/  Tue, January 17, 2017

नेपालबारे मोदीलाई अर्को झड्का नेपाल चीनसँग नजिकिएको निष्कर्ष

काठमाडौं, २६ पुस । आन्तरिक राजनीतिमा बलियो हस्तक्षेपकारी भुमिकामा उत्रिएको भारतीय संस्थापनलाई नेपालबारे आएको नयाँ प्रतिवेदनले अर्को झड्का दिएको छ ।

भारतका बुद्धिजीविहरूको अध्ययन प्रतिवेदनले नेपालमा भारतविरोधी र चीनमैत्री जनलहर उत्रिएको तथ्य सार्वजनिक गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निद्रा उडेको छ । धेरै भन्दा धेरै भारतमैत्री राजनीतिक दलका नेता र मधेसकेन्द्रित दलहरूलाई झुकावमा राखेपनि नेपालमा चीनको गतिविधि बढ्दो भएको भारतीय थिङ्क ट्याङ्कको प्रतिवेदन सार्वजनिक भएको हो ।

नेपालमा राजदूत परिवर्तनको तयारीमा रहेको भारतीय संस्थापनका लागि पठाउन लागिएका पूर्व सेना प्रमुख दलबीर सिंहका लागि थप जिम्मेबारी थप्नुपर्ने बाध्यता पनि आइ लागेको छ । नेपालमा सर्वाधिक विरोध भएका राजदूत रणजित रायको कार्यकालले नै नेपाल–भारत सम्बन्ध विगारेको पनि भारतीय संस्थापनको ठहर रहेको छ । भारतीय कांग्रेसको सरकारका पालामा नेपालमा पठाइएका राजदूत रायका विभिन्न गल्तीका कारणले नै भारतीय जनता पार्टीले बनाएको सरकारको पालामा नेपालसँगको सम्बन्ध विग्रिएको मोदीले पनि ठहर गरेका छन् । विदेश मन्त्रालयमा गलत सूचना र रिपोर्टिङ गरेका कारणले नै राय असफल भएको भारतीय संस्थापनको पनि ठहर छ । नेपालसँगको सम्बन्ध सुधार तथा चीनमैत्री सम्बन्ध बनाइरहेको नेपाली सेनासँगको सम्बन्धलाई पनि उच्च झुकावमा बनाउनेगरी भारतले नेपालमा दलबीरलाई राजदूतका रूपमा पठाउन लागेको हो ।

भारत सरकार निकट रहेको अब्जर्भर रिसर्च फाउन्डेसनको अध्ययन प्रतिवेदनमा सार्क सदस्यहरूको भारतसँग भन्दा पनि चीनसँग बलियो दुईपक्षीय सम्बन्ध रहेको उल्लेख छ ।

नेपालका लागि भारतीय पूर्वराजदूत श्यामशरणको नेतृत्वमा रहेको उक्त संस्थाको प्रतिवेदनले नेपाल नीतिमा भारतले आफ्नो पहुँच कमजोर बनाइरहेको ठहर भएको छ । संस्थामा सिनियर फेलोको रूपमा कार्यरत जयश्री सेनगुप्ताले सार्कबारे तयार पारेको प्रतिवदेनमा सार्क मुलुकहरूमध्ये पनि विशेषगरी नेपालमा चीनको प्रभाव बढेको उल्लेख छ । ‘नेपाल विशेषगरी चीनसँग नजिक हुँदै गएको छ र नेपालमा चीनले ठूलो मात्रामा लगानी गरिहेको छ ।’ नेपालका तत्कालीन प्रधानमन्त्री केपी ओलीले चीनको भ्रमण गर्दा १० वटा समझदारी पत्रमा हस्ताक्षर गरेको र ती विशेषगरी आर्थिक सहकार्यमा केन्द्रित रहेको उल्लेख गरिएको छ ।

अध्ययन प्रतिवेदनमा भूकम्पपछि चीनले नेपाललाई गरेको आर्थिक सहयोगका सम्बन्धमा समेत उल्लेख छ । आलेखमा मात्र होइन, नेपालमा चीनको प्रभाव बढ्दै गएकोमा भारतका राजनीतिक दल तथा कर्मचारी तहमा पछिल्ला दिनहरूमा निकै चिन्ता बढेको देखिन्छ । काठमाडौंमा भएको सार्क सम्मेलनमा चीनलाई सार्कको पूर्ण सदस्य बनाउने विषयमा छलफल भए पनि भारतले नमानेकाले सम्भव भएन । आलेखमा सार्क कसरी अगाडि बढ्छ भन्ने विषय भारतीय प्रधानमन्त्रीको क्षेत्रीय सहकार्यलाई कसरी अगाडि बढाउने भन्ने इच्छा र भारतका छिमेकी मुलुकहरूसँगको सम्बन्ध सन् २०१७ मा कस्तो हुन्छ, त्यसमा निर्भर हुने उल्लेख गरिएको छ । सार्कलाई ब्युँताउन तथा सक्रिय पार्न पाकिस्तानको सहयोग अपरिहार्य रहने समेत जनाइएको छ । संस्थाको अध्ययनमा सन् २०१७ मा पनि सार्क सम्मेलन हुने कुरा यकिन नभएको उल्लेख गरिएको छ । सार्कको परिकल्पना नेपालले गरेको र त्यसमा भारतको सहयोग रहेको थियो ।

भारतीय संस्थापनले नेपालमा सुसुप्त हस्तक्षेप बढाउनुपर्ने भएपनि भाजपाको कार्यकाल शुरू भएपछि प्रत्यक्ष हस्तक्षेपले नेपालले चीनसँग सम्बन्ध विस्तार गरेको थिङ्क ट्यांकको ठहर छ । यहि रिपोर्ट मोदीकहाँ पनि पुराइएको छ । पाकिस्तान र चीनसँग सम्बन्ध विग्रिरहेको बेलामा नेपालमा पनि सम्बन्ध जबरजस्त रूपमा विग्रिनु भारतका लागि राम्रो संकेत नभएको र नेपालमा रहेका जासुस र कर्मचारीहरूको कमजोरी मुख्य रहेको रिपोर्ट मोदीकहाँ पुगेको छ । नेपालमा नाकाबन्दि गरिनु र मधेस आन्दोलाई खुलेस समर्थन गर्दा बहुमत नेपाली जनतामा भारतविरोधी र चीनमैत्री भावना बढेको पनि बताइएको छ ।

‘खुलेआम नेपालमा रहेका भारतीय राजदूतको राजीनामामा सडक तात्छ, संसदमा राजीनामा मागिन्छ । तर, चीनका राजदूतको मागिँदैन किन ?’, भारतीय अधिकारीले भनेका छन्,‘चीन सुसुप्त कुटनीतिक दबाब बढाइरहेको छ, उसका पनि कयन जासुसहरू नेपालमा छन् तर प्रत्यक्ष भन्दा परोक्ष रूपमा उनीहरू सक्रिय रहेका छन् ।’

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भुल हुन्छ हजुर !

भुल हुन्छ हजुर !

याे धरातलबाट निष्केकाे तातो पानीले अाफै तातो भएको ठानेन भने जमिनमा उभिएको सतिसालले अाफ्नै खुट्टाले...   
दशौं विश्व उर्जा सम्मेलनमा के भने प्रचण्डले ? सम्बोधनको बुँदागत संक्षेपीकरण यस्तो छ

दशौं विश्व उर्जा सम्मेलनमा के भने प्रचण्डले ? सम्बोधनको बुँदागत संक्षेपीकरण यस्तो छ

आवुदावी, ४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आवुदावीमा आयोजित दशौं विश्व भविष्य उर्जा...   
नेपाल पशु चिकित्सा परिषद्को निर्विरोध निर्वाचन

नेपाल पशु चिकित्सा परिषद्को निर्विरोध निर्वाचन

काठमाडौं, ४ माघ । नेपाल पशु चिकित्सा परिषद्को पाँचौ कार्यकारिणी समितिका पदाधिकारीहरुको निर्विरोध...   
यस्तो बनायो माओवादी केन्द्रले संगठनात्मक कार्यविधि : १९९ केन्द्रीय समिति, १०० वैकल्पिक

यस्तो बनायो माओवादी केन्द्रले संगठनात्मक कार्यविधि : १९९ केन्द्रीय समिति, १०० वैकल्पिक

काठमाडौं, ४ माघ । ०६२ यता संगठनात्मक रुपमा सबैभन्दा भद्रगोल बनेको नेकपा माओवादी केन्द्रले संगठनात्मक...   
प्रचण्डले भने, –नेपाल फर्कनासाथ सुन तस्करहरुलाई कारवाही गर्छु

प्रचण्डले भने, –नेपाल फर्कनासाथ सुन तस्करहरुलाई कारवाही गर्छु

युएई (दुबाई), ४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले मानव तस्करसँग साँठगाँठ गर्ने विमानस्थलस्थित अध्यागमन...   
राष्ट्रपतिको पूर्वराजा मोह : ज्ञानेन्द्र जाने भए शितल निवास

राष्ट्रपतिको पूर्वराजा मोह : ज्ञानेन्द्र जाने भए शितल निवास

काठमाडौं, ३ माघ । राष्ट्रपति विद्यादेवि भण्डारीले आफ्नी छोरीको विहेमा निम्त्याएका पूर्व राजा ज्ञानेन्द्र...   
प्रधानन्यायाधीशलाई एक बन्दीको प्रश्न : ‘नगरेको अपराधमा कहिलेसम्म जेल बस्नुपर्ने हो मैले ?’

प्रधानन्यायाधीशलाई एक बन्दीको प्रश्न : ‘नगरेको अपराधमा कहिलेसम्म जेल बस्नुपर्ने हो मैले ?’

प्रधानन्यायाधीश पदमा नियुक्त भएपछि सुशीला कार्कीले सार्वजनिक कार्यक्रममा पटक–पटक दोहो¥याएर भनिन्,...   
मधेश बिनाको काठमाडौं कल्पना गर्न सकिँदैन –प्रचण्ड

मधेश बिनाको काठमाडौं कल्पना गर्न सकिँदैन –प्रचण्ड

दुवई, ३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेश बिनाको काठमाडौंको कल्पना गर्न नसकिने...   
सिटी एभर्टनसँग स्तब्ध, युनाइटेड र लिभरपुलको फेरी बराबरी

सिटी एभर्टनसँग स्तब्ध, युनाइटेड र लिभरपुलको फेरी बराबरी

काठमाडौं, ३ माघ । म्यानेचेष्टर सिटीलाई उभर्टनले ४–० ले स्तब्ध बनाउँदा म्यानेचेष्टर युनाइटेड र लिभरपुलले...   
अर्थ समितिको निर्देशन लत्याउँदै एनसेलका योजना धमाधम स्वीकृत

अर्थ समितिको निर्देशन लत्याउँदै एनसेलका योजना धमाधम स्वीकृत

काठमाडौं, ३ माघ ।  संसद्को अर्थ समितिले गत जेठ २१ गते एनसेलबाट सबै कर असुल गरिसकेपछि मात्र कम्पनीको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु :
Top