/  Mon, November 20, 2017

‘मिस तामाङ’को पहिलो छनोट सकियो

काठमाडौं, २४ पुस । तामाङ कला, संस्कृति एवं भाषालाई उजागार गर्ने उद्देश्यले आयोजना हुन लागेको दसौँ मिस तामाङको पहिलो छनोट प्रक्रिया सम्पन्न भएको छ ।

काठमाडौंको लाजिम्पाटस्थित एम्बेसी रेस्टुरेन्टमा शनिबार आयोजना भएको छनौट प्रक्रियामा ३८ जनाको सहभागिता रहेको थियो । प्रतियोगिताका लागि ४१ जनाले फारम भरको रन्जिता ब्लोनले बताइन ।

एभरेस्ट फेसन होमका अध्यक्ष ब्लोनको अध्यक्षतामा सम्पन्न सो छनोट प्रक्रियामा निर्णायकहरु संगीतकार मिलन मोक्तान, गायक संजोक योञ्जन, गायिका सुनिता दुलाल, २०१२ को मिस तामाङ विजेता सुमी मोक्तान, २०१२ कै फस्ट रनरअप विनिता तामाङ, म्हेन्दो माया गायक रोशन फ्युबा तामाङ र समाजसेवी तथा व्यवसायी शम्भु मोक्तान रहेका थिए ।

सहभागीहरु क्रमशः देबु लामा सिन्धुपाल्चोक, कोपिला घलान हेटौँडा, विनिता तामाङ काठमाडौं, पिंकी तामाङ घिसिङ काठमाडौं, रोजिना लामा सिन्धुपाल्चोक, रीता लामा थिङ धादिङ, मनीषा तामाङ रामेछाप, अस्मिता लामा काठमाडौं, श्रीयम तामाङ काठमाडौं, ललिता तामाङ काठमाडौं, चन्दा तामाङ सिन्धुपाल्चोक, पुनम तामाङ चितवन, मनीषा ब्लोन मकवानपुर, रितु गोले तामाङ रामेछाप, दक्षिणा लामा जनकपुर, जयमाया तामाङ काभ्रे, स्मारिका तामाङ काभ्रे, अस्ना लामा झापा, सरला तामाङ धरान र मैना लामा नुवाकोटका छन् ।

त्यसैगरी रुपमाया लामा काभ्रे, मञ्जु तामाङ काभ्रे, कुमारी तामाङ काठमाडौ, अन्जना तामाङ लमजुङ, दिक्षकिरण लोप्चन काठमाडौं, विपना घिसिङ रामेछाप, गंगा पाख्रिन तामाङ धादिङ, फूलमाया मोक्तान काठमाडौं, अस्मिता बल रंगपुर, आस्मा लामा ललितपुर, साङ्मो बोम्जन सिन्धुली, सरिता लामा ललितपुर, सितल लामा काठमाडौं, पूजा घिसिङ, करुण बल काठमाडौं, दीक्षा मोक्तान ललितपुर, उर्मिला तामाङ काठमाडौं, मिना तामाङ काठमाडौ, मिङ्क्ष तामाङ बौद्ध, सञ्जु तामाङ बौद्ध, सन्दीपा तामाङ रहेका छन् ।

पहिलो छनोटको नतिजा आएलगत्तै तालिम सुरु हुने अध्यक्ष ब्लोनले जनाएकी छन् । यो सुन्दरी प्रतियोगिता दसौँ संस्कारण २०१७ को ज्या ल्हो सोनाम ल्होछारको उपलक्ष्यमा हुन लागेको हो । प्रतियोगिताको अन्तिम चरण आगामी माघको २२ गते काठमाडौंमा हुँदै छ । मिस तामाङ प्रतियोगिता एभरेष्ट फेसन होम र साधना कला केन्द्रले पालैपालो आयोजना गर्दै आएका छन् । यो बर्ष एभरेस्ट फेसन होमद्वारा आयोजनामा हुँदै छ । प्रतियोगिता २००६ देखि गर्दै आयोजना हुँदै आएको हो ।

पुस २४ गते, २०७३ - ११:३८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माओवादी केन्द्रद्वारा ३ पोलिटव्युरो सदस्यसहित १० जना केन्द्रीय सदस्य निष्कासन

माओवादी केन्द्रद्वारा ३ पोलिटव्युरो सदस्यसहित १० जना केन्द्रीय सदस्य निष्कासन

काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्ना ३ जना पोलिटव्युरो सदस्यसहित १० जनालाई पार्टी सदस्यसमेत नरहने...   
अग्नि सापकोटा अर्थात् इमान्दार, कर्तव्यनिष्ठ र जनताप्रति समर्पित नेता

अग्नि सापकोटा अर्थात् इमान्दार, कर्तव्यनिष्ठ र जनताप्रति समर्पित नेता

तत्कालीन पूर्ब १ नं क्षेत्रको सदरमुकाम चौतारा बजारको उत्तरपूर्वी कुनाको भिरालो पाखामा जन्मिएका हुन्...   
खुलासा : सद्दाम हुसेनलाई फाँसी दिदाँ भक्कालिनएका थिए अमेरिकी सेना

खुलासा : सद्दाम हुसेनलाई फाँसी दिदाँ भक्कालिनएका थिए अमेरिकी सेना

सद्दाम हुसेनको सुरक्षामा राखिएका १२ अमेरिकी सैनिक उनको पूरा जीवनका उत्कृष्ट मित्र नभएपनि उनका अन्तिम...   
सरकार छोड्ने तयारी गरेको माओवादी सरकारमै रहने घोषणा

सरकार छोड्ने तयारी गरेको माओवादी सरकारमै रहने घोषणा

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकार छोड्नका लागी तयार गरेको विज्ञप्ती रोकेर तत्काल सरकार नछाड्ने...   
माओवादी र एमालेबिच भएको ७ बुँदे सहमति यस्तो छ

माओवादी र एमालेबिच भएको ७ बुँदे सहमति यस्तो छ

काठमाडौं । दुई ठुला बाम घटक नेकपा माओवादी केन्द्र र नेकपा एमालेबिच हुने भनिएको चुनावी तालमेल र पार्टी...   
एमाले र माओवादीबिच पार्टी एकता हुने, सुर्य चुनाव चिन्ह

एमाले र माओवादीबिच पार्टी एकता हुने, सुर्य चुनाव चिन्ह

काठमाडौं । नेकपा माओवादी र नेकपा एमालेबिच पार्टी एकताको ७ बुँदे सहमति भएको छ । आज पेरसडाँडामा भएको...   
चुनावका लागी वाइसीयलको यस्तो तयारी

चुनावका लागी वाइसीयलको यस्तो तयारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको सहायक संगठन वाइसीयल नेपालले आउँदो मंसिर १० र २१ को प्रदेश तथा संघको...   
आउँदो चुनावमा माओवादीसँग तालमेल गर्ने एमाले निर्णय

आउँदो चुनावमा माओवादीसँग तालमेल गर्ने एमाले निर्णय

काठमाडौं । संसदको दोस्रो ठूलो दल एवं प्रमुख प्रतिपक्षी नेकपा एमालेले आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा...   
अमेरिकी सेनाले उत्तर कोरियाली जनतामाथि गरेका अत्यचारका ९ तस्वीर

अमेरिकी सेनाले उत्तर कोरियाली जनतामाथि गरेका अत्यचारका ९ तस्वीर

एजेन्सी। अहिले अमेरिका र उत्तरकोरियाबिच तनावको अवस्थामा छ । कहिलेकाही यी दुवै देशका अभिव्यक्तिहरु...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य सामाचारहरु :
Top