/  Tue, September 26, 2017

बाजा बजाएर एमालेलाई विदाइ गरिएको ठाउँबाटै शुरु भयो मधेस अभियान

सुनसरी, २५ पुस । बाजा बजाएर एमालेलाई बिदाई गरिएकै ठाउँबाट एमालेले मधेस जागरण अभियान थालेको छ । एमालेलाई बिदाइ गरिएको भोलिपल्ट सोही ठाउँमा एमाले नेता माधव नेपाल गएर पार्टीको मधेस अभियानको थालनी गरे ।

सोमवार सुनसरीको हरिनगरा गाविसबाट एमालेले मधेस अभियान थालनी गर्न लागेको आइतबार बेलुका सो ठाउँमा बाजागाजासहित एमालेलाई बिदाई लेखिएका ब्यानर लिएर मोर्चाका नेता कार्यकर्ताले प्रदर्शन गरेका थिए ।

बाजागाजासहित एमालेलाई बिदाइ गरी एमालेमुक्त घोषणा गरिएकै ठाउँबाट एमाले नेता नेपालले सोमवार पार्टी अभियानको उद्घाटन गरे । एमाले नेता आउने भएपछि मोर्चाका कार्यकर्ताले विहानैदेखि प्रदर्शन गरेका थिए । नेता नेपाललाई अवरोध गर्न भन्दै ठाउँ ठाउँमा टायर बालेर मोर्चाका कार्यकर्ताले प्रदर्शन गरेका थिए ।

एमालेकै मधेसी नेताहरुको सुरक्षाकाबीच अवरोध छल्दै एमालेलाई बिदाइ गरिएकै गाउँमा पुगेर नेता नेपालले भाषण गरे । नेपालले अन्यत्र जस्तो मधेसी नेता कार्यकर्तालाई गाली गरेनन्, बरु मधेसीको हितमा एमाले लड्दै आएको भन्दै आफूलाई मधेसको धर्तिपुत्र भएको दाबी गरे ।

मैथली भेषमा कार्यक्रममा उपस्थित नेपालले नेपाली भाषा बोल्दै बोलेनन् । उनले मैथली भाषामै भाषण गर्दै आफूहरुलाई मधेसबाट खेदाउन खोज्नेहरु आफै खेदिने उल्लेख गरेका थिए । उक्त गाउँ सदरमुकाम इनरुवाबाट झण्डै १६ किलोमिटर टाढा भारतीय सीमावर्ती क्षेत्रमा पर्दछ ।

यो पनि पढ्नुस्ः  

बाजागाजासहित सुनसरीबाट एमालेलाई बिदाइ, मधेसका सबै जिल्लाबाट बिदाइ गर्ने तयारी

पुस २५ गते, २०७३ - १६:२४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रचण्डदेखि कमल थापासम्मको दसैं : पूर्वराजा छाडेर दाजुबाट टिका थाप्नेदेखि चुनावी रणनीतिसम्म

प्रचण्डदेखि कमल थापासम्मको दसैं : पूर्वराजा छाडेर दाजुबाट टिका थाप्नेदेखि चुनावी रणनीतिसम्म

  काठमाडौं । दसैं शुरु भइसकेको छ । नेपालीहरुको बिशेष चाडको रुपमा हेरिने दसैंसँगै प्रतिनिधि र प्रदेशसभाको...   
कसले कहाँकहाँ ? जिते हेर्नुस् सुचिसहित

कसले कहाँकहाँ ? जिते हेर्नुस् सुचिसहित

कांग्रेसले जितेका स्थानीय तह १. सिरहाको नवराजपुर गाउँपालिकामा कांग्रेसका विश्वमोहन यादव अध्यक्ष...   
२ नं. प्रदेशको पहिलो महिला मेयरमा माओवादीकी रिना विजयी

२ नं. प्रदेशको पहिलो महिला मेयरमा माओवादीकी रिना विजयी

काठमाडौं । प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचनमा पहिलो महिला मेयरको रुपमा रौतहटको मौलापुर नगरपालिकाबाट...   

यस्तो आयो महोत्तरीको सम्सी गाउँपालिकाको ताजा परिणाम

महोत्तरी । पछिल्लो ताजा मतपरिणाम यस्तो छ– संघीय समाजवादी १९१४/११७६ माओवादी १८१३/१५९८ कांग्रेस १०९८/१३९८ राजपा...   
हराएका लामाको २५ वर्षपछि गायन क्षेत्रमा कम ब्याक

हराएका लामाको २५ वर्षपछि गायन क्षेत्रमा कम ब्याक

काठमाडौं । २५ वर्षअघि गायन क्षेत्रमा तल्लीन भएर लागेका भीमसेन लामा एकाएक हराए । उतिबेलाका चर्चित गायकहरु...   
राष्ट्रपति भण्डारीद्वारा घटस्थापना

राष्ट्रपति भण्डारीद्वारा घटस्थापना

फाइल फोटो काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँको पहिलो दिन वैदिक विधिपूर्वक विश्व...   
एमालेले पनि खाता खोल्यो : सप्तकोशीमा दुवै पदमा एमाले

एमालेले पनि खाता खोल्यो : सप्तकोशीमा दुवै पदमा एमाले

सप्तरी । सप्तरीको सप्तकोशी नगरपालिकामा नेकपा एमालेले आफ्नो पार्टीको तर्फबाट पहिलो खाता खोलेको छ । सप्तकोशी...   
प्रचण्डको निर्वाचन क्षेत्र कर्जन्हा नगरपालिका माओवादीले जित्यो

प्रचण्डको निर्वाचन क्षेत्र कर्जन्हा नगरपालिका माओवादीले जित्यो

सिराहा । सिराहाको कर्जन्हा नगरपालिकामा माओवादीले २ नं. प्रदेशमा पहिलो खाता खोलेको छ । नेकपा माओवादी...   
यस्तो आयो विरगंजको अपडेट

यस्तो आयो विरगंजको अपडेट

विरगंज । वीरगंज महानगरपालिकामा राजपाका मेयर उम्मेदवार राजेशमान सिंहले ९३ मत ल्याएर अग्रता कायम गरेका...   
भन्सार छली गरी भित्र्याइएको ३० लाखको सामान वाइसीएलले राजश्वमा बुझायो

भन्सार छली गरी भित्र्याइएको ३० लाखको सामान वाइसीएलले राजश्वमा बुझायो

नवलपरासी । नेकपा माओवादी केन्द्रको सहायक संगठन वाइसीएल नेपाल परासी र नवलपुरले भन्सार छली गरी भित्याउन...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य सामाचारहरु :
Top