/  Wed, October 17, 2018

‘मिस तामाङ’मा ३८ जना छनोट (नामावलीसहित)

  • पुस २५ गते, २०७३ - १०:४२

काठमाडौं ।  तामाङ कला, संस्कृति एवं भाषालाई उजागार गर्ने उद्देश्यले आयोजना हुन लागेको दसौँ मिस तामाङको पहिलो छनोट प्रक्रिया सम्पन्न भएको छ । काठमाडौंको लाजिम्पाटस्थित एम्बेसी रेस्टुरेन्टमा हिजो आयोजना भएको छनोट प्रक्रियामा ३८ जनाको सहभागिता रहेको थियो । प्रतियोगिताका लागि ४१ जनाले फराम भरेको आयोजकका अध्यक्ष रञ्जिता ब्लोनले बताइन् ।

एभरेस्ट फेसन होमका अध्यक्ष ब्लोनको अध्यक्षतामा सम्पन्न सो छनोट प्रक्रियामा निर्णायकहरु संगीतकार मिलन मोक्तान, गायक संजोक योञ्जन, गायिका सुनिता दुलाल, २०१२ को मिस तामाङ विजेता सुमी मोक्तान, २०१२ कै फस्ट रनरअप विनिता तामाङ, म्हेन्दो माया गायक रोशन फ्युबा तामाङ र समाजसेवी तथा व्यवसायी शम्भु मोक्तान रहेका थिए ।

सहभागीहरु क्रमशः देबु लामा सिन्धुपाल्चोक, कोपिला घलान हेटौँडा, विनिता तामाङ काठमाडौं, पिंकी तामाङ घिसिङ काठमाडौं, रोजिना लामा सिन्धुपाल्चोक, रीता लामा थिङ धादिङ, मनीषा तामाङ रामेछाप, अस्मिता लामा काठमाडौं, श्रीयम तामाङ काठमाडौं, ललिता तामाङ काठमाडौं, चन्दा तामाङ सिन्धुपाल्चोक, पुनम तामाङ चितवन, मनीषा ब्लोन मकवानपुर, रितु गोले तामाङ रामेछाप, दक्षिणा लामा जनकपुर, जयमाया तामाङ काभ्रे, स्मारिका तामाङ काभ्रे, अस्ना लामा झापा, सरला तामाङ धरान र मैना लामा नुवाकोटका छन् ।

त्यसैगरी रुपमाया लामा काभ्रे, मञ्जु तामाङ काभ्रे, कुमारी तामाङ काठमाडौ, अन्जना तामाङ लमजुङ, दिक्षकिरण लोप्चन काठमाडौं, विपना घिसिङ रामेछाप, गंगा पाख्रिन तामाङ धादिङ, फूलमाया मोक्तान काठमाडौं, अस्मिता बल रंगपुर, आस्मा लामा ललितपुर, साङ्मो बोम्जन सिन्धुली, सरिता लामा ललितपुर, सितल लामा काठमाडौं, पूजा घिसिङ, करुण बल काठमाडौं, दीक्षा मोक्तान ललितपुर, उर्मिला तामाङ काठमाडौं, मिना तामाङ काठमाडौ, मिङ्क्ष तामाङ बौद्ध, सञ्जु तामाङ बौद्ध, सन्दीपा तामाङ रहेका छन् ।

पहिलो छनोटको नतिजा आएलगत्तै तालिम सुरु हुने अध्यक्ष ब्लोनले जनाएकी छन् । यो सुन्दरी प्रतियोगिता दसौँ संस्कारण २०१७ को ज्या ल्हो सोनाम ल्होछारको उपलक्ष्यमा हुन लागेको हो । प्रतियोगिताको अन्तिम चरण आगामी माघको २२ गते काठमाडौंमा हुँदै छ । मिस तामाङ प्रतियोगिता एभरेष्ट फेसन होम र साधना कला केन्द्रले पालैपालो आयोजना गर्दै आएका छन् । यो बर्ष एभरेस्ट फेसन होमद्वारा आयोजनामा हँुदै छ । प्रतियोगिता २००६ देखि गर्दै आयोजना हुँदै आएको हो ।

पुस २५ गते, २०७३ - १०:४२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

किन खोजिँदैछ १ सय कर्मचारी परिचालन गरेर एउटा बघिनी ?

किन खोजिँदैछ १ सय कर्मचारी परिचालन गरेर एउटा बघिनी ?

मध्य भारतमा ठूलो स्तरमा एउटा खोजी अभियान जारी छ। वन विभागका एक सयभन्दा बढी अधिकारी, सुरक्षाकर्मी, बेहोस...   

ओली सरकारप्रति बाबुराम भट्टरार्इको टीप्पणीः न हाँसको चालमा न कौवाको

गोरखा । नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिलेको सरकारको...   

टेलिकमको यी २२ अफर लिएर मज्जा लुट्नुस्, विद्यार्थीलार्इ पनि यस्तो अफर

काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer) उपलब्ध गराउने भएको छ । उक्त अफरहरु सोमबार...   
फ्रान्सको दक्षिण पश्चिममा आँधी, ६ जनाको मृत्यु

फ्रान्सको दक्षिण पश्चिममा आँधी, ६ जनाको मृत्यु

फ्रान्स । दक्षिण पश्चिम फ्रान्समा आएको आँधीका कारण कम्तीमा छ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।...   
विमानको ढोका लगाउन खोज्दा कर्मचारी खसिन्

विमानको ढोका लगाउन खोज्दा कर्मचारी खसिन्

विमानस्थलमा उड्ने तयारीमा रहेको एउटा विमानको ढोकाबाट एक कर्मचारी खसेर घाइते भएकी छिन्। सोमबार बिहान...   

दुई कोरियाबीच कोरियाली द्वीपमा रेलमार्ग निर्माण सहमति

सोल । उत्तर र दक्षिण कोरियाबीच सोमबार भूमिगत रेलमार्ग निर्माणका लागि सहमति भएको समाचार छ । कोरियाली...   

टीकाको दिन प्रहरीको निःशुल्क बस

कास्की । दशैँको टीकाको दिन पोखरामा सशस्त्र प्रहरी बलले निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । कात्तिक...   

माथिल्लो तामाकोशीको १ अर्ब ५८ करोडको आइपिओ आउँदै

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले सर्वसाधारणलाई...   

किन जाँदैछन् रामचन्द्र पाैडेल १२ दिन लामो भारत भ्रमणमा ?

काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल भारत भ्रमणमा जाने भएका छन् । १२ दिन लामो...   

मेलम्ची सुरुङको अन्तिम काम ७.३ किमी बाँकी

चौतारा । मेलम्ची खानेपानी आयोजनाको सुरुङको अन्तिम काम अझै ७ दशमलव ३ किमी बाँकी छ । सुरुङभित्रको ढलान...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top