Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

एमाले सभा किन फितलो र फिक्का भयो ?

लामो समयपछि एमालेले हिजो (२२ पुस) आमसभाको आयोजना गर्‍यो । नौ दल मिलेर आयोजना गरेको सभा वास्तवमै फितलो र फिक्का देखिएको प्रत्यक्षदर्शी एवम संचार माध्यमहरुले टिप्पणी गरेका छन । लाखौँको सभागिता हुने भनिए पनि एमालेको उक्त ‘शक्ति’ प्रदर्शन कमजोर हुनुले दुइटा कुराको संकेत गर्दछ । १)  एमाले नेता कार्यकर्ता जति उफ्रिए पनि  सभामा नेपाल प्रहरीले जनाए अनुसार बढीमा ५० हजारको उपस्थिति रह्यो । यो संख्या उसले उतार्छौ भनेको डेड लाखको एक तिहाइ मात्र हो । यसर्थ एमाले भनेको कागजी बाघ मात्रै हो भन्ने पुस्टि हुँदैछ । एमालेप्रति आस्था वा समर्थन राख्नेहरु क्रमशः आजित हुँदैछन । खाली अरुको बिरोध गर्ने तर आफ्नो कुनै भिजन नहुने अनि भिड देखाएर बार्गेनिङ गर्ने चरित्र जनताले बुझ्दै गएका छन् । [caption id=\"attachment_93190\" align=\"alignleft\" width=\"250\"] मदन मैनाली[/caption] पछिल्लो समय प्रचन्ड नेतृत्वको सरकारले राम्रा परिणाममुखी कामहरु गर्दा जनता अब को सहि को गलत रहेछ भन्ने बुझ्न थालेका छन् । तर एकोहोरो प्रचण्डको बिरोध मात्रै गरी राख्ने राम्रोलाई राम्रो भन्न नसक्ने एमाले प्रबृत्ति अब आम जनताले समेत बुझ्न थालेका छन् । यसैको छटपटी स्वरुप एमाले नेता तथा कार्यकर्ता भएको नभएको अनर्गल प्रचार गरिरहेका छन् । तर यस्ता झुटा प्रचार मात्रै गरेर राष्ट्रवादी बन्न चतुर एमाले गणका असली नियत जनताले कुरा बुझ्दै गरेको चाल पाएपछि थप बिक्षिप्त बनेका छन् । त्यहि बिक्षिप्तताका कारण बिना एजेन्डा आयोजना गरिएको ुबिशालु आमसभाले उत्साहजनक उपस्थिति देखाउन सकेन । त्यही भएर मंचमा बसेका कुनै पनि नेताका अनुहार हँसिलो देखिएन । सायद अपेक्षित सहभागिता नहुने पुर्व जानकारी पाएरै साँघुरो बाटोमा सभा गर्न वाध्य भयो । २) किन चाउरिस मरिच आफ्नै पिरोले ! सायद यो उखान आज एमालेको हकमा लागु हुन्छ । एमाले क्रमशः आफु भित्रैको कुण्ठा डाहा अनि इर्श्याले चाउरिदै छ । आफू नदीनाला बेचेर पनि राष्ट्रवादी भैरहने अरुले राम्रै काम गरे पनि राम्रो भन्न नसक्ने आम एमाले प्रबृत्ति हो । यसले उसको आफ्नै क्षति गर्दछ गरिरहेको छ न कि प्रचण्ड वा माओवादी को । पछिल्लो २/४ वर्षदेखि एजेन्डाबिहिन भएको एमालेले माओवादीको बिरोध गर्नु नै आफ्नो एजेन्डा बनाइरहेको छ । संघीयता गणतन्त्र नै आफ्नो एजेन्डा होइन मानी मात्र दिएको भनेर एमाले नेताहरु कुर्लिरहदा आफु पंगु बनिरहेको कुरा भने बिर्सिरहेका छन । शेरबहादुर देउवाले समेत हिजो गाँजा खाएका थियौ सहमति गर्दा भनेर झटारो हानिसकेका छन् । आदिवाशी जन जातिमा एमाले निख्रिसकेको छ भने तराई बाट बाजा बजाएर एमाले बिदा गर्ने कुरो ब्यापक भैसकेको छ । अब केही शहरीया अनि एमालेले खोलेको सयौं एनजिओहरुमा जागिर पचाउनेहरु र एमालेको भ्रम बिभागले छरेको भ्रमको जालोमा अल्झिएका केही सिमित व्यक्ति मात्र एमालेको पछुवा छन् । तिनीहरु पनि भ्रमको जालो उतार्ने क्रममा छन । बाँकी एमालेको नुन र गुण खाएकाहरु जती बकबक गरेपनि त्यसले ठुलो अर्थ राख्दैन । तर एमाले भित्र पनि परिवर्तनलाई आत्मसाथ गर्ने र बृहत कम्युनिस्ट क्रान्तिकारी ध्रुविकरण पक्षधर पनि छन् । तिनले क्रमशः पहल कदमी लिदै पनि छन् । यो सकारात्मक कुरा हो । त्यसैले एमालेजनले आवश्यकता भन्दा धेरै उफ्रनु आफ्नै लागि हानिकारक हुन्छ भन्ने पहिले बुझ्नु आवश्यक छ । अरुलाई चोर औंला देखाउदा बाँकी चार औंला आफै तर्फ फर्केको हुन्छ भन्ने बुझ्न जरुरी छ । एउटै डुंगामा सवार हुँदा डुंगा पल्टाएर अरुलाई मार्छु भन्नु आत्मघात गर्नु हो ।
Madan Mainali

description goes here

कामरेड बामदेवको राजनीति अवसान

भनिन्छ ईतिहास दोहोरिदैन। मात्र केही संयोगहरु मिल्न जान्छन् । तर बामदेव गौतमको हकमा के भएको हो यसै भन्न सकिएन। पटक पटक उहाँलाई नियतीले जिस्क्याएको छ भ...

एमाले सभा किन फितलो र फिक्का भयो ?

लामो समयपछि एमालेले हिजो (२२ पुस) आमसभाको आयोजना गर्‍यो । नौ दल मिलेर आयोजना गरेको सभा वास्तवमै फितलो र फिक्का देखिएको प्रत्यक्षदर्शी एवम संचार माध्यम...

माओवादीहरु नमिलेर धुलिसात हुने बाटो नरोज

नेपालमा यतीबेला ठुलो राजनीतिक घम्साघम्सी चलिरहेको छ । प्राप्त राजनीतिक उपलब्धीको रक्षा गर्दै आर्थिक समुन्नतिको दिशातिर अघी बढ्नु आजको सामाजिक आवश्यकता...

देश डुबाउने दौरा सुरुवालवाला कि प्रचण्ड ?

नेकपा एमालेका ओली पक्षीय नेता कार्यकर्ता र तिनका गोएवल्स शैलीको प्रचार संयन्त्रले प्रसार गर्ने गरेको भ्रमपूर्ण समाचार बाट दिग्भ्रमित तुल्याइएकाहरु पछी...

को राष्ट्रवादी ? ओली कि प्रचण्ड ?

भनिन्छ नेपाल सतिले सरापेको देश हो । यहाँ भीमसेन थापा जस्ता राष्ट्रवादिहरु जेलमा सढाइ सढाइ सेरिएर आत्महत्या गर्न वाध्य हुन्छन । मदन भण्डारीहरु हत्या गर...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies