Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

युद्धको सपना

रेडियो सेटमा क्लिकऽऽ क्लिकऽऽ आवाज आयो– ठोक्दे, सालेलाई उडा ! त्यही रुखको फेदमा छ ! आकासमा एक्कासी नाइटभिजन भटटटट गर्दै आयो । लाइटले पुरै जङ्गल उज्यालो भयो । हेलिकोप्टरको हावाले जङ्गलका रुखपात हल्लिए । जुन रुखमा हान्ने आदेश गरे’थ्यो । म त्यहीँ थिए । वरीपरी बम, बारुद बर्सिन थाल्यो–ढड्यङ, ठ्याङ, ठडङ्, ढ्वङ् ! एकोहोरो बम–बारुद बर्सियो । साथीहरु पनि तितरवितर भए । कोही देखिएनन् । सबै ज्यान जोगाउनपट्टि लागे क्यारे ! म डरले त्राही–त्राही भएँ । मुटु उफ्रेर थामिनसक्नु भो । अहिल्यै बाहिर फुत्त निस्केला जस्तो भो । अप्ठेरो भीरमा आपत प¥यो । खुट्टा लुग्लुग् काँपेर भुईंमा टेक्न छाड्यो । म थ्याच्च बसेँ । \"\"‘मर्नुभन्दा बौलाउनु निको ।’ यो उखान झ्वास्स सम्झेँ । मर्नु त छदैछ । हो, मैले आज मर्नुभन्दा अघि बौलाउने अठोट गरेँ । किन कि, त्यो फौजको म कमाण्डर थिएँ । एक किलोको दुरीमा अगाडिपट्टि हाम्रो मुक्तिफौज दुस्मनसँग लडिरहेका थिए । दुस्मनमाथि धावा बोलिरहेका थिए । कब्जा जमाइरहेका थिए । मलाई यस्तो लाग्यो, दुस्मनको हार निश्चित हँुदै गएपछि हाम्रो फौजको मनोबल गिराउन यो हमला हुँदैछ । युद्धविजय प्राप्त गर्न सिधै ममाथि आक्रमण गरिरहेछन । मेरो पुरै जिउ काँप्दै थियो । साहस बटुलेँ । जुरुक्क उठेँ । मेशिनगन समातेँ । मसँग भएका ब्लक टिमलाई पोजिसन सेट गर्न भनेँ । बल्लतल्ल पोजिसन सेट भो । वम वर्षा झन् हुन थाल्यो । दुस्मनले नजिकबाट घेर्न थाल्यो । स्थिति झन भयवह भयो । ठीक त्यहीबेला बाघजस्तै गर्जेर कासन गरेँ–साथीहरु ! वीरतापूर्वक मरिन्छ भने माटोमा चिहान, बाँचिन्छ भने अवश्य आउनेछ नौलो विहान–फायर...! ठ्याङ, डढ्यङ, ठङ, ठडडङ् ! सबैले आक्रामक चार्ज ग¥यौँ । करीब डेढघण्टा डटेर लड्यौँ । अन्ततः दुस्मनको गोला–बारुद सकिएछ । भीर–पाखा र थुम्काभरी साल, सल्ला र सिमलका हाँगा, झाडी हल्लाउदै हेलिकोप्टर फर्कियो । नाइटभिजन गएपछि अध्याँरो चुकझै घोप्टियो । साथीहरु छामछुम गर्दै खोज्न थाल्यौँ । खाजिरह्यौँ । [caption id=\"attachment_95313\" align=\"alignleft\" width=\"235\"]\"\" मिलनकान्छा किराती[/caption] एक जनाको सहादत तीनजना घाइते भएका रहेछौँ । आधा रातमा खाल्डो खनेर सहादत साथीलाई पु¥यौँ । मुठ्ठी कसेर माटो चढायौँ । अन्तिम विदाई ग¥यौँ । र, त्यहाँबाट प्लेसचेन्ज गर्ने निर्णय भयो । हाम्रो सिद्धान्तभित्र सफलताको निम्ति दुईकदम अघिबढ्ने र एककदम पछिहट्ने नीतिअनुरुप हामी पछि हट्यौँ । बन्दुक, गोलीगठ्ठा, बन्दोवस्तीका सामानहरु अनि घाइते साथीहरु लिएर पहाडबाट झ¥यौँ । बाटोमा अनेकौँ दुःखकष्ट सहनु प¥यो । सबैजना लस्करै लाइन लागेर मसिना–ठुला चुरेपहाडहरुमा गग्रेटो, खरखरे भीरबाटो छिचोल्यौँ । भत्किदै गरेका पहिरोका ढिक–ढिकमा टेक्दै झर्दा जङ्गलभरि पिरे, थाकल अनि अनेकथरी काँडाहरु लुगामा टाँसिए । जिउभरी खपि नसक्नु चिलायो । बेसरी घोँचे । धेरै पीडा दिए । थकान उस्तै लागिरहेको थियो । भोक–तिर्खाको के कुरा ! उफऽऽ ! तीन दिनदेखि मुखमा एकथोपा पानी परेको थिएन । विचार र बन्दुकले सजिएर समरको यात्रामा थियौँ । यस यात्रामा थुप्रै प्रेमिल सङ्गी, आत्मीय साथी गुमाइसकेका थियौँ । अझै गुमाउने क्रम जारी नै थियो । जसरी पनि अन्तिम श्वास रहुञ्जेल लडेर भोलिको नौलोविहान ल्याउने कसम खाएका थियौँ । हामी दृढविश्वासका साथ अघि बढिरहेका थियौँ । हामीले जताततै काँडेतार पन्छाउनु थियो । अन्धविश्वासको कालोपर्दा च्यातेर चेतनाको चम्किलो विहान ल्याउनु अहोरात्र खटिरहेका थियौँ । निकै लामो यात्रामा भञ्याङ्–देउराली, थुम्की, वनपाखा छिचोल्दै थियो ! यात्राको क्रममा हिड्दै जादा मुलबाटो छेउमा पानी भएको ठूलो आहाल भेट्यौँ । कति दिनको तिर्खा–प्यास मेट्न सबै हतारियौँ । सबैले धमिलो पानी मीठो मानेर पेटभरी पियौँ । छेवैको एक सहयात्री भन्दै थिए, ‘अब मरिदैन ।’ फेरि बाटो लाग्यौँ–उस्तै भिरालो–खरखरे उस्तै काँडेझार–जङ्गल । यतिखेर हाम्रो टिम एक किलो अगाडिको मोर्चामा लड्ने फौजसँग भेटिएर मिसिइसकेको छ । विहानको झिसमिसे मधुरो उज्यालो भुईंमा खस्दैछ । पूर्वी पहाडका थुम्काहरु आकाशसँग आलिंगन गरिरहेको देखिन्छ । आहा ! विहानको रातो लालीमा प्रकृति कति मनमोहक छ । कत्ति सुन्दर देखिन्छ । साँच्चै कसैले मलाई स्वर्ग सोधे सजिलै भनिदिन्थेँ–यही धर्ती हो । यो धर्तीको पनि नेपाल हो । नेपालको पनि त्यो म जन्मेको गाउ हो । मेलापात, खोला–खाल्सी, छहरा–छाँगा, देउराली–भञ्ज्याङ हो । आहा कति सुन्दर छ ! तर, त्यो सुन्दरतामाथि धुलोमैलो–हिलो छ्याप्ने रत्नेकाजीहरु पनि छन । अब तह लगाइन्छ । रत्नेकाजीहरु सिङ्गो देशको मुहारमा हिलो छ्याप्दैछन । अब सबका सब तह लाग्छन । तह लगाएरै छाडिन्छ । यस्तै मनमनै अठोठ गर्दै थिए, झल्यास्स सम्झेँ–दिव्य । हो, मेरो मुटुको धड्कन दिव्य ! त्यही मोर्चाको अग्रपंतिमा उभिएर लडेकी थिइन । उनी फर्किइन या उतै सहादत भइन ! मनमा अनेक कुराहरु वादल झै मडारिन थाले । विहान तराईको ठिहीमा चिटचिट पसिना आउन थाल्यो । लाइनमा लस्करै उभिएर अगाडी बढिरहेका हूलको ठीक विपरीत दौडिन थालेँ । दिव्यलाई खोज्दै म प्रत्येकको अनुहार नियाल्दै दौडिएँ । लाइनको अन्तिमसम्म पुग्दा पनि दिव्यलाई देखिनँ । मुटु बेसरी दुख्यो । भक्कानो फुटेर आयो । बाहिर आँशु बगाउन ईजाजत थिएन । किन कि, मुक्ति यात्रामा हजारौँ योद्धाका आशा, आँट र साहशका प्रतिविम्व थिएँ । फौजको कमाण्डर थिएँ । मुक्तिको नायक थिएँ । तर, के गर्नु ! यी सबै बाहिर देखाउने दायित्व र कर्तव्यको निम्ति रहेछन । म पनि त्यस्कै निम्ति पत्थर थिएँ । भित्र–भित्रै आँशुको नदी थाम्नै गाह्रो थियो । थाम्नै नसकिने गरी बगिरहेको थियो । जलिरहेको थिएँ । मन थाम्न नसकेपछि एकान्तमा गएँ । बन्दुक भुईंमा बिसाएँ । दिव्यले भनेका प्रत्येक शब्द–शब्दहरुमा आँशु बगाउँदै डुबुल्की मार्न थालेँ । उनले भन्थिन, हेर विक्रम ! तिमी पढाईमा तेजिलो छौँ र बलियो पनि । यो लडाई–सडाई छाडिदेउ । आफ्नो भविष्य बनाउँनेतिर लाग । तिमीले गर्दा म पनि यही युद्धको भुमरीमा फसेको छु । मतलव, म तिमीलाई साँचो माया गर्छु । त्यसैले, म पनि तिमीसँगै छु । यो मार्ने र मर्ने खेल कहिलेसम्म ? आज, भरै, भोलि कहिले मरिने हो थाहा छैन । तिमी मेरो कुरा मान्छौ भने विक्रम । तत्काल विदेश जाउ । म कत्तै सहरतिर एडजस्ट हुन्छु । त्यसैमा हाम्रो भविष्य छ । यहाँ बाँचियो भने न संसार छ । मरियो भने के चै छ ? लु तिमी आफै भन त ! फेरि मुक्ति र समानता कसले ल्याउने ? कसका लागि ? लडाईं जितिहाल्यौ भने पनि आउछ भन्ने तिमीसँग के आधार छ ? को माथि त्यतिधेरै विश्वास छ ? अहँ मेरो मनले त भन्छ कि यहाँ सम्भव छैन । हामीमाथि शोषण–अन्याय छ । तर, समानता ल्याउन अहिले नै सम्भव देख्दिनँ । यो युद्धको नाममा धन, जन र समयको बर्बादीमात्रै हो । उनले यसो भनिरहँदा म भन्थेँ, हेर दिव्य ! म पनि तिमीलाई आफूभन्दा धेरै माया गर्छु । तिम्रो अटुट साथको लागि सहृदयी असीम माया छ । हामी सँगसँगै बाँच्ने छौँ । सँगसँगै मर्ने छौँ । यहाँ अवश्य मुक्तिको नौलो विहान आउने छ । समानता, शान्ति र समृद्धि छाउनेछ । नेतृत्वबाट कहिल्यै धोका हुने छैन । जसरी म तिमीलाई धोका दिन सक्दिनँ । त्यसरी नै......म दिव्यलाई अँगालो हाल्न अनायसै अगाडी हुत्तिएँ । बेस्सरी तुषारो–ठिहीले चिसिएको ढुङ्गामा ठोक्किएँ । एक्कासी डाँको छाडेर ह्वाँऽऽऽ रोएछु । झल्यास्स ब्यँुझिएँ । रुम पार्टनर वाहिर निस्केर योगा गरिरहे’थ्यो । वाथरुम गएँ । रिफ्रेस भएँ । विदेशको ठाउँ समयको बहुत ख्याल गर्नुपर्छ । विहानको खाना खाएर ड्युटी जाने तयारी गरेँ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies