/  Sat, February 25, 2017

पोखराको छिनेडाँडामा नेपाल टेलिकमको एक्सचेञ्ज पोखरा नगरलाई फ्रि वाइफाइ जोन बनाउन प्रस्ताव

पोखरा, २५ पुस । पोखराको छिनेडाँडामा नेपाल टेलिकमको एमएसएजी एक्सचेञ्ज स्थापना गरिएको छ । पोखरा उपमहानगरपालिका १८ स्थित छिनेडाँडामा स्थापना गरिएको नेपाल टेलिकमको एमएसएजी एक्सचेञ्जको सूचना तथा सञ्चारप्रविधि मन्त्री सुरेन्द्रकुमार कार्कीले उद्घाटन गरे ।

पु्म्दी भुम्दीका स्थानीय राजु क्षेत्रीलाई टेलिफोन गरी तथा इन्टरनेटमा भिडियो प्लेगरी मन्त्री कार्कीले एक्सचेन्ज उद्घाटन गरेका हुन् ।
सो अवसरमा मन्त्री कार्कीले पोखरा नगरलाई स्मार्ट सिटी बनाउने कार्यमा नेपाल टेलिकम मार्फत सरकारले सहयोग गर्ने बताए । नेपाल टेलिकमसँग बलियो पुर्र्वाधार र दक्ष जनशक्ति भएको र यहाँका कर्मचारीलाई प्रोत्साहित गरेमा राम्रो परिणाम आउनसक्ने बताए ।

सो अवसरमा संसदीय विकास समितिका सभापति रविन्द्र अधिकारीले उक्त क्षेत्रमा छोटो समयमा टेलिफोन सेवा वितरण गर्ने ब्यवस्था मिलाएकोमा नेपाल टेलिकमलाई धन्यवाद दिए । उनले नेपाल टेलिकमले नाफा हुने क्षेत्रमा कमाएर दुर्गम र विकट भेगमा सेवा विस्तार गरिरहेको बताए । उनले पोखरा नगरलाई वाइफाइ फ्रि जोनको रुपमा विकास गर्न कम्पनीले सहयोग गर्नुपर्ने बताए ।

उक्त अवसरमा बोल्दै नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले नेपाल टेलिकम ब्यवसायिक संस्था मात्र नभएर सामाजिक उत्तरदायित्व बहन गर्दै देशको आर्थिक, सामाजिक क्षेत्रमा समेत योगदान गर्ने कम्पनी भएको बताए ।

एक्सचेञ्जको समुद्घाटनका अवसरमा रु पचास बराबरको टक भ्यालु रहेको निःशुल्क सिम वितरण गरिएको एनटीसीले जनाएको छ ।
दूरसञ्चार कार्यालय पोखराका प्रमुख नरेशकाजी शाक्यले सो एक्सचेञ्जको क्षमता ७३६ लाइन रहेको तथा माग अनुरुप लाइन थप गर्दै लान सकिने सुविधा पनि रहेको बताए ।

सो एक्सचेञ्जबाट हाललाई टेलिफोन, इन्टरनेट तथा प्mयाक्स सुविधा लिन सकिने र त्यसपछि आवश्यकता अनुसार टेलिभिजन तथा मल्टिमिडियाको सुविधा पनि लिन सकिने उनले जानकारी दिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

१३ क्याम्पसमा अखिल क्रान्तिकारी विजयी  (सूचिसहित)

१३ क्याम्पसमा अखिल क्रान्तिकारी विजयी (सूचिसहित)

काठमाडौं, १४ फागुन । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुनु अघि नै देशका विभिन्न १३ क्याम्पसमा...   
सिरियामा कार बम विस्फोट, साठी जनाको मृत्यु

सिरियामा कार बम विस्फोट, साठी जनाको मृत्यु

दमासकस, १३ फागुन । सिरियाको उत्तरी सहर अलबाब नजिकै भएको आत्मघाती बम हमलामा परी शुक्रबार कम्तीमा ६०...   
विस्तारै विस्तारै म्युजिक भिडियोमा आरजे सोनीको हट सिन (भिडियोसहित)

विस्तारै विस्तारै म्युजिक भिडियोमा आरजे सोनीको हट सिन (भिडियोसहित)

काठमाडौं । आरजे सोनी र समी खानको पप गीत ‘विस्तारै विस्तारै’मा आरजे सोनीको हट सिन रहेको छ । समी खानको...   
भारतको मणिपुरमा भूकम्प

भारतको मणिपुरमा भूकम्प

नयाँ दिल्ली, १३ फागुन । भारतको मणिपुरमा शुक्रबार बेलुकी भूकम्प गएको छ । भू तथा विज्ञान मामिला मन्त्रालयकाअनुसार...   
चुनाव घोषणा भएको पाँच दिनपछि वैद्यले भने– उपयुक्त समयमा निर्णय गरिन्छ

चुनाव घोषणा भएको पाँच दिनपछि वैद्यले भने– उपयुक्त समयमा निर्णय गरिन्छ

काठमाडौं, १३ फागुन । सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेको चार दिनपछि नेकपा क्रान्तिकारी...   
पशुपतिको जात्रा, सिद्राको ब्यापार !

पशुपतिको जात्रा, सिद्राको ब्यापार !

काठमाडौं, १३ फागुन । हिन्दु धर्मावलम्बीहरुको पर्व महाशिवरात्रीका अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दिरसहित...   
शिवमन्दिरमा सिलिण्डर पड्किँदा एक प्रहरीको मृत्यु, आठ जना घाइते

शिवमन्दिरमा सिलिण्डर पड्किँदा एक प्रहरीको मृत्यु, आठ जना घाइते

सुनसरी, १३ फागुन । सुनसरीको सिमरिया–४ चरैयास्थित शिव मन्दिरमा शुक्रबार सिलिन्डर पड्कँदा एक प्रहरीको...   
मोर्चाले सरकारको समर्थन फिर्ता नलिने, विधेयकमाथि संशोधन हाल्ने

मोर्चाले सरकारको समर्थन फिर्ता नलिने, विधेयकमाथि संशोधन हाल्ने

काठमाडौं, १३ फागुन । संविधानप्रति असन्तुष्ट रहेको मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता नलिने...   
अष्ट्रियाकी स्वास्थ्यमन्त्रीको निधन

अष्ट्रियाकी स्वास्थ्यमन्त्रीको निधन

अष्ट्रिया, १३ फागुन । अष्ट्रियाका स्वास्थ्य र महिला मन्त्री साबिने ओबेर्हाउसेरको निधन भएको छ । क्यान्सरका...   
सेना प्रमुखको घोषणा– अवाञ्छनीय गतिविधि निस्तेज गर्न तयार छौं

सेना प्रमुखको घोषणा– अवाञ्छनीय गतिविधि निस्तेज गर्न तयार छौं

काठमाडौं, १२ फागुन । प्रधानसेनापति राजेन्द्र क्षत्रीले कुनै पनि अवाञ्छनीय गतिविधि निस्तेज गर्न नेपाली...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु :
Top