Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

स्ववियु चुनाव लड्न क्याम्पसको गेट ढुकेर बस्नेहरूलाई झापड

बिगत ८ वर्षदेखि हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियनको चुनावका लागि त्रिभुवन विश्वविद्यालयले केही दिनअघि २८ वर्षीय उमेर हद र मिश्रित प्रणालीका आधारमा स्ववियु चुनावको बाटो फुकाइदिएको छ । २८ वर्षे उमेर हद र स्ववियु चुनावकाबारेमा विभिन्न विद्यार्थी संगठन का नेता कार्यकर्ताहरु सामाजिक संजालमा यसको समर्थन र बिरोध दुबै गरिनै राखेका छन् । [caption id=\"attachment_111702\" align=\"alignleft\" width=\"250\"]\"\" कविता ढुंगाना[/caption] लामो समयपछि स्ववियु निर्वाचनको बाटो खुलेको छ । ०६५ को स्ववियु निर्वाचनपछि विद्यार्थी संगठनहरुवीच स्ववियु चुनावको पद्धति कस्तो अपनाउने भन्नेबारे वहस हुन थाल्यो । अखिल क्रान्तिकारी अबको स्ववियु पूर्ण समानुपातिक हुनुपर्छ र उमेरहद कायम गरिनुपर्छ भन्नेमा थियो भने अरु विद्यार्थी संगठन त्यसको बिरोधमा अखिल क्रान्तिकारीले उठाउँदै आएको पूर्ण समानुपातिक ढंगले स्ववियु निर्वाचन गर्ने कुरामा अरु संगठनहरु सहमत हुन नसकेपछि सवै संगठनको समझदारीमा मिश्रित निर्वाचन प्रणाली अपनाइयो । यसमा अध्यक्ष, सचिव र कोषाध्यक्ष प्रत्यक्ष तथा वाँकी पदाधिकारी निर्वाचितहरुको मतदानबाट निर्वाचित गरिने र सबै पदाधिकारीहरु २८ वर्ष मुनिकै हुने र स्ववियु पारदर्शी बनाउने भन्नेमा सबै विद्यार्थी संगठन अझ विशेष गरेर अखिल क्रान्तिकारी सहमत भयो । २८ वर्ष मुनिको क्याम्पसको विद्यार्थी वास्तविक विद्यार्थीको हितमा केन्द्रित रहन्छ किनकी ऊ त्यतिबेलासम्म पनि वास्तविक विद्यार्थी नै हुनेछ ।  
सांसदको टिकट पाउँदा चुनाव लड्न नजाने तर ठुला ठुला क्याम्पसको स्ववियु सभापतिको लागि मरिहत्ते गर्ने प्रबृत्ति झन् डरलाग्दो गरि देखिएको छ । त्यसको मतलब क्याम्पसमा गर्ने ठेकेदारीशैली अनि कलेज क्याम्पसको नाममा गर्ने मनपरितन्त्र कलेज प्रशासनलाई सके फकाएर नत्र थर्काएर धम्काएर विद्यार्थीको नाममा जुन किसिमको राजनीति भइरहेको छ ।
विद्यार्थी जीवनबाट रिटायर भइसकेपछि पनि एउटा क्याम्पसको स्ववियु चुनाव लड्नका लागि क्याम्पसका गेट ढुकेर बस्नेहरूलाई यो २८ वर्ष उमेर हदले दह्रो झापड दिएको छ । यहाँ त कस्तोसम्म देखिन थाल्यो भने सांसदको टिकट पाउँदा चुनाव लड्न नजाने तर ठुला ठुला क्याम्पसको स्ववियु सभापतिको लागि मरिहत्ते गर्ने प्रबृत्ति झन् डरलाग्दो गरि देखिएको छ । त्यसको मतलब क्याम्पसमा गर्ने ठेकेदारीशैली अनि कलेज क्याम्पसको नाममा गर्ने मनपरितन्त्र कलेज प्रशासनलाई सके फकाएर नत्र थर्काएर धम्काएर विद्यार्थीको नाममा जुन किसिमको राजनीति भइरहेको छ, त्यो आफैमा दुखद कुरा हो । यस्तै स्ववियु देखेर नै बेलाबेलामा अब स्ववियु चुनाव को अर्थ छैन भनेर तर्क गर्नेहरु पनि देखिएकै थिए । जुन चिज पनि जुन उद्देश्यका लागि सिर्जना गरिएको हो त्यतातिर हुँदा ठीक हुने हो नत्र त कसरी ठीक होला र ? यस्तै, समस्यामा थियो स्वतन्त्र विद्यार्थी युनियनको चुनाव । देश संघीयतामा गएको छ अब स्थानीय तहको चुनाव हुदै पनि छ त्यतातिर आफ्नो राजनैतिक भविष्य खोज्ने कि फेरि पनि कलेजकै गेटहरु कुरेर बस्ने ? हाम्रा विद्यार्थी संगठनका नेता कार्याकर्ताले बुझ्नुपर्ने कुरा के हो भने चुन्ने र चुनिने कुरा बिल्कुलै फरक कुरा हुन् । जस्तै नेपालको संविधान २०७२ अनुसार सांसद बन्न २५ वर्ष उमेर पुग्नैपर्ने र उक्त सांसदलाई भोट गर्न १८ वर्ष भए हुने कुरा छ । त्यसो भए त यहाँ पनि भन्न सकिन्थ्यो भोट गर्न सक्षम मान्छे सांसद उठ्न किन सक्षम भएनन् ? विद्यार्थी राजनीति नै सबै कुरा होइन र विद्यार्थी राजनीतिबाट बिदा लिदा पुरै राजनीतिबाट बिदा लिएको ठान्नेहरुलाई के भन्छु भने म विद्यार्थी संगठन भनेको आवधिक संगठन हो यो न महिला संगठन जस्तो हो न किसान संगठन जस्तो । त्यसैले अब स्ववियु चुनावमा मात्र होइन विद्यार्थी संगठनमा पनि उमेरहद हुनैपर्छ । हाम्रो विद्यार्थी नेताहरू त कस्ता भए भने बिहान बच्चालाई बोर्डिङ स्कुलको गेटमा छोड्न जाने दिउँसो त्यही बोर्डिङ स्कुल कलेजका मालिकहरुसँग बसेर बार्गेनिङ गर्ने अनि बेलुका ४ बजेपछि बच्चा लिन त्यही बोर्डिङको गेटमा पुग्ने गरेको देखिन्छ । यो अहिलेको विद्यार्थी संगठनका नेता कार्यकर्ताको दुखद यथार्थ हो । यसरी त कसरी हुन्छ विद्यार्थी आन्दोलन ? यसलाई नसुधार्ने हो भने त किन चाहियो स्ववियु अनि किन चाहियो विद्यार्थी संगठन ? नेपालको सन्दर्भमा कुनैबेला विद्यार्थी संगठन अनि विद्यार्थी आन्दोलनलाई अध्ययन गर्ने बुझ्ने हो भने ठुल्ठूला परिवर्तनको सुरुवात यसकै जगमा भएका छन् । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता साथै समानुपातिक सहभागिता विद्यार्थी आन्दोलन र संगठनहरुकै महत्वपूर्ण भूमिकाबाट स्थापित भएका हुन् । त्यतिवेला विद्यार्थी संगठनहरुले पार्टीहरुले गर्ने काम गर्थे । तर अहिले हरेक ठाउँमा प्रतिष्पर्धाका आधारमा चयन हुनुपर्ने विभिन्न ठाउँका प्रमुखहरु राजनीतिक भागवण्डामा चलिरहेको देख्दा पनि विद्यार्थी संगठन चुप लागेर हेरेर बस्दा विद्यार्थी आन्दोलन भुत्ते भएको छ भनेर बुझ्न सकिन्छ । यहि भुत्तो भएको विद्यार्थी संगठन र विद्यार्थी आन्दोलनलाई धारिलो बनाउन २८ वर्ष उमेरहद सहितको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव आवश्यक छ । लामो समयपछि हुन गइरहेको स्ववियु चुनावलाई सफल बनाउन सबै आफ्नो ठाउँबाट जुटौं ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies