/  Thu, January 19, 2017

एमालेको नयाँ रणनीति : आफु अनुकुल भएमात्रै संसद लोकमान प्रकरणबाट भाग्ने योजना

काठमाडौं, २४ पुस । सर्वोच्व अदालतको फैसला पश्चात संसदमा प्रमुख विपक्षी दल लगायतको अवरोध हट्ने आम अपेक्षामा एमालेको पछिल्लो रणनीतिले तुषरापात गरिदिएको छ ।

सर्वोच्वको संसद अवरोध खुलाउन भएको निर्णयको स्वागत गरेको एमालेले जनताको सर्वोच्व निकाय संसदलाई बन्धक नबनाउने अपेक्षा गरिएको थियो । संविधानमाथिको छलफललाई नै प्रभावित पार्ने उदेश्य राखेर संसदको अधिकारमाथि जर्वजस्ति गरिरहेको एमालेले काठमाडौंमा शक्ति प्रदर्शन लगत्तै संशोधनको पक्षमा दूईतिहाई पुग्ने अवस्थासम्म संसद अवरोध नहटाउने भएको छ ।

एमालेका शिर्ष नेताहरुको एक छलफलबाट एमालेले अझैपनि संशोधनको पक्षमा दूईतिहाइ पुग्ने सम्भावना रहेको र लोकमान विरुद्दको महाअभियोग प्रस्ताव पनि टार्न सकिने भएकोले संसद अवरोध नहटाउने निष्कर्ष निकालेको हो ।

लोकमानले पछिल्लो समय एक वक्तव्य जारी गर्दै आफु पदमा रहेपनि र नरहेपनि नेताहरुको बदमासीबारे सार्वजनिक गरिदिने बताएपछि एमालेका नेताहरु झस्किएका छन् । संसदबाट लोकमान प्रकरण टुङ्ग्याउन पर्ने अवस्थामा लोकमानले खोल्ने पोलले सबैभन्दा बढी एमालेका नेताहरुलाई पोल्ने एमालेको विश्लेषण छ । तसर्थ संशोधनको बहानामा लोकमान प्रकरण रोक्न सकिने र उत्तः प्रकरण सर्वोच्वबाटै फैसला होओस् भन्ने धारणामा एमाले पुगेको छ ।

बाहिर प्रचारमा संशोधन राष्ट्रघाति भएको भनेर गरिएपनि अन्तर्यमा एमाले लोकमान प्रकरणबाट सुरक्षित रुपमा बाहिर निस्कन चाहन्छ । संसदको दुईतिहाई त राप्रपाले समर्थन नगर्नेबित्तिकै नपुग्ने करिब पक्का जस्तै छ । यस्तो अवस्थामा संसद चल्न नदिनुको आन्तरिक उदेश्य भनेको लोकमानको महाअभियोग प्रकरण रोक्नु नै रहेको सत्तापक्षिय एक नेताले बताए ।

उसो त लोकतान्त्रमा संसदको अधिकारमाथि बलजफ्ती गरिरहेको एमालेले अलोकतान्त्रिक तवरबाट संसदमा अवरोध गरिरहेकोमा चौतर्फी विरोध त भइनै रहेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चिनिया थिङ्ट्याङ समुहद्वारा माओवादी नेता नारायणकाजीसँग छलफल

चिनिया थिङ्ट्याङ समुहद्वारा माओवादी नेता नारायणकाजीसँग छलफल

काठमाडौं, ६ माघ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालयमा चिनिया थिंक ट्यॉकसमूहले नेता नारायणकाजी...   
प्रचण्ड सरकारको अर्को जनप्रिय निर्णय : अब किसान आयोग

प्रचण्ड सरकारको अर्को जनप्रिय निर्णय : अब किसान आयोग

काठमाडौं, ६ माघ । सरकारले किसान आयोग गठन गरेको छ । किसान आयोग गठन गर्नेसम्बन्धी तत्कालिन केपी शर्मा...   
बाबुरामले यसरी सुरु गरे कार्यकारी राष्ट्रपतिको पक्षमा हस्ताक्षर संकलन अभियान

बाबुरामले यसरी सुरु गरे कार्यकारी राष्ट्रपतिको पक्षमा हस्ताक्षर संकलन अभियान

काठमाडौं, ५ माघ । नयाँ शक्ति पार्टीले संविधान संशोधनमार्फत जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी...   
वाइसिएलले बैठक बोलायो, कास्कीको एकता भेला माघ २९ गते

वाइसिएलले बैठक बोलायो, कास्कीको एकता भेला माघ २९ गते

काठमाडौं, ५ माघ । अर्घाखाँचीमा उर्जामन्त्री तथा पार्टीका नेता जनार्दन शर्मामाथि भएको आक्रमणको प्रत्याक्रमण...   
बैद्यलाई अङ्गुर अमिलो ! प्रचण्ड र बाबुरामलाई गुलियो

बैद्यलाई अङ्गुर अमिलो ! प्रचण्ड र बाबुरामलाई गुलियो

एकता केन्द्र मसालसंग ०६५ पुस २९ मा एकिकरण गर्दा माओवादीले ‘प्रचण्डपथ’ र माओवादलाई बहसको बिषय बनाउने...   
एमाले कार्यकर्तालाई माओवादी कार्यकर्ताको फोटो काउण्टर

एमाले कार्यकर्तालाई माओवादी कार्यकर्ताको फोटो काउण्टर

पहिलो फोटो एमाले समर्थकले पोष्ट गरेको र दोस्रो फोटो माओवादी समर्थकले पोष्ट गरेको काठमाडौं, ५ माघ ।...   
राष्ट्रपतिको छोरीको विवाह भोजमा मात्रै ३० लाख बढी खर्च

राष्ट्रपतिको छोरीको विवाह भोजमा मात्रै ३० लाख बढी खर्च

काठमाडौं, ५ माघ । राष्ट्रपति विद्यादेवि भण्डारी र पूर्व राष्ट्रपति रामबरण यादवका नातिबिचमा सम्पन्न...   
भुल हुन्छ हजुर !

भुल हुन्छ हजुर !

याे धरातलबाट निष्केकाे तातो पानीले अाफै तातो भएको ठानेन भने जमिनमा उभिएको सतिसालले अाफ्नै खुट्टाले...   
दशौं विश्व उर्जा सम्मेलनमा के भने प्रचण्डले ? सम्बोधनको बुँदागत संक्षेपीकरण यस्तो छ

दशौं विश्व उर्जा सम्मेलनमा के भने प्रचण्डले ? सम्बोधनको बुँदागत संक्षेपीकरण यस्तो छ

आवुदावी, ४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आवुदावीमा आयोजित दशौं विश्व भविष्य उर्जा...   
नेपाल पशु चिकित्सा परिषद्को निर्विरोध निर्वाचन

नेपाल पशु चिकित्सा परिषद्को निर्विरोध निर्वाचन

काठमाडौं, ४ माघ । नेपाल पशु चिकित्सा परिषद्को पाँचौ कार्यकारिणी समितिका पदाधिकारीहरुको निर्विरोध...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु :
Top