Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

अब काठमाडौंमा खानेपानी हाहाकार दुर हुने

\"\"काठमाडौँ, २१ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लोडसेडिङ मुक्त भएसंगै काठमाण्डौं उपत्यकामा खानेपानी सहज आपुर्ती गराउन छलफलमा जुटेका छन् । अन्धकारमय काठमाण्डौंलाई उज्यालोमय बनाएको प्रचण्ड नेतृत्वको सरकारले उपत्यकाका प्रमुखहरुसंग छलफल गरेर लोडसेडिङ हटे जसरी खानेपानी हाहाकार हटाउन जोड गरेको छ । सर्वसाधारणलाई सहजरुपमा खानेपानी उपलब्ध हुन नसकेको अवस्थालाई अन्त्य गर्न प्रधानमन्त्री ‘प्रचण्ड’ले काठमाडौं उपत्यका खानेपानी लिमिटेड, गृह सचिव, ललितपुर, भक्तपुर र काठमाडौंका जिल्ला प्रमुख अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर छलफल गरेका थिए । ‘सर्वसाधारणलाई एक बाल्टी पानीका लागि समेत काकाकुल पर्ने तर हुने–खाने र पहुँचवालाहरुलाई पानी उपलब्ध हुने अवस्था अन्त्य गर्न जरुरी छ’ बैठकमा प्रधानमन्त्रीले आम जनतालाई हाल उपलब्ध भएको खानेपानीको उचित व्यवस्थापन गरी राहत दिन निर्देशन दिए । ‘पानी नभएको होइन । तर, त्यसको सही ढंगले आपूर्ति व्यवस्थापन नहुँदा आम जनताले दुःख पाइरहेका छन् । यो विषयमा गम्भीर भएर गृहकार्य गर्नुप¥यो’ प्रधानमन्त्री प्रचण्डले भने। बैठकमा प्रधानमन्त्रीले ठूला ग्राहकहरुले तिर्न बाँकी महशुल रकम तत्काल असुल उपर गर्न समेत निर्देशन दिएका छन् । सर्वसाधारण जनतालाई महिनापिच्छै बिलको रसिद थमाएपनि ठूला, पहुँचवालाहरुको भने अहिले पनि ठूलो रकम तिर्न बाँकी रहेको भन्दै प्रधानमन्त्रीले विद्युत महसुल तिर्न नसकेकाहरुलाई सरकारले महशुल उठाउन शुरु गरेजस्तो खानेपानीमा समेत बक्यौता उठाउने अभियान चलाउन निर्देशन दिए । ‘खानेपानीको सहज आपूर्तिका लागि यो अत्यन्तै जरुरी छ, तपाईहरु अगाडि बढ्नु, के कस्तो सहयोग चाहिन्छ, मलाई भन्नु’ प्रधानमन्त्रीले भने । बैठकमा प्रधानमन्त्रीले मेलम्ची खानेपानीको सुरुङ खन्नेदेखि अन्य कार्य द्रुत गतिमा अघि बढिरहेको बताउँदै काठमाडौं उपत्यकामा मेलम्ची खानेपानीको आपूर्तिका लागि पूर्वाधार तयार गर्ने कार्य तदारुकताका साथ सम्पन्न गर्न समेत निर्देशन दिएका थिए । समयमा उपत्यकामा पाइप बिछ्याउनेदेखि अन्य काम भएमा मेलम्चीको पानी बितरणका लागि भविष्यमा समस्या नपर्ने उहाँको भनाई थियो । प्रधानमन्त्रीले पाइप बिछ्याउने कामलाई प्राथमिकताका साथ अगाडि बढाउने, मेलम्चीको पानी उपत्यकामा वितरणका लागि आवश्यक पर्ने अन्य पूर्वाधार समयमा नै निर्माण गर्ने विषयमा सम्बन्धित निकायहरुसँग समन्वय गरेर अघि बढ्न समेत निर्देशन दिए ।

aplly description here...

नेकपाको सात वटै प्रदेश कमिटीमा को–को परे ? (नामसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले प्रदेश सदस्यहरुको नामावली टुंङग्याएको छ । नेकपाले मंसिर १२ गते नै कमिटीलाई पूर्णता दिएको दाबी गरेको छ ।...

मध्यभोटेकोशी फेरि २ बर्ष धकेलिँदै, २ अर्ब लागत बढ्ने (भिडियो)

सिन्धुपाल्चोक । १०२ मेगावाटको निर्माणधिन मध्यभोटेकोशी जलविद्युत आयोजना तोकिएको समयमै नसकिने भएको छ । सिन्धुपाल्चोकको चाकुमा निर्माणधिन भोटेकोशी आयोजना...

८२ बर्षिय वृद्धः जसको एउटा रोग नुहाएर निको भएपछि अर्को रोग निको पार्न तातोपानीमा (भिडियो)

सिन्धुपाल्चोक । नुवाकोटका ८२ बर्षिय यदुकुमार अधिकारी ४० बर्षदेखि कम्मर दुख्ने रोगबाट मुक्त छन् । सानै उमेरदेखि कम्मर दुख्ने रोग भएपछि उनले डाक्टरदेखि ...

के माधव नेपालले अोली सरकार ढाल्दैछन् ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेको केपी शर्मा ओली यतिबेला देश बाहिर छन् । अध्...

पूर्वमाओवादीलाई प्रदेशमा नेकपाको पद-नखाउँ भने बर्ष दिनको सिकार खाउँ भने...

काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को आज बसेको सचिवालय बैठकले सात वटै प्रदेशमा नेतृत्व चयन गरेको छ । जसमा प्रदेश इन्चार्ज, अध्यक्ष र सचिव पद...

नेकपासँग फोरम र नयाँ शक्ति एकताको छलफलमा

काठमाडाैं । डा. बाबुराम भट्टरार्इ नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)सँग एकता...

प्रदेश-२ः नेकपा र फोरमबीच सरकार गठन तयारी, मुख्यमन्त्री राउतको पद धरापमा !

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम केन्द्रीय सरकारमा जाने नेपाल कम्युनिष्ट पार्टीसँग सहमति गरेसँगै प्रदेश नम्बर २ को सरकारमा के हु...

अड्किएको एकता गाँठोः मोदी फर्किएलगत्तै ३१ गते साँझ बालुवाटारमा यसरी फुक्यो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणबाट फर्किएलगत्तै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्...

पनौतीमा ‘बालबाल’ले बाँचेका शरद बने सामाजिक मन्त्री

काठमाडौं । २०३९ साल फागुन ७ गते सिन्धुपाल्चोकको तत्कालिन सानोसिरुवारी गाविस पौवा (हाल चौतारा साँगाचोकगढी नगरपालिका–७)मा जन्मिएका हुन उनी अर्थात ‘शरद’ ...

चार मन्त्रीका तीन थरि ड्रेसअपः कोहिको दौरा सुरुवाल, कोहिको ज्वारीकोटमाथि मफलर !

काठमाडौं । आजै चार जना मन्त्रीको सपथ हुने सूचना बिहान बाहिरिएको थियो । शुरुमा सरकारलाई आजै पूर्णता दिने बिषयमा छलफल भएको थियो । तर उपेन्द्र यादव नेतृत...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies