय सबैले मान्नुपर्छ

काठमाडौ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधान संशोधन र सरकारमा सहभागिताका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य सामाचारहरु :
Top