Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

बाजागाजासहित सुनसरीबाट एमालेलार्इ बिदाइ, मधेसका सबै जिल्लाबाट बिदाइ गर्ने तयारी

\"\" सुनसरी, २४ पुस । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई मधेसको एक जिल्ला सुनसरीबाट बाजागाजासहित बिदाई गरिएको छ । एमालेले पछिल्लो समय मधेस र मधेसी जनताको भावना र चाहनाविपरीत कदम चालेको भन्दै सुनसरीस्थित हरिनगरामा बृहत कार्यक्रम गरी एमालेलाई बिदाई गरिएको हो । मधेसबाट एमालेलाई बिदाई कार्यक्रम, एमालेलाई मधेसी नचाहिने भए मधेसीलाई एमाले किन चाहियो ? नारा लेखिएको ब्यानरसहित बाजागाजाले एमालेलाई बिदाई गरिएको थियो । आइतबार भएको बिदाई कार्यक्रममा सहभागी स्थानीय सन्तोष मेहताले एमालेले मधेसी जनताको विरुद्धमा पटकपटक अभिव्यक्ति दिनुका साथै संविधान संशोधनको विरुद्ध भएको आन्दोलन र मधेस आन्दोलनमा मधेसी जनताको विरुद्धमा उत्रिन अगुवाई गरेको भन्दै एमालेलाई मधेसबाट सम्मानपूर्वक बिदाई गरिएको बताए । \'एमालेले मधेसी जनतालाई पटकपटक अपमान गर्दै आएका छन्, चाहे संशोधनको विरुद्धमा होस् या मधेस आन्दोलनको विरुद्धमा नै किन नहोस् ती सबै ठाउँमा एमालेले मधेस र मधेसीको विरुद्धमा आन्दोलनको अगुवाई गर्दै आएका छन्, त्यसकारण एमालेलाई मधेसी नचाहिएपछि हामीलाई एमालले किन चाहियो ?  हामीले आज एमालेलाई सम्मानपूर्वक बिदा गरेका छौँ \' खबरडबलीसँगको टेलिफोनमा संवादमा उनले भने । उनले एमालेलाई मधेसका पुरै जिल्लाबाट बिदा गरिने समेत बताए । बिदाईस्थलमै सोमबार माधव नेपाल जाँदै, कार्यक्रम बिथोल्ने चेतावनी मधेसी मोर्चासम्बद्ध कार्यकर्ताले आइतबार बाजागाजासहित बिदाई गरिएको स्थलमै सोमबार नेकपा एमालेले क्षेत्रीयस्तरको आमसभा राखेको छ । आमसभालाई एमाले वरिष्ठ नेता माधव नेपालले सम्बोधन गर्ने कार्यतालिका छ । तर आइतबार बाजागाजासहित बिदाई गर्न आएका नेता कार्यकर्ताले एमालेको आमसभा बिथोल्ने चेतावनी दिएको छ । सम्मानपूर्वक बिदाई गरिएको ठाउँमा आमसभा गर्न आउनु उचित नहुने मेहताको भनाई छ । अरु फोटो पनि हेर्नुस् : \"\" \"\" \"\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies