/  Sun, November 19, 2017

यस्ता छन् मन्त्रिपरिषदका निर्णय

काठमाडौं, २१ पुस । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा विहीबार बसेको मन्त्रीपरिषद  बैठकले विभिन्न निर्णयहरू गरेको छ । अाज बसेको बैठकले  राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई पदबाट हटाउने देखि अन्य विभिन्न निर्णय गरेको छ । हामीलार्इ प्राप्त केहि निर्णयहरू यस्ता छन् ।

बैठकले तोकिएको समय अवधिभन्दा बढी काम गर्ने कर्मचारीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ । बैठकले समय अवधिभन्दा बढी समय काम गर्ने कर्मचारीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो ।

………

त्यस्तै मन्त्रीपरिषद बैठकले बहुप्रतिक्षित सहरी विकास समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सुचना तथा संचारमन्त्री सुरेन्द्रकुमार कार्कीले बताए ।

………

त्यसैगरी बैठकले सडक सुधारका लागि एसियाली विकास बैंकको २० अर्व २८ करोड ऋण स्वीकार गर्ने निर्णय पनि गरेको छ ।

………

बैठकले बुढानिलकण्ठमा राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योगसेवा केन्द्र स्थापना गर्ने पनि निर्णय गरेको कार्कीले बताए ।

………

ताप्लेजुङ्गमा हत्या गरिएका बन रक्षक गणेशबहादुर शाहीलाई शहीद घोषणा गरी मृतकका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको मन्त्री कार्कीले बताए । कार्यक्षेत्रमा खटेको समयमा हत्या भएकाले उनलाई प्रकृया पु¥याएर शहिद घोषणा गर्ने निर्णय भएको छ’ कार्कीले भने ।

………

त्यस्तै सडक दुर्घटनामा परी निधन भएका खेल प्रशिक्षक बासुदेव भट्टराई र खेलकुद विकास समिति बाँकेका प्रमुख कर्णबहादुर खड्काको परिवारलाई पनि जनही १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

………

सरकारले स्थानीय तह पुनर्संरचनाका लागि बनेको आयोगको प्रतिवेदन बुझ्ने भएको छ ।  बैठकमा संघ, प्रदेश र स्थानीय तहको कार्यविस्तृतीकरण तथा अधिकार सूचीबारे छलफल पनि भएको छ ।

………

त्यस्तै बैठकले टर्कीको राजधानी इस्तानबुलमा कार्यरत अवैतनिक राजदुत फात्मा गुल्सेनी मालपोचको समयावधि थप गर्ने निर्णय पनि गरेको छ ।

पुस २१ गते, २०७३ - १३:५५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भारतीय विदेशमन्त्री स्वराजले गरिन प्रकाश दाहालको असामयिक निधनप्रति दुःख व्यक्त

भारतीय विदेशमन्त्री स्वराजले गरिन प्रकाश दाहालको असामयिक निधनप्रति दुःख व्यक्त

काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले प्रचण्ड पुत्र प्रकाश दाहालको असामयिक निधनप्रति दुःख...   
जब छोरा प्रकाशलाई श्रद्धाञ्जली व्यक्त गर्दै प्रचण्डले पार्टीको झन्डा ओढाए…

जब छोरा प्रकाशलाई श्रद्धाञ्जली व्यक्त गर्दै प्रचण्डले पार्टीको झन्डा ओढाए…

काठमाडौं । माआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छोरा प्रकाश दाहालको पार्थिव शरीरलाई...   
सेनाद्वारा बम निष्कृय

सेनाद्वारा बम निष्कृय

धादिङ । जिल्ला निर्वाचन कार्यालय परिसरमा अज्ञात समूहले राखेको सकेट बम आज नेपाली सेनाको बम डिस्पोजल...   
प्रकाश दाहालको श्रदाञ्जलीसभा हेर्नुहोस् LIVE

प्रकाश दाहालको श्रदाञ्जलीसभा हेर्नुहोस् LIVE

काठमाडाैं । माअोवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधनमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाश...   
छोरा प्रकाशको निधनपछि नेता–कार्यकर्तालाई प्रचण्डको यस्तो निर्देशन

छोरा प्रकाशको निधनपछि नेता–कार्यकर्तालाई प्रचण्डको यस्तो निर्देशन

काठमाडौं । प्रकाश दाहालको निधनको खब पाएपछि निर्वाचनका कार्यक्रमहरु स्थगित गरेर नेताह राजधानी आएपछि...   
प्रकाशको निधनपछि एमालेको देशैभर चुनावी कार्यक्रम स्थगित

प्रकाशको निधनपछि एमालेको देशैभर चुनावी कार्यक्रम स्थगित

काठमाडौं । प्रचण्डपुत्र प्रकाश दाहालको निधनप्रति नेकपा एमालेले दुस्ख व्यक्त गर्दैै एक घण्टाकालागि...   
कांग्रेसले नै सबैको अधिकार सुनिश्चित गर्छः निधि

कांग्रेसले नै सबैको अधिकार सुनिश्चित गर्छः निधि

धनुषा । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले काँग्रेसले नै सबैको अधिकार सुनिश्चित गर्ने बताएका...   
दाहालको निधनप्रति विभिन्न पक्षबाट दुःख व्यक्त

दाहालको निधनप्रति विभिन्न पक्षबाट दुःख व्यक्त

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पुत्र प्रकाश दाहालको निधनप्रति...   
प्रकाश दाहालको पार्थिव शरिर श्रद्धानजलीका लागि अहिले पेरिसडाँडा पार्टीकार्यालय ल्याइयाे

प्रकाश दाहालको पार्थिव शरिर श्रद्धानजलीका लागि अहिले पेरिसडाँडा पार्टीकार्यालय ल्याइयाे

काठमाडाैं । प्रचण्ड छोरा प्रकाश दाहालको पार्थिव शरिर श्रद्धानजलीका लागि अहिले पेरिसडाँडा पार्टीकार्यालय...   
प्रकाश दाहालः नर्भिक अस्पतालमा जे देखियो (फोटोफिचर)

प्रकाश दाहालः नर्भिक अस्पतालमा जे देखियो (फोटोफिचर)

काठमाडौं । नेकपा माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाश दाहाललाई हृदयाघात...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य सामाचारहरु :
Top